सुनमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी आन्दोलित

राजविराज राजविराज
|
बिहिबार, जेठ २९, २०८२
|
|
२६ पटक हेरिएको
Shares
सुनमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी आन्दोलित

सारांश

  •     बिहीबार राजविराजमा पत्रकार सम्मेलनमार्फत सुनचाँदी व्यवसायीहरुले सुनमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै आन्दोलित भएका हुन् ।
  •     सप्तरी सुनचाँदी उधोग व्यवसायी संघ राजविराजका अध्यक्ष नारायण रन्जनले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर खारेजीको माग गरे ।
  • उनले सुनचाँदीमा लगाइएको २ प्रतिशत  विलासिता कर खारेज गर्नुपर्ने, १३ प्रतिशत भ्याट खारेज गरि ६ प्रतिशत कायम गर्नुपर्ने, सुनचाँदीको कारोबारका लागि प्रष्ट नीति नियमावली निर्माण गर्नुपर्ने लगायतका माग राख्दै देशभरका व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिन बाध्य भएको बताए ।

दैनिक समाचारदाता
राजविराज, २९ जेठ । 

    सुनमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै सप्तरीका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । 
    बिहीबार राजविराजमा पत्रकार सम्मेलनमार्फत सुनचाँदी व्यवसायीहरुले सुनमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै आन्दोलित भएका हुन् ।
    सप्तरी सुनचाँदी उधोग व्यवसायी संघ राजविराजका अध्यक्ष नारायण रन्जनले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर खारेजीको माग गरे । उनले सुनचाँदीमा लगाइएको २ प्रतिशत  विलासिता कर खारेज गर्नुपर्ने, १३ प्रतिशत भ्याट खारेज गरि ६ प्रतिशत कायम गर्नुपर्ने, सुनचाँदीको कारोबारका लागि प्रष्ट नीति नियमावली निर्माण गर्नुपर्ने लगायतका माग राख्दै देशभरका व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिन बाध्य भएको बताए ।
    त्यस्तै, बहुमुल्य हिरा तथा पत्थरमा लगाइँदै आएको १३ प्रतिशत भ्याट पनि खारेजको उनीहरुको माग रहेको छ । पहिलो चरणमा दुई दिन सांकेतिक विरोधका लागि देशभर सुनचाँदी पसल बन्द गरेको नेपाल सुनचाँदी व्यवसायीहरुले बताएका छन् । 
    विलासी कर र भ्याट लगाएपछि सुनको लागत मूल्य बढी भएकाले कारोबार नै हुन छाडेकोले आन्दोलन गर्न बाध्य भएको व्यवसायीहरूको भनाई छ । 
    विगतमा पनि १० लाख माथिको कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउँदै आएको थियो । तर जतिसुकै कारोबार हुँदा पनि छुट्टाछुट्टै बिल बनाएर कर संकलन नगरेपछि सरकारले सबै प्रकारका सुनमा विलासिता कर लगाउन लागेको उनीहरुको आरोप छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरीमा डुबेर पाँच  दिनमा ६ जनाको मृत्यु
पोखरीमा डुबेर पाँच  दिनमा ६ जनाको मृत्यु
बिद्यालयमा मर्मत र रंगरोगन  भएपछि छात्रछात्राहरू उत्साहित
बिद्यालयमा मर्मत र रंगरोगन  भएपछि छात्रछात्राहरू उत्साहित
छिन्नमस्ता १ बालविवाह मुक्त वडा घोषणा
छिन्नमस्ता १ बालविवाह मुक्त वडा घोषणा
विदेशी महिलालाई कम्तिमा ७ वर्षसम्मको  अवधीमा नागरिकता प्रदान गर्नुपर्छ ः कमल थापा
विदेशी महिलालाई कम्तिमा ७ वर्षसम्मको  अवधीमा नागरिकता प्रदान गर्नुपर्छ ः कमल थापा
अरुलाई असर नपर्ने गरि बाजा÷डिजे  बजाई विवाह, चाडपर्व तथा अन्य  साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
अरुलाई असर नपर्ने गरि बाजा÷डिजे  बजाई विवाह, चाडपर्व तथा अन्य  साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
मिटरब्याजीको आरोपमा भगत पक्राउ
मिटरब्याजीको आरोपमा भगत पक्राउ
पाँच वर्षपछि दोहोरो नागरिकताका फरार प्रतिवादी पक्राउ
पाँच वर्षपछि दोहोरो नागरिकताका फरार प्रतिवादी पक्राउ
बाबुआमाको एचआइभी एड्सबाट मृत्युपछि  छोरीपनि सोही समस्याले सिकिस्त 
बाबुआमाको एचआइभी एड्सबाट मृत्युपछि  छोरीपनि सोही समस्याले सिकिस्त 
रेणु यादवले जसपाको  सम्पूर्ण पद परित्याग गरिन्
रेणु यादवले जसपाको  सम्पूर्ण पद परित्याग गरिन्
क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम