प्रहरीद्वारा सचेतनाका लागि विद्यालय कक्षा संचालन

राजविराज राजविराज
|
शनिबार, चैत्र ४, २०७९
|
|
७३ पटक हेरिएको
Shares
प्रहरीद्वारा सचेतनाका लागि विद्यालय कक्षा संचालन

सारांश

  •     यस्तै जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका, तिरहुत गाउँपालिका, बलान–बिहुल गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, अग्निसाइर कृष्ण सवरण गाउँपालिका, महादेवा गाउँपालिका लगायतका पालिकाको विभिन्न पालिकामा रहेका विद्यालयहरुमा यस्तो कक्षा अझै चलिरहेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
  •       विभिन्न खाले विकृति, विसंगति तथा अपराध नियन्त्रण र न्यूनिकरण गर्ने उद्देश्यले नगर र गाउँका स्कुले बालबालिकाको स्कूल–स्कूल पुगेर कक्षा संचालन मार्फत सचेतना जगाउने काम अभियानकै रुपमा अघि बढेको प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्कीले बताए ।
  •       पछिल्लो समय सडक दुर्घटना, ट्राफिक नियमको उल्लघंन, लागुऔषधको सेवनकर्ता, आगलागि, साइबर अपराध लगायतका घटना बढ्दो देखिएकाले न्यूनिकरणका लागि विद्यार्थीमार्फत यो कार्यक्रम थप प्रभावकारी हुने भएकाले यसरी अभियान नै संचालन गरिएको र कार्यक्रम जिल्लाका सबै १८ वटै पालिकामा संचालन हुने प्रहरी उपरीक्षक कार्कीले बताए ।

    राजविराज÷जिल्ला प्रहरी कार्यालय सप्तरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत विभिन्न विद्यालयहरुमा सचेतनामूलक अभियानका अघि बढाएको छ ।
    नगर तथा गाउँका विभिन्न विद्यालयहरुमा ट्राफिक नियमावली उल्लंघन, सामाजिक सन्जालको दुरुपयोग, बढदो लागु औषध दुव्र्यसनी, चोरी, डकैती, लुटपाट, साइबर अपराध, आगलागि, बाढी तथा जातीय छुवाछुत लगायतका घटना न्यूनिकरण र नियन्त्रणका लागि कार्यक्रम लिएर पढाउँदै हिडेको छ ।
    एक महिना यता सुरु गरिएको अभियान अन्तरगत शनिवारसम्मा जिल्लाको शम्भुनाथ नगरपालिका, राजविराज नगरपालिका, बोदबर्साइन नगरपालिका, खडक नगरपालिका, सुरुङ्गा नगरपालिका, कञ्चनपुर नगरपालिका र डाक्नेश्वरी नगरपालिकाको विभिन्न वडामा प्रहरीद्वारा तीन दर्जनभन्दा बढी सचेतनामूलक कक्षा संचालन भइसकेको छ । 
    यस्तै जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका, तिरहुत गाउँपालिका, बलान–बिहुल गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, अग्निसाइर कृष्ण सवरण गाउँपालिका, महादेवा गाउँपालिका लगायतका पालिकाको विभिन्न पालिकामा रहेका विद्यालयहरुमा यस्तो कक्षा अझै चलिरहेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए । 
    विभिन्न खाले विकृति, विसंगति तथा अपराध नियन्त्रण र न्यूनिकरण गर्ने उद्देश्यले नगर र गाउँका स्कुले बालबालिकाको स्कूल–स्कूल पुगेर कक्षा संचालन मार्फत सचेतना जगाउने काम अभियानकै रुपमा अघि बढेको प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्कीले बताए । 
    पछिल्लो समय सडक दुर्घटना, ट्राफिक नियमको उल्लघंन, लागुऔषधको सेवनकर्ता, आगलागि, साइबर अपराध लगायतका घटना बढ्दो देखिएकाले न्यूनिकरणका लागि विद्यार्थीमार्फत यो कार्यक्रम थप प्रभावकारी हुने भएकाले यसरी अभियान नै संचालन गरिएको र कार्यक्रम जिल्लाका सबै १८ वटै पालिकामा संचालन हुने प्रहरी उपरीक्षक कार्कीले बताए । 
    विद्यार्थी मार्फत यो कार्यक्रमलाई समाजमा लैजाँदा घर, परिवार र समाजमा सजिलैसँग जान सक्ने प्रहरीको विश्वास छ । कार्यक्रममा मातहतका प्रहरी चौकी र इलाका प्रहरी कार्यालयका साथै जिल्लाबाट समेत खटिने तालिम प्राप्त तथा अनुभवि प्रहरी अधिकारीहरुले कक्षामा सहभागी बालबालिकालाई पढाउने र आवश्यक प्रशिक्षण दिने गरेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकलौटी ढंगले व्यवस्थापन समिति गठन  गरेको भन्दै विद्यालयमा तालाबन्दी
एकलौटी ढंगले व्यवस्थापन समिति गठन  गरेको भन्दै विद्यालयमा तालाबन्दी
तीनवटा सवारीसाधनबाट ठूलो परिमाणमा  प्रतिबन्धित लागुऔषध गाँजा बरामद
तीनवटा सवारीसाधनबाट ठूलो परिमाणमा  प्रतिबन्धित लागुऔषध गाँजा बरामद
चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द 
चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द 
हर्न बजाउन तार जोड्ने क्रममा  करेन्ट लागेर यूवकको मृत्यु
हर्न बजाउन तार जोड्ने क्रममा  करेन्ट लागेर यूवकको मृत्यु
जेसीजले महिला दिवस फरक ढंगले मनायो
जेसीजले महिला दिवस फरक ढंगले मनायो
पहिलो पटक गजेन्द्र नारायण सिंह  अस्पतालमा क्यान्सरको सफल शल्यक्रिया
पहिलो पटक गजेन्द्र नारायण सिंह  अस्पतालमा क्यान्सरको सफल शल्यक्रिया
हिन्दु परम्परा अनुसार मृत हात्तिको अन्त्येष्टि
हिन्दु परम्परा अनुसार मृत हात्तिको अन्त्येष्टि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
मिटरब्याजी साहलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन 
मिटरब्याजी साहलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन 
नगर क्षेत्रबीचबाटै निर्माण हुन  लागेको हुलाकी सडकप्रति असन्तुष्टि 
नगर क्षेत्रबीचबाटै निर्माण हुन  लागेको हुलाकी सडकप्रति असन्तुष्टि