नगरपालिकाको निर्णय बिरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा अदालतमा उत्प्रेशन रिट दायर

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन १, २०८०
|
|
३५ पटक हेरिएको
Shares
नगरपालिकाको निर्णय बिरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा अदालतमा उत्प्रेशन रिट दायर

सारांश

  • अधिकृत गुरुङले मंगलबारै उक्त गैरकानुनी निर्णय बदरका लागि उत्प्रेसन आदेश गरि पाउ भन्दै अदालतमा रिट दर्ता गरेका हुन् ।
  • रिट दर्ता भएसँगै फागुन २ गते बुधबारका दिन पेशी तोकिएको अधिकृत गुरुङले जानकारी दिएका छन् ।
  •   कार्यवाहक नगर प्रमुख इसरत परविनको अध्यक्षतामा माघ १९ गते बसेको कार्यपालिका सदस्यहरुको बैठकले सो निर्णय गरेको पत्र मंगलबार सार्वजनिक भएको हो ।

नवीनकुमार गुप्ता
राजविराज, १ फागुन । 

    राजविराज नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय फिर्ता पठाउने निर्णय बिरुद्धमा उच्च अदालत राजविराज जनकपुर इजलाशमा रिट परेको छ । 
अधिकृत गुरुङले मंगलबारै उक्त गैरकानुनी निर्णय बदरका लागि उत्प्रेसन आदेश गरि पाउ भन्दै अदालतमा रिट दर्ता गरेका हुन् । रिट दर्ता भएसँगै फागुन २ गते बुधबारका दिन पेशी तोकिएको अधिकृत गुरुङले जानकारी दिएका छन् । 
कार्यवाहक नगर प्रमुख इसरत परविनको अध्यक्षतामा माघ १९ गते बसेको कार्यपालिका सदस्यहरुको बैठकले सो निर्णय गरेको पत्र मंगलबार सार्वजनिक भएको हो । 
सार्वजनिक भएको पत्रमा कार्यबाहक प्रमुख परविनले माघ २२ गते हस्ताक्षर गरेको र मंगलबार फागुन १ गते आइटी शाखाले उक्त पत्र प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई बुझाएको राजविराज नगरपालिका श्रोतले जनाएको छ । 
सार्वजनिक भएको पत्रमा “कावा प्रमुखको अध्यक्षतमा कार्यपालिकाको सदस्यहरुको मिति २०८०÷१०÷१९ गते बसेको बैठकको निर्णय बमोजिम तपाईलाई फिर्ता पठाउने निर्णय भएको हुँदा मिति २०८०÷११÷०१ देखी लागु हुने गरि यस कार्यालयबाट तपाईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय फिर्ता पठाएको व्यहोरा अनुरोध छ ।” उल्लेख गरिएको छ । 
पत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सप्तरी र कर्मचारी प्रशासन शाखा राजविराज नगरपालिकालाई बोदार्थ समेत गरिएको छ । 
सो पत्र बारे प्रमुख प्रशासकीय अधिकृत गुरुङले कुनै पनि पालिकाको निर्णयले संघीय कर्मचारीलाई सरुवा गर्ने अधिकार नरहेको बताउँदै यस्तो निर्णय हास्यास्पद रहेको प्रतिक्रिया दिएका छन् । “मलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजविराज नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्न पठाएको हो, मन्त्रालयको पत्र आएको भए म सरुवा भएर आफै जान्थे, तर जनप्रतिनिधिले निर्णय गरेकै भरमा म फिर्ता जादिन् ।” उनले भने, “म यस बिरुद्ध न्यायका लागि अदालतसम्म जाने छु ।”
अधिकृत गुरुङले नगरपालिकामा कार्यरत चार जना कर्मचारीलाई कार्यपालिकाको बहुमतले हटाउने निर्णय गरेपछि कार्यवाहक नगर प्रमुख परविनले ती कर्मचारीलाई नहटाउने पक्षमा रहेकोमा सोहीको चेपुवामा आफू परेको अधिकृत गुरुङले जनाए । 
कार्यवाहक नगर प्रमुख परविन नयाँ प्रमुख प्रशासकीय अधिकृतको खोजिमा एक सातादेखी काठमाडौंमै रहेकी छिन् । उनी काठमाडौं जानु अघि नै बैठक बसी प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई फिर्ता पठाउने निर्णय गरि गोप्य रुपमा पत्र आइटी शाखालाई दिएको श्रोतले जनाएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुखुरा फर्ममा आगलागी, सात लाख बराबरको क्षति
कुखुरा फर्ममा आगलागी, सात लाख बराबरको क्षति
मालपोत प्रमुखमा केशव झालाई जिम्मेवारी दिइयो
मालपोत प्रमुखमा केशव झालाई जिम्मेवारी दिइयो
मधेश प्रदेश क्रिकेट संघको नयाँ कार्यसमिति चयन, सचिवमा सप्तरीका अध्यक्ष आयुष निर्विरोध    
मधेश प्रदेश क्रिकेट संघको नयाँ कार्यसमिति चयन, सचिवमा सप्तरीका अध्यक्ष आयुष निर्विरोध    
करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना
करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना
जिम्मेवार व्यक्तिले चासो नदेखाउँदा खेलकुदमा तालाबन्दी कायमै 
ट्याङकरको ठक्करले दुई बालिकाको ज्यान गयो
ट्याङकरको ठक्करले दुई बालिकाको ज्यान गयो
स्वार्थका लागि अन्यत्र गएकाहरुको  राजनीतिक भविष्य सुनिश्चित नरहने ः महतो
स्वार्थका लागि अन्यत्र गएकाहरुको  राजनीतिक भविष्य सुनिश्चित नरहने ः महतो
निर्माण व्यवसायी संघका पूर्वअध्यक्ष साह जसपामा प्रवेश
निर्माण व्यवसायी संघका पूर्वअध्यक्ष साह जसपामा प्रवेश
कर्मचारीको धर्ना जारि,  नगरपालिकाको आपसी विवादले ४२ वटा सामुदायिक  विद्यालय संचालन एवं व्यवस्थापनमा असर 
कर्मचारीको धर्ना जारि,  नगरपालिकाको आपसी विवादले ४२ वटा सामुदायिक  विद्यालय संचालन एवं व्यवस्थापनमा असर 
समितीका नवनिर्वाचित  पदाधिकारीहरुद्वारा सपथ
समितीका नवनिर्वाचित  पदाधिकारीहरुद्वारा सपथ