दैनिक समाचारदाता
राजविराज, २६ बैशाख ।
सप्तरीका बरिष्ठ कानुन व्यवसायी हिम्मत सिंह “काशीराज–गंगादेवी स्मृति पुरस्कार २०८१ बाट सम्मानित भएका छन् ।
७२औं कानुन दिवसको अवसरमा बुधवार नेपाल बार एशोसिएशन उच्च अदालत राजविराजद्वारा आयोजित शुभकामना एवं सम्मान कार्यक्रममा ८४ वर्षिय सिंहलाई सो पुरस्कारबाट सम्मानित गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी सर्वाेच्च अदालतका न्यायधिश सुनिल कुमार पोखरेलले उनलाई दोसल्ला तथा कदरपत्रबाट सम्मान गरे ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ कोइलाडी वर्साइन निवासी सिंहले कानुन, मानव अधिकार, समाजिक न्याय, न्यायनिरुपण र समाज परिर्वतन लगायतको क्षेत्रमा गरेको योगदानको कदर गर्दै सो पुरस्कार प्रदान गरिएको नेपाल बार एशोसिएशन उच्च अदालत राजविराजका अध्यक्ष हरेराम यादवले बताए ।
राजविराज ७ निवासी समाजसेवी स्व.काशीराज पोखरेल र गंगादेवी पोखरेलको स्मृतिमा उनका छोरा पूर्व क्याम्पस प्रमुख विष्णु पोखरेल, बुहारी शोभा पोखरेल र नुतन पोखरेलले यसै वर्ष सो पुरस्कारको स्थापना गरेका हुन ।
कानून, मानवअधिकार, सामाजिक न्याय र समाजसेवा क्षेत्रमा योगदान पु¥याउने ब्यक्तीलाई हरेक वर्ष कानुन दिवसको अवसर पारेर उक्त पुरस्कारबाट सम्मानित गरिने एशोशिएसनले जनाएको छ । पुरस्कारको राशी १५ हजार र कदरपत्र रहेको छ । यसै वर्ष पोखरेल परिवारले २ लाख १ हजार रुपैया पुरस्कार अक्षयकोषका लागी एशोसिएशनलाई हस्तान्तरण गरेका थिए ।
काशीराज–गंगादेवी स्मृति पुरस्कारबाट वरिष्ठ कानुन व्यवसायी सिंह सम्मानित
सारांश
- ७२औं कानुन दिवसको अवसरमा बुधवार नेपाल बार एशोसिएशन उच्च अदालत राजविराजद्वारा आयोजित शुभकामना एवं सम्मान कार्यक्रममा ८४ वर्षिय सिंहलाई सो पुरस्कारबाट सम्मानित गरिएको हो ।
- कार्यक्रमका प्रमुख अतिथी सर्वाेच्च अदालतका न्यायधिश सुनिल कुमार पोखरेलले उनलाई दोसल्ला तथा कदरपत्रबाट सम्मान गरे ।
- सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ कोइलाडी वर्साइन निवासी सिंहले कानुन, मानव अधिकार, समाजिक न्याय, न्यायनिरुपण र समाज परिर्वतन लगायतको क्षेत्रमा गरेको योगदानको कदर गर्दै सो पुरस्कार प्रदान गरिएको नेपाल बार एशोसिएशन उच्च अदालत राजविराजका अध्यक्ष हरेराम यादवले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया