गाँजा खेती फडानसँगै सचेतना गराउँदै प्रहरी,  अभियान अन्तर्गत १५ हजार बढीको गाँजा बोट नष्ट

राजविराज राजविराज
|
शनिबार, पौष २१, २०७५
|
|
२१ पटक हेरिएको
Shares
गाँजा खेती फडानसँगै सचेतना गराउँदै प्रहरी,  अभियान अन्तर्गत १५ हजार बढीको गाँजा बोट नष्ट

सारांश

  •     यसैबीच प्रहरीले जिल्लाको तिलाठी कोईलाडी गाउँपालिकाको विभिन्न वडामा शनिबार अवैध रुपमा लगाईएको गाँजा खेती फडान गरेको छ ।
  •       गाजा खेती भईरहेको जिल्लाको विभन्न स्थानमा विगत २ महिनादेखि अभियान नै थालेको प्रहरीले सो गाउँपालिकाको वडा १ र २ स्थित तिलाठी र लौनिया गाउँमा लगाईएको करिब ५ सय गाँजको बोट फडानी गरेको हो ।
  •       गाँजा खेती भई रहेको सूचना र सम्भावित स्थानहरुको खोजी गर्ने क्रममा पत्ता लागेपछि प्रहरी उपरिक्षक राजेन्द्र विष्टको निर्देशनमा प्रहरी टोलीले गाँजा खेती नष्ट गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, २१ पुस । 
    सप्तरी प्रहरीले जिल्लाको विभिन्न स्थानहरुमा अवैध रुपमा रोपिएका गाँजाका बोटहरु फडान गर्दै नष्ट गर्दै आएको छ । प्रहरीले गाँजाका बोटहरु फडान गर्न अभियान नै चलाएको छ । 
    यसैबीच प्रहरीले जिल्लाको तिलाठी कोईलाडी गाउँपालिकाको विभिन्न वडामा शनिबार अवैध रुपमा लगाईएको गाँजा खेती फडान गरेको छ । 
    गाजा खेती भईरहेको जिल्लाको विभन्न स्थानमा विगत २ महिनादेखि अभियान नै थालेको प्रहरीले सो गाउँपालिकाको वडा १ र २ स्थित तिलाठी र लौनिया गाउँमा लगाईएको करिब ५ सय गाँजको बोट फडानी गरेको हो । 


    गाँजा खेती भई रहेको सूचना र सम्भावित स्थानहरुको खोजी गर्ने क्रममा पत्ता लागेपछि प्रहरी उपरिक्षक राजेन्द्र विष्टको निर्देशनमा प्रहरी टोलीले गाँजा खेती नष्ट गरेको छ ।
    सिमाबर्ती भारतीय बजारमा महँगो मुल्यमा बिक्री हुने, आम्दानी पनि मनग्गे हुने र खेती गर्न पनि कम झन्झटिलो हुने भएकाले लुकिछिपी भएपनि प्रतिबन्धित नसालु पदार्थ गाँजा खेती गर्न अकर्षित भएको यस खेतीमा संलग्न कृषकहरु बताउछन । 
    श्रोतका अनुसार कृषकले उत्पादन गरेको गाँजा हाल भारतीय बजारमा प्रति केजी १४ हजार रुपैयामा बिक्री हुने गरेको छ । उत्पादित गाँजा अरु कृषि उपज जस्तो विक्रीका लागी समस्या र झन्झटिलो नहुने बिक्रेताको अनुभव छ । 
    यता गाँजाको कारोबार गर्न पल्किएका कारोबारीहरुले सर्वसाधारण किसानहरुलाई बहकाई हतपत नदेखिने स्थानहरुमा यसको खेती गर्न उक्साउने गरेको पाईएको प्रहरीको भनाई छ । 
    सुख्खा र कम सिचाई सुविधा भएको जग्गामा समेत गाँजा खेती गर्न सकिने भएकाले प्रहरीले बर्षेनी फँडानी गरेपनि लुकाई छिपाई खेती गर्नेको संख्या सोचे अनुसार घटन नसकेको स्थानिय बुद्घिजिवीहरुको भनाई छ । 
    यसका अतिरिक्त गाँजा खेती नष्ट गर्ने अभियान सँगै गाँजाले स्वास्थ्य र सामाजमा पार्ने नाकारात्मक असर बारे सचेतना अभियान पनि थालिएको छ । 
    यसका लागी प्रहरी हवल्दार मदन श्रेष्ठको नेतृत्वमा सुरक्षाकर्मीको एक टोली गाँजा खेती भईरहेका क्षेत्रहरुमा पुगी यसबाट हुने हानी नोक्सानी बारे जानकारी गराउँदै यसबाट टाढै रहन सर्वसाधारणलाई सचेत पनि गराउने गरेका छन् । 
    प्रहरीले अभियान अन्तर्गत पहिलो चरणमा लुकिछिपी गरिएको गाँजा खेतीको पहिचान गर्न गोप्य खोजिदल समेत खटाएको छ । यस्तै दोस्रो चरणमा त्यसरी खटाईएको खोजी दलले पहिचान गरेको गाँजा खेती नष्ट गर्न प्रहरी परिचालन गर्ने गरिएको छ । 
    सोही अभियान अन्तर्गत गत २ महिनाको अवधिमा प्रहरीले जिल्लाको रुपनी, कृष्णा शवरण र तिलाठी कोईलाडी गाउँपालिका, हनुमाननगर कंकालिनी र राजविराज नगरपालिका लगायतका विभिन्न स्थानमा गरी १५ हजार भन्दा बढी गाँजाको बोट नष्ट गरि सकिएको डिएसपी भावेश रिमाले जानकारी दिए । 
    यस्तै जिल्लाका विभिन्न नाका हुदै भारत तर्फ तस्कर गर्ने गिरोह र व्यक्ति उपर पनि विशेष निगरानी राख्न थालिएको उनको भनाई छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक संजालमार्फत धमाधम  उम्मेदवारी घोषणा हुँदै 
सामाजिक संजालमार्फत धमाधम  उम्मेदवारी घोषणा हुँदै 
क्यान्सरका कारण थलिए शिवा, राज्यले वास्ता गरेन 
क्यान्सरका कारण थलिए शिवा, राज्यले वास्ता गरेन 
वर्षायाममा हिलै हिलो र सुख्खायाममा धुलै धुलो 
वर्षायाममा हिलै हिलो र सुख्खायाममा धुलै धुलो 
सप्तरीमा दुई महिनाको अवधीमा २२ जनाद्वारा आत्महत्या
सप्तरीमा दुई महिनाको अवधीमा २२ जनाद्वारा आत्महत्या
हरवा चरवाको अवस्था भने ज्यूँका त्यूँ, ९ बुँदे माग अघि सार्दै सरकारको ध्यानाकर्षण
हरवा चरवाको अवस्था भने ज्यूँका त्यूँ, ९ बुँदे माग अघि सार्दै सरकारको ध्यानाकर्षण
शिक्षकको तलब ८ बाट ५ हजारमा  झर्ने भएपछि मदरसामा विवाद 
शिक्षकको तलब ८ बाट ५ हजारमा  झर्ने भएपछि मदरसामा विवाद 
खडकको अधिकांश बिधालयका बालबालिकाले त्रैमासिक परीक्षा सकिएपनि पाठ्यपुस्तक पाएनन्
खडकको अधिकांश बिधालयका बालबालिकाले त्रैमासिक परीक्षा सकिएपनि पाठ्यपुस्तक पाएनन्
मधेश प्रदेशका मुख्यमन्त्रीद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
मधेश प्रदेशका मुख्यमन्त्रीद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
प्रसाही–थलही जोड्ने सडक तीन  करोड २० लाखको लगानीमा बन्दै
प्रसाही–थलही जोड्ने सडक तीन  करोड २० लाखको लगानीमा बन्दै
राजरंगशालाको पुर्ननिर्माण गर्ने तयारी 
राजरंगशालाको पुर्ननिर्माण गर्ने तयारी