आगलागिले दुई घरमा क्षति एक बालिका बेहोस

राजविराज राजविराज
|
मंगलबार, कार्तिक २६, २०७६
|
|
५२ पटक हेरिएको
Shares

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जिल्लाको बिष्णुपुर गाउँपालिका १ खुरहुरिया बस्ने सिताराम यादवको एक तल्ले फुसको भान्सा घरमा खाना पकाउने क्रममा चुल्होबाट सल्केर आगो लागेको छ ।
  •       सो आगलागिमा यादवको फुसको घर आंशिक रुपमा जलेको छ भने घर भित्र रहेको लताकपडा, अन्नपात गरी अन्दाजी ४५ हजार बाराबर क्षति भएको प्रहरीले जनाएको छ ।
  •       यसैबीच आगो लागेको देखेर यादवकी १६ वर्षिया छोरी संगिता कुमारी यादव बेहोस भएकी छिन् ।

दैनिक समाचारदाता
राजविराज, २६ कात्तिक । 
    सप्तरीको दुई स्थानमा मंगलबार भएको आगलागिमा दुई घर जलेर नष्ट हुँदा डेढ लाख बराबरको क्षति भएको छ । यता आगो लागेको देखेर एक बालिका बेशोस भएकी छिन् । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जिल्लाको बिष्णुपुर गाउँपालिका १ खुरहुरिया बस्ने सिताराम यादवको एक तल्ले फुसको भान्सा घरमा खाना पकाउने क्रममा चुल्होबाट सल्केर आगो लागेको छ । 
    सो आगलागिमा यादवको फुसको घर आंशिक रुपमा जलेको छ भने घर भित्र रहेको लताकपडा, अन्नपात गरी अन्दाजी ४५ हजार बाराबर क्षति भएको प्रहरीले जनाएको छ । 
    यसैबीच आगो लागेको देखेर यादवकी १६ वर्षिया छोरी संगिता कुमारी यादव बेहोस भएकी छिन् । उनको स्थानिय मेडिकलमा उपचार भईरहेको रहेको प्रहरीले जनाएको छ । 
    यस्तै जिल्लाकै रुपनी गाउँपालिका ३ मकरी टोल निवासी बिनोद कुमार मण्डलको एक तल्ले टिनको छानो भएको फुसको घरमा विद्युतिय तार सर्ट भइ आगो लाग्दा एक लाख पाँच हजार मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । 
    सो आगलागिमा घरमा आंशिक क्षति हुनुका साथै घर भित्र रहेको लताकपडा, अन्नपात, मोबाईल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 
    दुबै स्थानमा भएको आगलागि प्रहरी, स्थानियवासीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?