दैनिक समाचारदाता
राजविराज, १२ कात्तिक ।
सप्तरी प्रहरीले दिपावली र छठ पर्वका लागि जिल्लाको विभिन्न नाकावाट भित्राउँदै गरेको ठूलो परिमाणमा पटाकाहरु बरामद गरेको छ ।
भारतीय सीमानासँगै टाँसिएको जिल्लाको रमपुरा मलहनीयाँ, तिलाठि, पातो सकरपुरा, नर्घो, छिन्नमस्ता, वलानविहुल लगायतका सीमामा सुरक्षाकर्मीले विशेष संयन्त्र वनाएर ती पटाकाहरु बरामद गरेको हो ।
सोमवार जिल्ला प्रहरी कार्यालयमा संचारकर्मीको रोहवरमा बरामद गरिएका पटाकाहरु नष्ट गरिएको छ । प्रहरी उपरिक्षक राजेन्द्र विष्टका अनुसार चेक जाँचका क्रममा विभिन्न नाका र ब्यक्ति वाट जफत गरी करिव ५ लाख मुल्य वरावरको आलु वम, नागिन पटाका, सप्तरंगी पटका, रकेट वम, मिनी वुलेट, चकलेट वम, मुर्गा पटाका नष्ट गरिएको छ ।
पटाका बरामद गर्ने तर्फ प्रहरीको सकृयता वढेसँगै विगतका वर्षहरुभन्दा अहिले पटाका पड्काउने क्रम घटेको प्रहरीको भनाई छ ।
ठूलो परिमाणमा पटाका बरामद
सारांश
- भारतीय सीमानासँगै टाँसिएको जिल्लाको रमपुरा मलहनीयाँ, तिलाठि, पातो सकरपुरा, नर्घो, छिन्नमस्ता, वलानविहुल लगायतका सीमामा सुरक्षाकर्मीले विशेष संयन्त्र वनाएर ती पटाकाहरु बरामद गरेको हो ।
- सोमवार जिल्ला प्रहरी कार्यालयमा संचारकर्मीको रोहवरमा बरामद गरिएका पटाकाहरु नष्ट गरिएको छ ।
- प्रहरी उपरिक्षक राजेन्द्र विष्टका अनुसार चेक जाँचका क्रममा विभिन्न नाका र ब्यक्ति वाट जफत गरी करिव ५ लाख मुल्य वरावरको आलु वम, नागिन पटाका, सप्तरंगी पटका, रकेट वम, मिनी वुलेट, चकलेट वम, मुर्गा पटाका नष्ट गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
हराएका २६ जना मध्ये २० जना फेला
निःशुल्क सिलाई मेसिन वितरण
बाढीको जोखिममा रहेका बनरझुल्लाबासी विपद्सँग जुध्न तयार
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
प्रतिक्रिया
० प्रतिक्रिया