पुस १ देखी ५ सम्म विद्युत महसुल काउन्टर बन्द रहने

राजविराज राजविराज
|
आइतबार, मंसिर २६, २०७८
|
|
७१ पटक हेरिएको
Shares
पुस १ देखी ५ सम्म विद्युत महसुल काउन्टर बन्द रहने

सारांश

  •     प्राधिकरणले समायोजन भएको विद्युत महसुलको बिलिङ प्रणाली मिलाउन महसुल संकलन हुने काउन्टरहरू बन्द गर्न लागेको नेपाल विद्युत प्राधिकरण बितरण शाखा राजविराजका प्रमुख मधुसुदन यादवले जानकारी दिएका छन् ।
  •       परिवर्तित नयाँ विद्युत महसुल दरको एम–पावर बिलिङ प्रणाली लागु गर्न त्यसको अद्यावधिक गर्नु पर्ने हुँदा काउन्टरबाट दिइने सेवा अवरूद्ध हुने उनले जनाए ।
  •       एम–पावर बिलिङ प्रणाली लागु गर्न तथ्यांकको अद्यावधिक गर्ने कार्य पूरा भएपछि ५ गतेदेखि सबै वितरण केन्द्रका महसुल काउन्टरहरूबाट नियमित सेवा सुचारु हुने प्राधिकरणले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २६ मंसिर । 
    नेपाल विद्युत प्राधिकरणले देशभरका सबै विद्युत महसुल काउन्टर पुस १ देखि ५ गतेसम्म पाँच दिनका लागि बन्द गर्ने भएको छ । 
    प्राधिकरणले समायोजन भएको विद्युत महसुलको बिलिङ प्रणाली मिलाउन महसुल संकलन हुने काउन्टरहरू बन्द गर्न लागेको नेपाल विद्युत प्राधिकरण बितरण शाखा राजविराजका प्रमुख मधुसुदन यादवले जानकारी दिएका छन् । 
    परिवर्तित नयाँ विद्युत महसुल दरको एम–पावर बिलिङ प्रणाली लागु गर्न त्यसको अद्यावधिक गर्नु पर्ने हुँदा काउन्टरबाट दिइने सेवा अवरूद्ध हुने उनले जनाए । 
    एम–पावर बिलिङ प्रणाली लागु गर्न तथ्यांकको अद्यावधिक गर्ने कार्य पूरा भएपछि ५ गतेदेखि सबै वितरण केन्द्रका महसुल काउन्टरहरूबाट नियमित सेवा सुचारु हुने प्राधिकरणले जनाएको छ । 
    विद्युत नियमन आयोगको गत कात्तिक ८ गते विद्युतको महसुल दर समायोजन गरेको थियो । आयोगले सबै वर्गका ग्राहकले लाभ पाउने गरी विद्युत महसुल समायोजन गरेको थियो ।
    समायोजित महसुल दर मंसिर महिनाबाट लागु भएको छ । प्राधिकरणले पुस महिनामा ग्राहकलाई समायोजन भएको दर अनुसार खपत भएको विद्युत महसुलको बिल दिनेछ ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?