दैनिक समाचारदाता
पर्सा, १३ माघ ।
विभिन्न सामाजिक संजालहरुबाट सपिङ अनलाइन एप खोली एप्पल कम्पनीको मोबाइल विक्रि वितरण कार्य तथा विभिन्न मुलुकको भिसासमेत मगाई दिने भन्दै ठगि गर्ने कार्यमा संलग्न चार जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका व्यक्तिहरुले अमेरिका, क्यानेडा र सिंगापुर लगायतका बिभिन्न देशहरुको भिसा समेत मगाइ दिने भन्दै बिभिन्न बैंकहरुमा नक्कली नागरिकताको प्रयोग गरी खाता खोलेर रकम ठगी गरेको बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको बिशेष प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।
यसरी पक्राउ पर्नेहरुमा बाराको गढीमाई नगरपालिका वडा नं.३ पिप्राविर्ता घर भई हाल जिल्ला पर्सा बीरगंज महानगरपालिका वडा नं. १५ ब्रह्मचोक २९ वर्षिय रोशन सिंह, निजकै भाई २१ वर्षिय बिशाल सिंह, भारत कलकत्ता घर भई हाल जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं. १५ बस्ने शम्भु सिहंको घरमा डेरा गरि बस्ने २६ वर्षिय सबिक भक्त रजिल्ला र बिरगंज महानगरपालिका वडा नं. १५ ब्रह्मचोक बस्ने १८ वर्षिय फारुख आलम रहेका छन् ।
प्रहरीले पक्राउ गरेकाहरुका साथबाट मोबाईल तथा ठगीमा प्रयोग हुने गरेको आवश्यक कागजातहरु समेत फेला परेको बताउँदै प्रहरीले आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बारामा राखेको जनाएको छ ।
भिसा मगाई दिने भन्दै ठगि गर्ने चार पक्राउ
सारांश
- पक्राउ परेका व्यक्तिहरुले अमेरिका, क्यानेडा र सिंगापुर लगायतका बिभिन्न देशहरुको भिसा समेत मगाइ दिने भन्दै बिभिन्न बैंकहरुमा नक्कली नागरिकताको प्रयोग गरी खाता खोलेर रकम ठगी गरेको बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको बिशेष प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।
- यसरी पक्राउ पर्नेहरुमा बाराको गढीमाई नगरपालिका वडा नं.
- ३ पिप्राविर्ता घर भई हाल जिल्ला पर्सा बीरगंज महानगरपालिका वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया