सप्तरीको बोदेबसाईनमा तीन दिने नेपालकै  ठूलो इस्लामिक धार्मिक कार्यक्रम सुरु

राजविराज राजविराज
|
शनिबार, फाल्गुन ३, २०७६
|
|
२३ पटक हेरिएको
Shares
सप्तरीको बोदेबसाईनमा तीन दिने नेपालकै  ठूलो इस्लामिक धार्मिक कार्यक्रम सुरु

सारांश

  •     आयोजक समितिका संयोजक मो.
  • गफुरले कार्यक्रममा नेपाल तथा भारतका मुस्लिम धर्माबलम्बीहरुलाई मात्र आमन्त्रण गरिएकोेमा तेस्रो मुलुकका मुस्लिम समुदायहरु आउनुमा आफुहरुको कुनै दोष नरहेको दावी गर्दै नेपाल र भारत बाहेक अन्य मुलुकका मुस्लिमलाई सहभागी नगराईने प्रतिबद्घता जनाएपछि प्रशासनले कार्यक्रम शान्तिपूर्ण ढंगले सम्पन्न गर्न अनुमति प्रदान गरेको जानकारी दिएका छन् ।
  •       कार्यक्रममा प्रमुख अतिथि एवं प्रमुख प्रबचनकर्ताको रुपमा भारतको दिल्लीस्थित मर्कट जाने मस्जिदका मौलाना मो.

    राजविराज÷सप्तरीको बोदेबर्साइन नगरपालिका ५ जाँजरमा शनिबारदेखि तीन दिने नेपालकै ठूलो इस्लामिक धार्मिक कार्यक्रम (इज्तिमा) सुरु भएको छ । 
    यस कार्यक्रममा नेपाल र भारतका गरि झण्डै डेढ लाख मुस्लिम समुदायको सहभागिता रहेको छ । कार्यक्रम स्थलमा महिला प्रवेशलाई पूर्ण निषेध गरिएको छ ।
    गृहमन्त्रालयले अन्तराष्ट्रियकरण भएको भन्दै बिहीबार कार्यक्रममा रोक लगाएपछि आयोजकले नेपाल र भारत बाहेक अन्य मुलुकका मुस्लिमहरुलाई कार्यक्रममा सहभागी नगराईने प्रतिबद्घता जनाएपछि शुक्रबार गृहमन्त्रालयले कार्यक्रम गर्ने आदेश दिएको थियो । 
    आयोजक समितिका संयोजक मो. गफुरले कार्यक्रममा नेपाल तथा भारतका मुस्लिम धर्माबलम्बीहरुलाई मात्र आमन्त्रण गरिएकोेमा तेस्रो मुलुकका मुस्लिम समुदायहरु आउनुमा आफुहरुको कुनै दोष नरहेको दावी गर्दै नेपाल र भारत बाहेक अन्य मुलुकका मुस्लिमलाई सहभागी नगराईने प्रतिबद्घता जनाएपछि प्रशासनले कार्यक्रम शान्तिपूर्ण ढंगले सम्पन्न गर्न अनुमति प्रदान गरेको जानकारी दिएका छन् । 
    कार्यक्रममा प्रमुख अतिथि एवं प्रमुख प्रबचनकर्ताको रुपमा भारतको दिल्लीस्थित मर्कट जाने मस्जिदका मौलाना मो. साद  रहेका छन् । यता कार्यक्रम स्थलको पूर्व अनुमति बगेर फोटो खिच्न रोक लगाइएको छ । यस्तै कोरोना भाईरस संक्रमित व्यक्ति भित्रिन सक्ने उच्च जोखिम तथा अन्य स्वास्थ्य उपचारका लागि कार्यक्रम स्थलभित्र ६ ठाउँमा स्वास्थ्यकर्मी राखेर हेल्थ डेक्सको स्थापना समेत गरिएको छ । 
    कार्यक्रम स्थलमा २१ लाख ६० हजार स्क्वायर फिटको पण्डाल निर्माण गरिएको छ । झण्डै २ सय विगहा जग्गामा कार्यक्रमका लागि स्थान ओगेटिएको छ । जसमा २ हजार अस्थायी शौचालय निर्माण गरिएको छ भने स्वच्छ खानेपानीका लागि २ सय ५० धारा जडान गरिएको छ ।
    कार्यक्रम स्थलमा कुनै अप्रिय घटना हुन नदिन नेपाल र सशस्त्र प्रहरीका गरी ६ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ । यता नेपाल भारत सीमा नजिकै सुरु भएको कार्यक्रमलाई भारतीय सुरक्षा अधिकारीले पनि विशेष चासोका साथ हेरिरहेका छन् भने कार्यक्रम स्थलमा केही सादा पोशाकमा भारतीय प्रहरी निगरानी गरिरहेको समेत स्थानियले जानकारी दिएका छन् । 
    शुक्रबारदेखी सुरु भएको इज्तिमाका लागि शुक्रबार साँझसम्म पनि सहभागिहरु आउने क्रम जारि नै रहेको छ । 
महासभा विशुद्व राम्रो ज्ञान प्राप्त गर्न र देशको बिकासको लागि ः अध्यक्ष अंसारी


    राजविराज÷मुस्लिम आयोगका अध्यक्ष समिम अंसारीले ईज्तिमा मुस्लिमहरूको महासभा भएकोले यो बिशुद्व राम्रो ज्ञान प्राप्त गर्न र देशको बिकासको लागि आयोजना गरिएको बताएका छन् । 
    शनिवार बोदेवरसाईनस्थित जाँजरमा आायोजित मुस्लिमहरूको ईस्जितामामा बोल्दै अंसारीले नैतिकवान, एक अर्काबिचको सम्बन्ध सुमधुर बनाउन, कसैमा अन्याय नगर्न, समाजिक भावना राख्दै प्रगति तर्फ उपदेश्य दिने प्रवचन रहेको बताए ।
    उनले ईस्तिमा आयोगको निगरानीमा रहेकोले कुनै किसिम उच्श्रृखंल गतिविधि हुन नदिन सुरक्षा ब्यबस्था कडा पारिएको दाबी समेत गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?