जोखिम न्युनिकरणका लागि बाढी पूर्व सूचना प्रणाली महत्वपूर्ण

राजविराज राजविराज
|
सोमबार, आश्विन १८, २०७८
|
|
४८ पटक हेरिएको
Shares
जोखिम न्युनिकरणका लागि बाढी पूर्व सूचना प्रणाली महत्वपूर्ण

सारांश

  •     सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाद्वारा युनिसेफको आर्थिक तथा ईसिमोड र सबल नेपालको प्राविधिक सहयोगमा राजविराज नगरपालिका र रुपनी गाउँपालिकासँगको सहकार्य एवम् समन्वयमा सञ्चालित सो बैठकमा विपद् जोखिम न्युनिकरणका लागि बाढी पूर्व सूचना प्रणालीको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।
  •       कार्यक्रममा बोल्दै तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले आफ्नो गाउँपालिकाका बासिन्दालाई बाढीबाट जोगाउन बाढी पूर्व सूचना प्रणाली जडान गरिएपछि धनजनको क्षति हुनबाट धेरै हदसम्म जोगिएको बताए ।
  •       जिल्ला विपद् ब्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जोखिम न्युनीकरणमा बाढी पूर्व सूचना प्रणालीको महत्वपूर्ण भूमिका रहेको कुरामा जोड दिंदै दिगोपनाको लागि बास्केट फण्ड मोडालिटी अत्यन्तै राम्रो भएको जिकिर गरे ।

दैनिक समाचारदाता
राजविराज, १८ असोज ।
    समुदायमा आधारित बाढी पूर्व सूचना प्रणालीको तदर्थ समितिको पहिलो बैठक सोमबार राजविराजमा सम्पन्न भएको छ । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाद्वारा युनिसेफको आर्थिक तथा ईसिमोड र सबल नेपालको प्राविधिक सहयोगमा राजविराज नगरपालिका र रुपनी गाउँपालिकासँगको सहकार्य एवम् समन्वयमा सञ्चालित सो बैठकमा विपद् जोखिम न्युनिकरणका लागि बाढी पूर्व सूचना प्रणालीको महत्वपूर्ण भूमिका रहने बताएका छन् । 
    कार्यक्रममा बोल्दै तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले आफ्नो गाउँपालिकाका बासिन्दालाई बाढीबाट जोगाउन बाढी पूर्व सूचना प्रणाली जडान गरिएपछि धनजनको क्षति हुनबाट धेरै हदसम्म जोगिएको बताए । 
    जिल्ला विपद् ब्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जोखिम न्युनीकरणमा बाढी पूर्व सूचना प्रणालीको महत्वपूर्ण भूमिका रहेको कुरामा जोड दिंदै दिगोपनाको लागि बास्केट फण्ड मोडालिटी अत्यन्तै राम्रो भएको जिकिर गरे । विपद् पछि राहत वितरणमा मात्रै केन्द्रीत नभई पूर्व तयारीमा ध्यानदिनु पर्ने आवश्यकता औंल्याए ।
    सो बैठकमा राजविराज नगरपालिकाका उपप्रमुख साधना झा, जिल्ला समन्वय अधिकारी उमेश यादव सहितकाले बाढी पूर्व सूचना प्रणालीको आवश्यकता माथि प्रकाश पारे । 
    बैठकमा तिलाठी कोइलाडी गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले समुदायमा आधारित बाढी पूर्व सूचना प्रणालीबाट पुगेको फाइदा तथा अनुभवका बारेमा प्रस्तुतीकरण गरेका थिए भने ईसिमोडका विजय खड्गीले बाढी पूर्व सूचना प्रणालीका लागि दिगोपना सम्बन्धी प्रस्तुतीकरण गरे ।
    बाढी पूर्व सूचना प्रणाली जडान गर्नुपर्ने आवश्यकता महसुस गरी जडान गर्न अनुरोध गर्ने पालिकामा यसको विस्तार गर्ने, तदर्थ समितिमा सुरक्षा निकायलाई आमन्त्रित सदस्यको रुपमा बोलाउने तथा खाँडो पूर्व सूचना प्रणालीको ह्वाट्सएप ग्रुपमाअन्य सरोकारवालाहरुलाई समेत थपगर्ने जस्ता निर्णय भएको समितिका सदस्य सचिव तथा सबल नेपालका कार्यकारी निर्देशक दिपक झाले जानकारी दिए ।
    तिलाठी कोइलाडी गाउँपालिकामा युनिसेफको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित बालकेन्द्रीत विपद् जोखिम न्युनीकरण कार्यक्रम (सिसिडिआरआर) अन्तर्गत अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड) को प्राविधिक सहयोग र सबल नेपालको संयोजनमा खाँडोे खोलामा समुदायमा आधारित बाढी पूर्व सूचना प्रणाली जडान गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपद् पूर्व अनुमानमा आधारित तालिम सम्पन्न 
विपद् पूर्व अनुमानमा आधारित तालिम सम्पन्न 
सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
एक महिलासहित पाँच जना लागुऔषध  सेवनकर्ता र कारोवारी पक्राउ
एक महिलासहित पाँच जना लागुऔषध  सेवनकर्ता र कारोवारी पक्राउ
सबलद्वारा आगलागिमा क्षति भएका शौचालय तथा ट्युवेलहरुको पुर्ननिर्माण सम्पन्न 
सबलद्वारा आगलागिमा क्षति भएका शौचालय तथा ट्युवेलहरुको पुर्ननिर्माण सम्पन्न 
निःशुल्क सिलाई मेसिन वितरण 
निःशुल्क सिलाई मेसिन वितरण 
वर्तमान सरकारले निरन्तरता पाइराखे भने आलोपालोमै  काँग्रेसको पनि पालो आउछ ः मन्त्री यादव
वर्तमान सरकारले निरन्तरता पाइराखे भने आलोपालोमै  काँग्रेसको पनि पालो आउछ ः मन्त्री यादव
हरुवा चरुवा र विद्यालय बाहिर रहेका बालबालिकाले पाए शैक्षिक सामाग्रि
दुई फरार प्रतिबादी पक्राउ पछि धरौटीमा रिहा  एक धरौटी बुझाउन नसक्दा करागार चलान
दुई फरार प्रतिबादी पक्राउ पछि धरौटीमा रिहा  एक धरौटी बुझाउन नसक्दा करागार चलान
बाढी प्रभावित क्षेत्रको पूर्वप्रधानमन्त्री, गृह मन्त्रीसहित  आधा दर्जन मन्त्री तथा नेता र सांसदद्वारा अवलोकन
बाढी प्रभावित क्षेत्रको पूर्वप्रधानमन्त्री, गृह मन्त्रीसहित  आधा दर्जन मन्त्री तथा नेता र सांसदद्वारा अवलोकन
हावाहुरीले एक जनाको मृत्यु, विधुतीय  पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध 
हावाहुरीले एक जनाको मृत्यु, विधुतीय  पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध