बाढीबाट पुल भत्किँदा राजविराज भन्सारको राजस्व संकलन प्रभावित

राजविराज राजविराज
|
मंगलबार, आश्विन १५, २०८१
|
|
९० पटक हेरिएको
Shares
बाढीबाट पुल भत्किँदा राजविराज भन्सारको राजस्व संकलन प्रभावित

सारांश

  •     साथै भारतसंग जिल्लालाई जोड्ने प्रमुख सो सडक वर्षाले पूर्ण रूपमा अवरुद्ध भएको छ ।
  • यसबाट तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित राजविराज भन्सार कार्यालयको राजस्व सङ्कलनमा प्रभावित समेत भएको छ ।
  • अहिले सो सडक र भासिएको पुलबाट पानी बगिरहेको छ ।

अरुणकुमार यादव
राजविराज, १५ असोज (रासस) ।
    केही दिनअघिको अविरल वर्षाका कारण जीता खोलाको आएको बाढीले राजविराज–कुनौली सडकखण्डमा रहेका पुल भासिदा आवतजावतमा समस्या भएको  छ ।  
    साथै भारतसंग जिल्लालाई जोड्ने प्रमुख सो सडक वर्षाले पूर्ण रूपमा अवरुद्ध भएको छ । यसबाट तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित राजविराज भन्सार कार्यालयको राजस्व सङ्कलनमा प्रभावित समेत भएको छ । अहिले सो सडक र भासिएको पुलबाट पानी बगिरहेको छ ।
    वर्षा हुुनासाथ जीर्ण रहेका पुलबाट आवतजावत गर्न र सडक कटानको समस्या दोहोरिने जनाइएको छ । साथै कटानसमेत गरेको छ । स्थानीयवासी विन्देश्वरी यादवले जीता खोलामा आएको बाढीले पुल बगाउँदा तिलाठीस्थित राजविराज भन्सारसम्म आवतजावत गर्न समस्या भएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “वर्षाका कारण वस्ती  डुबानमा नै रहेको अवस्था छ । राजविराज–कुनौली सडकखण्डमा सवारीसाधनको आवतजावत पूर्ण रूपमा अवरूद्ध छ ।”
    सो सडकखण्ड अवरुद्ध हुँदा मल्हनियाँ जानका लागि १० किलोमिटर घुमेर जानुपर्ने बाध्यता रहेको र कुनोली बजारमा पुग्न एक घण्टा लाग्ने गरेको उहाँले बताउनुभयो ।
    वर्षायाम सुरु भएसँगै यो सडकखण्डमा पैदल आवतजावत गर्न पनि अपठ्यारो हुने गरेको स्थानीयवासी  बिन्दुलाल मुखियाले बताउनुभयो ।
    भारतबाट कुनौली हुँदै आएका मालवाहक सवारी कुनौली भन्सार कार्यालय पुग्ने मुख्य बाटो यही हो । सडक अवरुद्ध हुँदा सरकारले उठाउने राजस्वमा त असर पर्छ नै स्थानीयलाई समेत जोखिम थपिएको छ ।
    दुई वर्षअघि आएको बाढीले सडक भासिदा दुई जना बेपत्ता भएका थिए । कटानका कारण गाउँका बासिन्दालाई सदरमुकाम राजविराज पुग्न पनि कठिनाइ खेप्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।
    तिलाठी कोइलाडी गाउँपालिका–१ का वडाध्यक्ष दिनेश्वर मिश्र सडक कटानको समस्या तीन दशकभन्दा बढी समयदेखि रहेको बताउनुहुन्छ । उहाँले खाँडो र जीता नदीको बहाव सही तरिकाले व्यवस्थापन नहुँदा निरन्तर यो समस्याले यात्रीलाई सास्ती दिँदै आएको जानकारी दिनुभयोे । यद्यपि सरकारले गम्भीरता नदेखाएपछि यहाँका स्थानीय बासिन्दालाई वर्षायाममा यस्ता समस्या भोग्नुपर्ने नियति नै बनेको छ । “यो समस्या हरेकपटक वर्षायाममा आउँछ तर राज्यले गम्भीरता देखाउँदैन”, उहाँले भन्नुभयो, “यसले राजविराज भन्सार कार्यालयको राजस्व सङ्कलनमा पनि निकै गिरावट आउँछ, यो समस्या जति चाँडो समाधान हुन्छ, स्थानीयसँगै राज्यका लागि त्यति नै फलदायी हुन्छ ।” 
    तिलाठीस्थित राजविराज भन्सार कार्यालयका सूचना अधिकारी अजयप्रकाश भगतले राजविराज जोडिने कुनौलीको पूर्वी भेगसम्मको बीच बाटोमा रहेको पुल र सडक जीता खोलाले बगाएर क्षति गर्दा राजस्व सङ्कलनमा धेरै गिरावट आएको बताउनुभयो ।
    उहाँले राजविराज भन्सारसम्म सवारीसाधन आउन नसकेका कारण आर्थिक वर्ष २०८१÷८२ को साउन र भदौमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको बताउनुभयो । कार्यालयसम्म आउने बाटो जीर्ण र समय–समयमा बाढीले सडकमा क्षति गरेको सडक पुनःनिर्माण नभएका कारण राजस्व सङ्कलन प्रभावित भएको सूचना अधिकारी भगत बताउनुहुन्छ । उहाँले भन्नुभयो, “साउनमा रु ६७ लाख २३ हजार सङ्कलन गर्ने लक्ष्य रहेकामा २३ लाख ८८ हजार सङ्कलन भएको र भदौमा रु ६३ लाख ५५ हजार लक्ष्य रहेकामा रु १९ लाख ३८ हजार राजस्व असुली भयो ।”
    कुनौली बजार आवतजावतका लागि पुल नभएका कारण पनि राजस्व सङ्कलमा कमी आएको उहाँले बताउनुभयो । यस्तै राजविराज भन्सारदेखि पूर्वतर्फको पुलसमेत बाढीले बगाउँदा नेपाली दैनिक उपभोग्य सामानमा किन्न निर्भर रहने कुनोली बजार जानसमेत समस्या छ । 
    राजविराजदेखि १० किलोमिटर दक्षिणपूर्वमा भारतीय सिमानामा रहेको कुनोली बजारमा दैनिक उपभोग्य सामान किन्नेहरूको भीड लाग्ने गर्दछ ।
    दसैँतिहारका बेला बजार जाने नेपाली तिलाठीबाट दक्षिण खोला तरेर कुनोली बजार जाने बाटोमा समेत पुल नभएकाले सास्ती खेपिरहेको हनमाुननगर कङ्कालनी नगरपालिका–१४ का वासुदेव मण्डलले बताउनुभयो ।
    कुनौली बजारमा दैनिक उपभोग्य सामान किन्नका लागि जिल्लाको राजविराज, हनुमाननगर, भारदह, कञ्चनपुर, रुपनी, डिवन र तिलाठी कोइलाडी गाउँपालिकाको लौनिया, सकरपुरा, रम्पुरा, मल्हनिया र तिलाठीका सर्वसाधारण जाने गर्दछन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थापना दिवसमा पुस्तक प्रदर्शनी 
स्थापना दिवसमा पुस्तक प्रदर्शनी 
मेयर कप सप्तरी प्रिमियर लिग बजाज खडक वारियर्स र तिलाठी कोईलाडी विजयी
मेयर कप सप्तरी प्रिमियर लिग बजाज खडक वारियर्स र तिलाठी कोईलाडी विजयी
कंकालिनि मन्दिरमा विगत तीन वर्षदेखी राँगा बलिमा कमी,  यस वर्ष गत वर्षको तुलनामा ७५ वटा कम बली प्रदान
कंकालिनि मन्दिरमा विगत तीन वर्षदेखी राँगा बलिमा कमी, यस वर्ष गत वर्षको तुलनामा ७५ वटा कम बली प्रदान
पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
चोरी शिकारीमा पूर्वडिआइजी, पूर्वउपसभामुखका छोरा, बहालवाला सईसहित १० जना पक्राउ
चोरी शिकारीमा पूर्वडिआइजी, पूर्वउपसभामुखका छोरा, बहालवाला सईसहित १० जना पक्राउ
ऐतिहासिक पुस्तकालयको भविष्य अन्यौलमा
ऐतिहासिक पुस्तकालयको भविष्य अन्यौलमा
कोशी पीडितहरुको अनसनदेखि  तीन जिल्ला ठप्प पार्ने तयारी
कोशी पीडितहरुको अनसनदेखि  तीन जिल्ला ठप्प पार्ने तयारी
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ 
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ 
२०१९ को विदा सँगै २०२० को आगमन 
गाँजा खेती फडानसँगै सचेतना गराउँदै प्रहरी,  अभियान अन्तर्गत १५ हजार बढीको गाँजा बोट नष्ट
गाँजा खेती फडानसँगै सचेतना गराउँदै प्रहरी,  अभियान अन्तर्गत १५ हजार बढीको गाँजा बोट नष्ट

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी