दैनिक समाचारदाता
राजविराज १, कात्तिक ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा जनमत पार्टीका कार्यकर्ताले नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सदस्य एवं रेडियो नेपालका सम्वाददाता संजिब बिक्रम साहलाई हातपात गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ सप्तरीको गम्भीर ध्यानाकृष्ट भएको छ ।
महासंघका सचिव रामनारायण विश्वासद्वारा जारि विज्ञप्तिमा डाक्नेश्वरी नगरपालिकामा बुधबार पोखरी ठेक्का सम्बन्धमा स्थानीयले गरिरहेको प्रदर्शनको रिपोर्टिङ गर्न गएका पत्रकार साहलाई जनमत पार्टीका स्थानीय कार्यकर्ताहरु अमरेन्द्र यादव र अनिल यादवले हातपात गरेको जनाइएको छ ।
प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउने राजनीतिक दलकै कार्यकर्ताबाट पत्रकार असुरक्षित हुनु दुःखद भएको उल्लेख गर्दै विज्ञप्तिमा रिपोर्टिङ गर्न गएका पत्रकारमाथि हातपात गरिएको घट्नाको हामी घोर भत्सर्ना समेत गरिएको छ ।
विज्ञप्तिमा घट्नाले प्रेस स्वतन्त्रताको खिल्ली उडाएको ठहर गर्दै पत्रकार साहमाथि हातपात गर्ने दुबैलाई कानुन बमोजिम कार्वाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ । कार्वाही नगरिए आन्दोलनमा उत्रने विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।
पत्रकार साहमाथी हातपात गर्ने जनमतका कार्यकर्तालाई कारवाहीको माग
सारांश
- महासंघका सचिव रामनारायण विश्वासद्वारा जारि विज्ञप्तिमा डाक्नेश्वरी नगरपालिकामा बुधबार पोखरी ठेक्का सम्बन्धमा स्थानीयले गरिरहेको प्रदर्शनको रिपोर्टिङ गर्न गएका पत्रकार साहलाई जनमत पार्टीका स्थानीय कार्यकर्ताहरु अमरेन्द्र यादव र अनिल यादवले हातपात गरेको जनाइएको छ ।
- प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउने राजनीतिक दलकै कार्यकर्ताबाट पत्रकार असुरक्षित हुनु दुःखद भएको उल्लेख गर्दै विज्ञप्तिमा रिपोर्टिङ गर्न गएका पत्रकारमाथि हातपात गरिएको घट्नाको हामी घोर भत्सर्ना समेत गरिएको छ ।
- विज्ञप्तिमा घट्नाले प्रेस स्वतन्त्रताको खिल्ली उडाएको ठहर गर्दै पत्रकार साहमाथि हातपात गर्ने दुबैलाई कानुन बमोजिम कार्वाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया