दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
सप्तरीको बिष्णुपुर गाउँपालिका १ जमुनीमा टेम्पु अनियन्त्रित भई दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
हुलाकी सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना३स ९६३० नं.को अटो आफै अनियन्त्रित भई दुर्घटना हुँदा अटोमा सवार खडक नगरपालिका ८ बिषणपुर निवासी ४० वर्षिया आमना खातुनको मृत्यु भएको हो ।
सोही दुर्घटनामा विष्णुपुर गाउँपालिका ६ कटिटोल निवासी ५५ वर्षिय लक्ष्मि राम बाँया हातको औलामा चोट लागी घाईते भएको प्रहरीले जनाएको छ ।
घटनापश्चात दुबै जनालाई उपचारका लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा भर्ना गरिएपनि उपचारकै क्रममा आमना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीले अटो तथा चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।
अटो अनियन्त्रित भई दुर्घटना हुदा एकको मृत्यु
सारांश
- हुलाकी सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना३स ९६३० नं.
- को अटो आफै अनियन्त्रित भई दुर्घटना हुँदा अटोमा सवार खडक नगरपालिका ८ बिषणपुर निवासी ४० वर्षिया आमना खातुनको मृत्यु भएको हो ।
- सोही दुर्घटनामा विष्णुपुर गाउँपालिका ६ कटिटोल निवासी ५५ वर्षिय लक्ष्मि राम बाँया हातको औलामा चोट लागी घाईते भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया