दैनिक समाचारदाता
राजविराज, १६ मंसिर ।
प्रदेश २ र संघीय सरकारको समन्वयमा धानको न्युनत्तम खरिद मुल्य निर्धारण गरिएपनि हालसम्म सो मुल्य कार्यान्वयन नहुँदा किसानहरु चिन्तित देखिएका छन् ।
असोजको दोस्रो साता सरकारले प्रति क्विन्टल मोटो धान २ हजार ७ सय ३५ रुपैयाँ र, मध्यम २ हजार ८ सय ८५ रुपैयाँ निर्धारण गरेको थियो ।
धानबाली लगाउने समयमा सरकारले धानको समर्थन मुल्य तोके पनि अहिले धान भित्रियाउँदा सरकारले खरिद गर्ने नसकेकाले बिचौलियाहरुकै भर पर्नुपरेको बाध्यता रहिरहेकोले किसानहरु चिन्तित बनेका छन ।
सरकार आफैंले मुल्य निधारण गरे पनि धान नकिनिदिँदा प्रति क्विन्टल १८ सय देखी २ हजार सम्ममै बिचौलिया, मिलवाला तथा काँटावालाकै शरणमा गई बेच्नुपर्ने बाध्यता रहेको छिन्नमस्ताका किसान कृष्ण मण्डलको गुनासो छ ।
समयमा उचित मूल्य नपाएपछि घाटै लगाएर बेच्नुको विकल्प नरहेको छिन्नमस्ता गाँउपालकाकै अर्का किसान कपिल मुखियाको दुखेसो छ ।
सरकारले तोकेको धानको मुल्य किसानले अझै पाएनन्
सारांश
- असोजको दोस्रो साता सरकारले प्रति क्विन्टल मोटो धान २ हजार ७ सय ३५ रुपैयाँ र, मध्यम २ हजार ८ सय ८५ रुपैयाँ निर्धारण गरेको थियो ।
- धानबाली लगाउने समयमा सरकारले धानको समर्थन मुल्य तोके पनि अहिले धान भित्रियाउँदा सरकारले खरिद गर्ने नसकेकाले बिचौलियाहरुकै भर पर्नुपरेको बाध्यता रहिरहेकोले किसानहरु चिन्तित बनेका छन ।
- सरकार आफैंले मुल्य निधारण गरे पनि धान नकिनिदिँदा प्रति क्विन्टल १८ सय देखी २ हजार सम्ममै बिचौलिया, मिलवाला तथा काँटावालाकै शरणमा गई बेच्नुपर्ने बाध्यता रहेको छिन्नमस्ताका किसान कृष्ण मण्डलको गुनासो छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया