दैनिक समाचारदाता
सिरहा, ३० मंसिर ।
सप्तरीको खडक नगरपालिका ८ विष्णपुर बस्ने २२ वर्षिय मो. इमतियाजले अरुसँग कुराकानी गरेको शंकाकै भरमा आफ्नै पत्नी आयसा खातुनलाई निर्घात कुटपिट गरेका छन् ।
सिरहाको सखुवाननकारकट्टि ४ बस्ने मोहम्मद रहमुल राइनको २१ वर्षीया छोरी आयसा खातुनको इमतियाजसँग समाजिक परम्परा अनुसार विवाह भएको हो ।
बिबाह भएको ६ महिनासंगै बिताएका उनी वैदेशिक रोजगारका लागि गएका थिए । दुई वर्ष पछि वैदेशिक रोजगारबाट फर्केका उनले विभिन्न लान्छना लगाइ दिनहु कुटपिट गर्न थालेको पीडित आयसा खातुनले बताइन् ।
“कसैको फोन आयो कि शंका गर्ने, बिबाहमा तिम्रो बुबाले के नै दिएको छ जस्ता आरोप लगाइ दिनहँु कुटपिट गर्ने, घर निकाला गर्ने, म अर्को विवाह गर्छु” भन्दै यातना दिने गरेको लहानमा सोमबार आयोजित पत्रकार सम्मेलनमा पीडित खातुनले बताइन् ।
पीडित आयसाले बुबा मोहम्मद रहमुल राइनले यस विषयमा आयसाको घर गई उनका पतिलाई सम्झाउने कार्य समेत गरेको बताइन् । सो समयमा खडक नगरपालिकाका प्रमुख हेमायु राइन लगायत अन्य भद्र भलादमीको रोहबरमा इमतियाजलाई सम्झाइ बुझाइ दिने आश्वास पाएका उनको भनाई छ । तर, पुनः केहि दिनमै पतिले पुनः निर्घात कुटपिट गर्न थालेको पीडितका बुबा राइनले पत्रकार सम्मेलनमा जानकारी दिए ।
यता आइसालाई कुटपिट गर्दा सासु अजिता खातुन र ससुरा तसिलनले पनि साथ नदिएको र उल्टै सासुले हप्काउने गरेको आयसाको आरोप छ ।
यस सम्बन्धमा आयसाले इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरी र इलाका प्रहरी कार्यालय लहानमा समेत निवेदन दिएको जानकारी दिइन् ।
निर्घात कुटपिटबाट घाइते बनेकी आयसाको उपचार राम कुमार उमा प्रसाद स्मारक अस्पताल लहानमा भइरहेको पीडितका बुबा राइनले बताए ।
यसअघि शनिबार मात्र सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ की ३० वर्षिया मन्जुदेवी खंग पति राजकुमारबाट निर्घात कुटिएपछि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि भर्ना भएकी छिन् ।
अरुसँग कुरा गरेको शंकाकै भरमा पतिले पत्नीलाई निर्घात कुटे
सारांश
- सिरहाको सखुवाननकारकट्टि ४ बस्ने मोहम्मद रहमुल राइनको २१ वर्षीया छोरी आयसा खातुनको इमतियाजसँग समाजिक परम्परा अनुसार विवाह भएको हो ।
- बिबाह भएको ६ महिनासंगै बिताएका उनी वैदेशिक रोजगारका लागि गएका थिए ।
- दुई वर्ष पछि वैदेशिक रोजगारबाट फर्केका उनले विभिन्न लान्छना लगाइ दिनहु कुटपिट गर्न थालेको पीडित आयसा खातुनले बताइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया