दैनिक समाचारदाता
राजविराज, २७ भदौं ।
जितिया पर्वको अवसरमा राजविराजमा पहिलो पटक मिथिला लोकगित गायन प्रतियोगिता आयोजना गरिएको छ ।
सखी बहिनपा मिथिलानी समूहद्वारा आयोजित लोकगित गायन प्रतियोगितामा महिलाहरुले गायनको माध्यमबाट आफ्नो कार्यकौशलता देखाएका छन् ।
आयोजित कार्यक्रममा जितिया पर्व मनाउने महिलाहरूले जितिया पर्वको बिशेषता, मिथिलाको लोकगित र मिथिला भाषा, संस्कृतिको उत्थान र बिकासको लागि जोड दिएका थिए ।
उक्त अवसरमा पुर्व सांसद रन्जु ठाकुरले महिला दिदी बहिनीहरूको लागि जितिया ठुलो पर्व रहेकोले यस ऐतिहासिक पर्वको उत्थान, र संरक्षण गर्नुपर्नेमा जोड दिइन् ।
यस्तै राजबिराज नगरपालिका उपप्रमुख साधना झाले जितिया पर्व महिला दिदी बहिनीहरूको लागि कठिन पर्व भएकोले व्रत बस्ने महिलाहरूको मनोकामना पूरा हुने विश्वास रहेकोले यसको छुट्टै महत्व रहेको बताईन ।
सो अवसरमा सखी बहिनपा मिथिलानी समुहका सदस्य रश्मि झाले जितिया पर्व सबै मधेशी, मिथीलानीको पर्व भएकोले अहिले जितिया पर्व लोप हुने अवस्थामा यसको महत्वको वारेमा जागरण फैलाउनु पर्नेमा जोड दिईन ।
नेपाल पत्रकार महासंघ सप्तरी उपाध्यक्ष श्यामसुन्दर यादब, सहसचिव पुर्व शिक्षिका बच्ची मिश्रा, मिथिलाका नायिका डोली सरकार, जिल्ला समन्वय समितिका सदस्य लक्ष्मी रजकलगायतको सहभागिता रहेको थियो । सोही कार्यक्रममा सप्तरीकी सेवानिबृत शिक्षिका बच्ची मिश्रालाई सम्मान समेत गरिएको थियो ।
आउँदो असोज ५ गते जितिया पर्व मनाइदै छ । यस पर्वमा छोराछोरीको चिराउ, श्रीमानको दिर्घाउको कामना गर्दै एक दिन अगाडि माछा मडुवा र त्यसको भोली पल्ट बिहान ४ बजे नै औटघनमा दही, च्युरा, मिठाई खाएर गर्ने गरिन्छ । पर्वको दिन महिला दिदीबहिनीले निरजल, निरहार भई जितवाहन भगवानको उपासना गर्ने पुरानो परम्परा रहेको राजबिराज २ कि रिना झा बताउछिन ।
जितिया महोत्सवको अवसरमा लोकगित गायन प्रतियोगिता
सारांश
- सखी बहिनपा मिथिलानी समूहद्वारा आयोजित लोकगित गायन प्रतियोगितामा महिलाहरुले गायनको माध्यमबाट आफ्नो कार्यकौशलता देखाएका छन् ।
- आयोजित कार्यक्रममा जितिया पर्व मनाउने महिलाहरूले जितिया पर्वको बिशेषता, मिथिलाको लोकगित र मिथिला भाषा, संस्कृतिको उत्थान र बिकासको लागि जोड दिएका थिए ।
- उक्त अवसरमा पुर्व सांसद रन्जु ठाकुरले महिला दिदी बहिनीहरूको लागि जितिया ठुलो पर्व रहेकोले यस ऐतिहासिक पर्वको उत्थान, र संरक्षण गर्नुपर्नेमा जोड दिइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया