दैनिक समाचारदाता
राजबिराज, २९ शुक्रवार ।
सप्तरीमा शुक्रवारदेखी दोश्रो चरणको कोभिड–१९ बिरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्य सुरू गरिएको छ ।
१८ वटै पालिकामा पालिकाहरूले निर्धारण गरेको खोप केन्द्रवाट खोप लगाउन सुरू गरिएको स्वास्थ कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादबले जानकारी दिएका छन ।
दुई दिनसम्म खोप लगाउने कार्यक्रम रहेकोमा यस पटक ५० बर्ष वा सो भन्दा माथि उमेरका ३९ हजार भन्दा बढीलाई खोप लगाईने कार्यक्रम रहेको प्रमुख यादबले बताए ।
यसअघि जिल्लामा भेरोसेल (चाइनिज) र जोनसन एण्ड जोनसन (अमेरिकन) खोप गरि ७५ हजार व्यक्तिले कोभिड–१९ विरुद्धको पुर्ण खोप लगाईसकेका छन् ।
यता कोभिसेल (भारतीय) खोप लगाएका २७ हजार ब्यक्ती दोश्रो मात्रा आउने पखाईमा छन । दोश्रो मात्राको भारतबाट आउने कोभिसेल लिन बाँकी २७ हजार जनालाई पनि छिट्टै खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार पहिलो मात्रा लिइसकेका २७ हजार व्यक्तिलाई खोप लगाउन ढिलाई भएकाले दोश्रो मात्रा बारे मन्त्रालयमा पहल भइरहेको छ ।
जिल्लामा सबै उमेर समुहका लागी करिब ६ लाख ५० हजार खोप आवश्यक रहेपनि हालसम्म कुल जनसंख्याको करिब ११ दशमलब ५ प्रतिशतले मात्र कोभिड–१९ विरुद्धको खोप पाएको उनको भनाई छ ।
कोरोना भाईरसको उपचारका लागी निश्चित औषधी नभएका कारण यसको रोकथाम गर्न निर्माण भएको खोप चिन, अमेरिका र भारतबाट सरकारले झिकाउने गरेको उनले जानकारी दिए ।
सप्तरीमा कोरोना भाईरसको संक्रमण सुरु भएदेखि हालसम्म पहिलो चरणमा ४२ र दोश्रो चरणमा १ सय १५ गरी १ सय ५७ जनाको मृत्यु भई सकेको छ ।
सप्तरीमा ११ प्रतिशत जनताले लगाए कोभिड–१९ बिरुद्धको खोप
सारांश
- १८ वटै पालिकामा पालिकाहरूले निर्धारण गरेको खोप केन्द्रवाट खोप लगाउन सुरू गरिएको स्वास्थ कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादबले जानकारी दिएका छन ।
- दुई दिनसम्म खोप लगाउने कार्यक्रम रहेकोमा यस पटक ५० बर्ष वा सो भन्दा माथि उमेरका ३९ हजार भन्दा बढीलाई खोप लगाईने कार्यक्रम रहेको प्रमुख यादबले बताए ।
- यसअघि जिल्लामा भेरोसेल (चाइनिज) र जोनसन एण्ड जोनसन (अमेरिकन) खोप गरि ७५ हजार व्यक्तिले कोभिड–१९ विरुद्धको पुर्ण खोप लगाईसकेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया