नगरपालिकाको निर्णय बिरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा अदालतमा उत्प्रेशन रिट दायर

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन १, २०८०
|
|
६१ पटक हेरिएको
Shares
नगरपालिकाको निर्णय बिरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा अदालतमा उत्प्रेशन रिट दायर

सारांश

  • अधिकृत गुरुङले मंगलबारै उक्त गैरकानुनी निर्णय बदरका लागि उत्प्रेसन आदेश गरि पाउ भन्दै अदालतमा रिट दर्ता गरेका हुन् ।
  • रिट दर्ता भएसँगै फागुन २ गते बुधबारका दिन पेशी तोकिएको अधिकृत गुरुङले जानकारी दिएका छन् ।
  •   कार्यवाहक नगर प्रमुख इसरत परविनको अध्यक्षतामा माघ १९ गते बसेको कार्यपालिका सदस्यहरुको बैठकले सो निर्णय गरेको पत्र मंगलबार सार्वजनिक भएको हो ।

नवीनकुमार गुप्ता
राजविराज, १ फागुन । 

    राजविराज नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय फिर्ता पठाउने निर्णय बिरुद्धमा उच्च अदालत राजविराज जनकपुर इजलाशमा रिट परेको छ । 
अधिकृत गुरुङले मंगलबारै उक्त गैरकानुनी निर्णय बदरका लागि उत्प्रेसन आदेश गरि पाउ भन्दै अदालतमा रिट दर्ता गरेका हुन् । रिट दर्ता भएसँगै फागुन २ गते बुधबारका दिन पेशी तोकिएको अधिकृत गुरुङले जानकारी दिएका छन् । 
कार्यवाहक नगर प्रमुख इसरत परविनको अध्यक्षतामा माघ १९ गते बसेको कार्यपालिका सदस्यहरुको बैठकले सो निर्णय गरेको पत्र मंगलबार सार्वजनिक भएको हो । 
सार्वजनिक भएको पत्रमा कार्यबाहक प्रमुख परविनले माघ २२ गते हस्ताक्षर गरेको र मंगलबार फागुन १ गते आइटी शाखाले उक्त पत्र प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई बुझाएको राजविराज नगरपालिका श्रोतले जनाएको छ । 
सार्वजनिक भएको पत्रमा “कावा प्रमुखको अध्यक्षतमा कार्यपालिकाको सदस्यहरुको मिति २०८०÷१०÷१९ गते बसेको बैठकको निर्णय बमोजिम तपाईलाई फिर्ता पठाउने निर्णय भएको हुँदा मिति २०८०÷११÷०१ देखी लागु हुने गरि यस कार्यालयबाट तपाईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय फिर्ता पठाएको व्यहोरा अनुरोध छ ।” उल्लेख गरिएको छ । 
पत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सप्तरी र कर्मचारी प्रशासन शाखा राजविराज नगरपालिकालाई बोदार्थ समेत गरिएको छ । 
सो पत्र बारे प्रमुख प्रशासकीय अधिकृत गुरुङले कुनै पनि पालिकाको निर्णयले संघीय कर्मचारीलाई सरुवा गर्ने अधिकार नरहेको बताउँदै यस्तो निर्णय हास्यास्पद रहेको प्रतिक्रिया दिएका छन् । “मलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजविराज नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्न पठाएको हो, मन्त्रालयको पत्र आएको भए म सरुवा भएर आफै जान्थे, तर जनप्रतिनिधिले निर्णय गरेकै भरमा म फिर्ता जादिन् ।” उनले भने, “म यस बिरुद्ध न्यायका लागि अदालतसम्म जाने छु ।”
अधिकृत गुरुङले नगरपालिकामा कार्यरत चार जना कर्मचारीलाई कार्यपालिकाको बहुमतले हटाउने निर्णय गरेपछि कार्यवाहक नगर प्रमुख परविनले ती कर्मचारीलाई नहटाउने पक्षमा रहेकोमा सोहीको चेपुवामा आफू परेको अधिकृत गुरुङले जनाए । 
कार्यवाहक नगर प्रमुख परविन नयाँ प्रमुख प्रशासकीय अधिकृतको खोजिमा एक सातादेखी काठमाडौंमै रहेकी छिन् । उनी काठमाडौं जानु अघि नै बैठक बसी प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई फिर्ता पठाउने निर्णय गरि गोप्य रुपमा पत्र आइटी शाखालाई दिएको श्रोतले जनाएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेसमा सर्वसम्मत नेतृत्वका लागि पहल जारी
काँग्रेसमा सर्वसम्मत नेतृत्वका लागि पहल जारी
विद्युत चोरी गरेको आरोपमा आधा दर्जन पक्राउ, पक्राउ पर्नेको संख्या १ सय २० पुग्यो
विद्युत चोरी गरेको आरोपमा आधा दर्जन पक्राउ, पक्राउ पर्नेको संख्या १ सय २० पुग्यो
लागु औषध मुद्दाका फरार प्रतिवादी रोमा पक्राउ 
लागु औषध मुद्दाका फरार प्रतिवादी रोमा पक्राउ 
मोतिगाडालाई पञ्चशिल्ड प्रतियोगिताको उपाधी 
मोतिगाडालाई पञ्चशिल्ड प्रतियोगिताको उपाधी 
कोरोना संक्रमित दुईको मृत्यु, मृत्यु हुनेको संख्या ५१,  थप ४४ जना संक्रमित, संक्रमितको संख्या २ हजार ४ सय ९ 
कोरोना संक्रमित दुईको मृत्यु, मृत्यु हुनेको संख्या ५१,  थप ४४ जना संक्रमित, संक्रमितको संख्या २ हजार ४ सय ९ 
घरपटीलाई कोठामै थुनेर लाखौंको धनमाल चोरी
घरपटीलाई कोठामै थुनेर लाखौंको धनमाल चोरी
सप्तरीमा ११ प्रतिशत जनताले लगाए कोभिड–१९ बिरुद्धको खोप
सप्तरीमा ११ प्रतिशत जनताले लगाए कोभिड–१९ बिरुद्धको खोप
तिलाठी कोइलाडीको गाउँसभा सम्पन्न
तिलाठी कोइलाडीको गाउँसभा सम्पन्न
शिक्षक बस्ने कोठा भित्र अजिङगर फेला
शिक्षक बस्ने कोठा भित्र अजिङगर फेला
बैकल्पिक शक्ति निर्माणका लागि राष्ट्रिय जनता पार्टी नेपाल अग्रसर ः नेता महतो
बैकल्पिक शक्ति निर्माणका लागि राष्ट्रिय जनता पार्टी नेपाल अग्रसर ः नेता महतो

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी