बाणिज्य बैंक तथा रुपनी गाउँपालिकाका कर्मचारीसहित २५ जना कोरोना संक्रमित, प्रदेशसभा सदस्यमा पनि कोरोना पुष्टि

राजविराज राजविराज
|
सोमबार, आश्विन २६, २०७७
|
|
५२ पटक हेरिएको
Shares
बाणिज्य बैंक तथा रुपनी गाउँपालिकाका कर्मचारीसहित २५ जना कोरोना संक्रमित, प्रदेशसभा सदस्यमा पनि कोरोना पुष्टि

सारांश

  •     योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ८८ पुगेको छ भने हालसम्म ती मध्ये २० जनाको मृत्यु भएको छ ।
  •       यता आइतवारै जिल्लामा एक प्रदेशसभा सदस्यमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
  • प्रदेशसभा सदस्य आभिशेख यादवलाई कोरोना संक्रमणको पुष्टि भएको सामाजिक संजालमा उनले पोष्ट गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, २५ असोज । 
    राजविराजस्थित राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका १३ जना तथा ११ जना रुपनी गाउँपालिकाका कर्मचारीसहित २५ जनामा आइतबार कोरोना संक्रमणको पुष्टि भएको छ । 
    योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ८८ पुगेको छ भने हालसम्म ती मध्ये २० जनाको मृत्यु भएको छ । 
    यता आइतवारै जिल्लामा एक प्रदेशसभा सदस्यमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशसभा सदस्य आभिशेख यादवलाई कोरोना संक्रमणको पुष्टि भएको सामाजिक संजालमा उनले पोष्ट गरेका छन् । 
    यता कोरोना संक्रमितहरुमा राष्ट्रिय बाणिज्य बैंक लिमिटेड शाखा राजविराजमा कार्यरत राजविराज नगरपालिका वडा नं. १ का २३ वर्षीया महिला, सोही वार्डका उमेर नखुलेका पुरुष, ४० वर्षीय पुरुष, २३ वर्षीय पुरुष, उमेर उल्लेख नभएको महिला, डाक्नेश्वरी नगरपालिका ९ का १२ वर्षीय पुरुष, ३२ वर्षीय पुरुष, वार्ड नम्बर ७ का २४ वर्षीय पुरुष, ३५ वर्षीय पुरुष, विष्णुपुर गाउँपालिका ७ का २२ वर्षीय पुरुष, रुपनी गाउँपालिका ६ का ३८ वर्षीय पुरुष, मोरग जिल्लाका ३१ वर्षीय पुरुष, र उदयपुर जिल्लाका ३१ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 
    त्यस्तै, रुपनी गाउँपालिका वडा नं. १ का ३१ वर्षीया महिला, ४६ वर्षीय पुरुष, ४३ वर्षीय पुरुष, ४८ वर्षीय पुरुष, २२ वर्षीय पुरुष, २४ वर्षीया महिला, ४० वर्षीया महिला, ३० वर्षीय पुरुष, २३ वर्षीय पुरुष, वार्ड नम्बर ४ का २४ वर्षीय पुरुष, ४७ वर्षीय पुरुष, ६ वर्षीया बालिका र राजविराज नगरपालिका वडा नं. ७ का ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । 
    बैंक र गाउँपालिकाका कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएपछि अहिले बाणिज्य बैंक तथा गाउँपालिकाको कार्यालय बन्द गरिएको छ । गाउँपालिकाको कार्यालय एक साताका लागि बन्द गरिएको एक सूचना मार्फत जनाइएको छ । 
    यसअघि राजविराज र कञ्चनरुप नगरपालिकास्थित मालपोत कार्यालय, खडक नगरपालिका र राजगढ गाउँपालिकाका कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँको सेवा बन्द गरिएको थियो । ती कार्यालय र स्थानीय तहको सेवा आइतवारसम्म पनि बन्द रहेको छ ।  जिल्लामा संक्रमितको संख्या बढ्ने दर कायमै रहदा स्थानीयमा भने झन त्रास फैलिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म्याक्सेल बिजयी मोहत्सव मनायो
म्याक्सेल बिजयी मोहत्सव मनायो
पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
चाड पर्वलाई लक्षित गर्दै प्रहरीको एक वर्षे सुरक्षा योजना सार्वजनिक
चाड पर्वलाई लक्षित गर्दै प्रहरीको एक वर्षे सुरक्षा योजना सार्वजनिक
राजबिराज वडा नं. ४ को कार्यालय भवन शिलान्यास
राजबिराज वडा नं. ४ को कार्यालय भवन शिलान्यास
नेपालको न्यायपालिका दक्षिण एशियामै  अग्रस्थानमा ः न्यायधिश पोखरेल
नेपालको न्यायपालिका दक्षिण एशियामै  अग्रस्थानमा ः न्यायधिश पोखरेल
रौनियार सेवाको धर्मशाला निर्माणका लागि जग्गादानसहित आर्थिक सहयोग प्रदान
रौनियार सेवाको धर्मशाला निर्माणका लागि जग्गादानसहित आर्थिक सहयोग प्रदान
सेनाले सप्तरीका १ सय ८० स्कुले विद्यार्थीलाई सक्षम नागरिक बनाउन कुशलता सिकाउँदै 
सेनाले सप्तरीका १ सय ८० स्कुले विद्यार्थीलाई सक्षम नागरिक बनाउन कुशलता सिकाउँदै 
छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
गौंबंश संरक्षणको माँग गर्दै राजविराजमा खवरदारी ¥याली
गौंबंश संरक्षणको माँग गर्दै राजविराजमा खवरदारी ¥याली
राष्ट्रियसभाका अध्यक्ष तिम्सिनाद्वारा मदन भण्डारी खेलग्रामको शिलान्यास 
राष्ट्रियसभाका अध्यक्ष तिम्सिनाद्वारा मदन भण्डारी खेलग्रामको शिलान्यास 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?