सप्तरीमा ११ प्रतिशत जनताले लगाए कोभिड–१९ बिरुद्धको खोप

राजविराज राजविराज
|
शनिबार, श्रावण ३०, २०७८
|
|
४८ पटक हेरिएको
Shares
सप्तरीमा ११ प्रतिशत जनताले लगाए कोभिड–१९ बिरुद्धको खोप

सारांश

  •     १८ वटै पालिकामा पालिकाहरूले निर्धारण गरेको खोप केन्द्रवाट खोप लगाउन सुरू गरिएको स्वास्थ कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादबले जानकारी दिएका छन ।
  •     दुई दिनसम्म खोप लगाउने कार्यक्रम रहेकोमा यस पटक ५० बर्ष वा सो भन्दा माथि उमेरका ३९ हजार भन्दा बढीलाई खोप लगाईने कार्यक्रम रहेको प्रमुख यादबले बताए ।
  •       यसअघि जिल्लामा भेरोसेल (चाइनिज) र जोनसन एण्ड जोनसन (अमेरिकन) खोप गरि ७५ हजार व्यक्तिले कोभिड–१९ विरुद्धको पुर्ण खोप लगाईसकेका छन् ।

दैनिक समाचारदाता
राजबिराज, २९ शुक्रवार ।
    सप्तरीमा शुक्रवारदेखी दोश्रो चरणको कोभिड–१९ बिरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्य सुरू गरिएको छ ।
    १८ वटै पालिकामा पालिकाहरूले निर्धारण गरेको खोप केन्द्रवाट खोप लगाउन सुरू गरिएको स्वास्थ कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादबले जानकारी दिएका छन ।
    दुई दिनसम्म खोप लगाउने कार्यक्रम रहेकोमा यस पटक ५० बर्ष वा सो भन्दा माथि उमेरका ३९ हजार भन्दा बढीलाई खोप लगाईने कार्यक्रम रहेको प्रमुख यादबले बताए । 
    यसअघि जिल्लामा भेरोसेल (चाइनिज) र जोनसन एण्ड जोनसन (अमेरिकन) खोप गरि ७५ हजार व्यक्तिले कोभिड–१९ विरुद्धको पुर्ण खोप लगाईसकेका छन् । 
    यता कोभिसेल (भारतीय) खोप लगाएका २७ हजार ब्यक्ती दोश्रो मात्रा आउने पखाईमा छन । दोश्रो मात्राको भारतबाट आउने कोभिसेल लिन बाँकी २७ हजार जनालाई पनि छिट्टै खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 
    जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार पहिलो मात्रा लिइसकेका २७ हजार व्यक्तिलाई खोप लगाउन ढिलाई भएकाले दोश्रो मात्रा बारे मन्त्रालयमा पहल भइरहेको छ । 
    जिल्लामा सबै उमेर समुहका लागी करिब ६ लाख ५० हजार खोप आवश्यक रहेपनि हालसम्म कुल जनसंख्याको करिब ११ दशमलब ५ प्रतिशतले मात्र कोभिड–१९ विरुद्धको खोप पाएको उनको भनाई छ । 
    कोरोना भाईरसको उपचारका लागी निश्चित औषधी नभएका कारण यसको रोकथाम गर्न निर्माण भएको खोप चिन, अमेरिका र भारतबाट सरकारले झिकाउने गरेको उनले जानकारी दिए । 
    सप्तरीमा कोरोना भाईरसको संक्रमण सुरु भएदेखि हालसम्म पहिलो चरणमा ४२ र दोश्रो चरणमा १ सय १५ गरी १ सय ५७ जनाको मृत्यु भई सकेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?