दैनिक समाचारदाता
राजविराज, २ असोज ।
जेनजी आन्दोलनका क्रममा डिभिजन वन कार्यालय सप्तरीमा करोडौं मुल्य बराबरको क्षति भएको छ ।
भदौ २४ गते जेनजीले गरेको प्रदर्शनका क्रममा कार्यालयको भवनसहित त्यहाँ रहेका महत्वपूर्ण कागजात तथा जिन्सी सामान मध्ये केहीमा आगजनी तथा लुटपाट गरिएको थियो ।
आगजनी, तोडफोडपछी लुटपाटबाट १ करोड ७१ लाख ८१ हजार ९ सय ४० रुपैयाँ मुल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको डिभिजन वन कार्यालयका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिएका छन् ।
उनले आगजनीबाट ७० लाख रुपैयाँ बराबरको भवन पूर्ण रुपमा जिर्ण बनेकोले अहिले त्यस कार्यालयबाट सेवा प्रवाहा गर्ने अवस्था समेत नरहेको उल्लेख गरे ।
आन्दोलनका क्रममा कम्प्युटर, ल्यापटप, अग्नि नियन्त्रणका उपकरण एयर ब्लोवर, जिपिएस सेट, प्रोजेक्टर, सीसी क्यामेरा, एसी, सोफा, दराज, टेबल–कुर्सीलगायतका सामग्री नष्ट हुनुका साथै लुटेर पनि लगिएको कार्यालयमा जडित सीसी क्यामराको फुटेजबाट प्रष्ट देखिएको उनको दाबी छ ।
कार्यालय पुर्ण रुपमा जिर्ण भइसकेकाले तत्काल कामकाज सञ्चालनमा समस्या भएको हुँदा हाल राजविराज ८ स्थित पहिलाको भूसंरक्षण कार्यालयबाट सेवा प्रवाह गर्ने गरी तयारी भइरहेको प्रमुख दासले बताए ।
लुटेर लगिएका सामानहरु फिर्ता गर्न सार्वजनिक सूचना जारी गरेपछि तीन वटा आगो निभाउने जेट सुटर र एक थान जिपिएस प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको रोहबरमा फिर्ता आएको र अझै चोरी भएका सामग्री भने फिर्ता हुन नसकेको दासले जिकिर गरे ।
डिभिजन वन कार्यालयमा करोडौं मुल्य बराबरको क्षति
सारांश
- भदौ २४ गते जेनजीले गरेको प्रदर्शनका क्रममा कार्यालयको भवनसहित त्यहाँ रहेका महत्वपूर्ण कागजात तथा जिन्सी सामान मध्ये केहीमा आगजनी तथा लुटपाट गरिएको थियो ।
- आगजनी, तोडफोडपछी लुटपाटबाट १ करोड ७१ लाख ८१ हजार ९ सय ४० रुपैयाँ मुल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको डिभिजन वन कार्यालयका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिएका छन् ।
- उनले आगजनीबाट ७० लाख रुपैयाँ बराबरको भवन पूर्ण रुपमा जिर्ण बनेकोले अहिले त्यस कार्यालयबाट सेवा प्रवाहा गर्ने अवस्था समेत नरहेको उल्लेख गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया