दैनिक समाचारदाता
राजविराज, २९ कात्तिक ।
प्रदेश नं. २ क्रिकेट बिकास समितिको शुक्रबार बर्दिवासमा बसेको दोश्रो बैठकमा बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
सम्पन्न बैकठले प्रदेश नं. २ क्रिकेट बिकास समितिको कार्यालय बर्दिवासमा हाललाई कायम गर्ने निर्णय गरेको छ भने नेपाली टोलीका पुर्व पहिलो कप्तान उत्तम कर्मचार्यलाई सल्लाहकारमा चयन समेत गरेको छ ।
बैठकले प्रदेश नं. २ बाट निर्वाचित कोषाध्यक्ष लगायत सदस्यद्धय माधव कर्मचार्य र दाउद इब्राहिमसहित नेपाल क्रिकेट संघको केन्द्रिय चुनावमा निर्वाचित अध्यक्ष, उपाध्यक्ष, सचिव लगायत सवैलाई बधाई तथा कार्यकालको शुभकामना दिईने निर्णय गरिएको छ ।
बैठकले सदस्य मुर्तुजा हवारीको संयोजकत्वमा सुभाष जयसवाल, अनिल शर्मा र सुनिल साह रहने गरि प्राबिधिक तथा छनौट समिति गठन, समितिका उपाध्यक्ष सुनिल महासेठको संयोजकत्वमा सदस्य निरज कार्कि रहने गरि प्रतियोगिता समन्वय समिति, समितिका कोषाध्यक्ष पवन गुप्ताको संयोजकत्वमा सदस्यद्धय सुभाष जयसवाल र आकाश पाण्डेय रहने गरि आर्थिक समिति लगायत निर्माण गरेको छ ।
यसैगरि बैठकले समितिद्धारा जिल्ला संघलाई जनवरी २०२० भित्र जिल्ला स्तरीय क्रिकेट तथा बिद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्न निर्देशन समेत दिइएको छ ।
बैठकले सचिव आयुश श्रेष्ठलाई प्रवक्ता चयन गरको छ भने अम्पाएर तथा स्कोररको बिवरण ल्याउन धिरज पौडेल र मेहवुव रेजाराईनलाई मनोनयन गर्दै प्रदेश नं. २ मा आयोजना हुने व्यवसायिक क्रिकेटको स्वीकृति वापत रकम रु. ५० हजार लिने निर्णयसंगै समितिका अध्यक्षको संयोजकत्वमा अनुशासन समिति चयन तथा भएका निर्णयहरुको म्याद १ बर्ष राखिएको जानकारी प्रदेश बिकास समितिका सचिव आयुश श्रेष्ठले जानकारी दिए ।
प्रदेश २ क्रिकेट बिकास समितिको कार्यालय बर्दिवास
सारांश
- सम्पन्न बैकठले प्रदेश नं.
- २ क्रिकेट बिकास समितिको कार्यालय बर्दिवासमा हाललाई कायम गर्ने निर्णय गरेको छ भने नेपाली टोलीका पुर्व पहिलो कप्तान उत्तम कर्मचार्यलाई सल्लाहकारमा चयन समेत गरेको छ ।
- बैठकले प्रदेश नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया