क्यान्सर पीडित अमृताको ज्यान जोगियो

राजविराज राजविराज
|
बुधबार, भाद्र २, २०७८
|
|
२६ पटक हेरिएको
Shares
क्यान्सर पीडित अमृताको ज्यान जोगियो

सारांश

  •     घाटीको दुबै भागमा थाइराइड क्यान्सरले पीडित अमृताको उपचारका लागि जिल्लाको बलान बिहुल गाउँपालिकास्थित बेल्ही यूथ क्लब सप्तरी नामक संस्थाले अगुवाई गरि सहयोग जुटाउन थालेपछि अमृताको ज्यान जोगिएको हो ।
  •       उनको मंगलबार चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा डा.
  • अनिल बिक्रम कार्की नेतृत्वको पाँच सदस्यीय चिकित्सक टोलीले सफल शल्यक्रिया सम्पन्न गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, २ भदौं । 
    सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ५ छपकी टोलकी १५ वर्षिया क्यान्सर पीडित अमृता शर्माको ज्यान जोगिएको छ । 
    घाटीको दुबै भागमा थाइराइड क्यान्सरले पीडित अमृताको उपचारका लागि जिल्लाको बलान बिहुल गाउँपालिकास्थित बेल्ही यूथ क्लब सप्तरी नामक संस्थाले अगुवाई गरि सहयोग जुटाउन थालेपछि अमृताको ज्यान जोगिएको हो । 
    उनको मंगलबार चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा डा. अनिल बिक्रम कार्की नेतृत्वको पाँच सदस्यीय चिकित्सक टोलीले सफल शल्यक्रिया सम्पन्न गरेको छ । 
    चिकित्सकले अमृता खतरामुक्त रहेपनि उपचार अझ डेढ दुई महिना लम्बिने र यसमा पाँच देखी ६ लाख रुँपैया कुल खर्च लाग्ने बताएको क्लबका अध्यक्ष प्रमोद कुमार साहले जानकारी दिए । बुधबार सम्ममा विभिन्न दाताहरुबाट ५२ हजार रुँपैया संकलन गरिएको अभियानका अर्का अगुवा एवं क्लबका संस्थापक अध्यक्ष प्रकाश यादव शंकरले बताए ।
    अमृता विगत ६ वर्षदेखी घाटीको क्यानसर रोगले पीडित थिइन् । सम्पत्तिको नाममा केही नभएर ऐलानी जग्गामा फुसको घर बनाई बस्दै आएका शर्मा परिवारमा दुई वर्षअघि अर्को बज्रपात भयो । अर्काको खेतमा मजदुरी गरि परिवार पाल्दै आएका अमृताका बुबा महादेवको दुई वर्षअघि सडक दुर्घटनामा परि मृत्यु भएपछि विचल्लीमा परेका परिवार अमृताको उपचार कसरी गर्ने भन्ने चिन्तामा समेत डुबेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा अध्यक्ष यादव निर्वाचित, खुशियालीमा दिप प्रज्जवलन
जसपा अध्यक्ष यादव निर्वाचित, खुशियालीमा दिप प्रज्जवलन
नेपाल भारत मैत्री संघद्वारा निशुल्क स्वास्थ्य शिविरको आयोजना
नेपाल भारत मैत्री संघद्वारा निशुल्क स्वास्थ्य शिविरको आयोजना
एसपिएलका लागि अक्सनबाट खेलाडी छनौट सम्पन्न
एसपिएलका लागि अक्सनबाट खेलाडी छनौट सम्पन्न
छिन्नमस्ता ६ को विकासीय गतिविधिले  तिब्रता पाउने ः मन्त्री साह
छिन्नमस्ता ६ को विकासीय गतिविधिले  तिब्रता पाउने ः मन्त्री साह
भारी वर्षापछि बलानमा कटान, ब्यारेजको ३३ वटा ढोका खुल्यो
भारी वर्षापछि बलानमा कटान, ब्यारेजको ३३ वटा ढोका खुल्यो
छोरीहरूलाई ल्यापटप बाँड्ने योजना ः मुख्यमन्त्री राउत
छोरीहरूलाई ल्यापटप बाँड्ने योजना ः मुख्यमन्त्री राउत
काँग्रेसका निर्वाचित प्रदेश  उपसभापतिसहित दर्जनौं जसपामा प्रवेश
काँग्रेसका निर्वाचित प्रदेश  उपसभापतिसहित दर्जनौं जसपामा प्रवेश
डाक्नेश्वरीका नगरप्रमुख मलाहद्वारा  ब्याजसहित रकम फिर्ता
डाक्नेश्वरीका नगरप्रमुख मलाहद्वारा  ब्याजसहित रकम फिर्ता
फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
अस्पतालमा आगलागी, लाखौं मुल्य  बराबरको स्वास्थ्य उपकरण जले
अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले