ललकुको उपचारका लागि सलहेश संस्थाद्वारा ७५ हजार नगद सहयोग 

राजविराज राजविराज
|
बुधबार, पौष ४, २०७५
|
|
१५ पटक हेरिएको
Shares

सारांश

  •     नेपालबाट बैदेशिक रोजगारीका लागि कतारमा कार्यरत युवाहरुले “ललकु देबी बचाउ” अभियान संचालन गरी श्री सलहेश सेवा समाज मार्फत उक्त रकम बुधबार पीडित परिवारलाई हस्तान्तरण गरिएको सहयोगी संस्थाका केन्द्रिय अध्यक्ष दुर्गा नन्द पासवानले जानकारी दिए ।
  •       बिगत केही बर्ष देखि अल्सर, जोन्डिस तथा बबासिर रोग लागेकोले उनको आर्थिक अबस्था समेत कमजोर भएका कारण उपचार गराउन कठिनाई भएको थियो ।
  •       मुख तथा मलद्धारबाट दैनिक रुपमा रगत बग्ने, बेहोस हुने समस्याबाट पीडित रहेकी ललकु देबी बिगत ३ बर्षदेखि लहान, दरभंगा तथा बिराटनगर लगायतका ठाउँहरुमा उपचार गराउँदै आएकी  थिईन् ।

दैनिक समाचारदाता
राजविराज, ४ पुस । 
    सप्तरीको बोदेबर्साईन नगरपालिका २ की ललकु देबी पासवानको उपचारका लागि एक संस्थाले ७५ हजार नगद सहयोग गरेको छ । 
    नेपालबाट बैदेशिक रोजगारीका लागि कतारमा कार्यरत युवाहरुले “ललकु देबी बचाउ” अभियान संचालन गरी श्री सलहेश सेवा समाज मार्फत उक्त रकम बुधबार पीडित परिवारलाई हस्तान्तरण गरिएको सहयोगी संस्थाका केन्द्रिय अध्यक्ष दुर्गा नन्द पासवानले जानकारी दिए । 
    बिगत केही बर्ष देखि अल्सर, जोन्डिस तथा बबासिर रोग लागेकोले उनको आर्थिक अबस्था समेत कमजोर भएका कारण उपचार गराउन कठिनाई भएको थियो । 
    मुख तथा मलद्धारबाट दैनिक रुपमा रगत बग्ने, बेहोस हुने समस्याबाट पीडित रहेकी ललकु देबी बिगत ३ बर्षदेखि लहान, दरभंगा तथा बिराटनगर लगायतका ठाउँहरुमा उपचार गराउँदै आएकी  थिईन् ।  
    आर्थिक अवस्था कमजोर भएको ललकुको उपचारका लागि ५ लाख रकम खर्च हुने चिकित्सकहरुले बताएपछि उनको उपचारको सहयोगको याचना भन्ने बिषयमा प्रकासित समाचारको आधारमा सो संस्थाले राहत संकलन गरेको हो । 
    कतारस्थित कार्यरत कामदार तथा श्री सलहेश सेवा समाजका दुर्गा नन्द पासवान, राम उदगार राम लगायतका पदाधिकारीहरुको नेतृत्वमा संचालित “ललकु देबी बचाउ” अभियान मार्फत संकलन गरिएको उक्त रकम हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?