दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
जनता प्रगतिशील पार्टी नेपालले स्थानिय तह निर्वाचन सम्बन्धी संवैधानिक र कानुनी अस्पष्टता अनगिनत संख्यामा रहेको तथ्यप्रति सरकारलाई ध्यानाकर्षण गराएको छ ।
अध्यक्ष त्रिपाठीद्वारा आइतबार जारि प्रेस विज्ञप्तिमा स्थानीय तहको नामांकन र सिमांकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस मधेश प्रदेशमा मात्र कार्यान्वयन भएको भन्दै १ नं. प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा समेत कार्यान्वयन गर्न माग गरेका छन् ।
विज्ञप्तिमा सत्तापक्षिय गठबन्धनद्वारा स्थानिय तहको निर्वाचन आगामी जेठ सम्ममा सम्पन्न गराउने प्रतिबद्धताको स्वागत गर्दै आयोगको सिफारिस बाँकी तीन प्रदेशमा निर्वाचनको कारण देखाई कार्यान्वयन नभएको भन्दै निर्वाचन पूर्व नै उक्त आयोगको सिफारिस कार्यान्वयन गरि मात्र चुनाव गर्न सुझाव दिएको छ ।
विज्ञप्तिमा तीन वटा प्रदेशमा आयोगको सिफारिस कार्यान्वयन नभए निर्वाचन कार्यमा वाधा समेत पुग्न सक्ने परिस्थिति सृजना हुन सक्ने चेतावनी दिँदै सम्बन्धित पक्षलाई सचेत रहन आग्रह समेत गरेको छ ।
स्थानिय चुनाव अघि नै नामांकन र सिमांकन गर्न जप्रपाको माँग
सारांश
- अध्यक्ष त्रिपाठीद्वारा आइतबार जारि प्रेस विज्ञप्तिमा स्थानीय तहको नामांकन र सिमांकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस मधेश प्रदेशमा मात्र कार्यान्वयन भएको भन्दै १ नं.
- प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा समेत कार्यान्वयन गर्न माग गरेका छन् ।
- विज्ञप्तिमा सत्तापक्षिय गठबन्धनद्वारा स्थानिय तहको निर्वाचन आगामी जेठ सम्ममा सम्पन्न गराउने प्रतिबद्धताको स्वागत गर्दै आयोगको सिफारिस बाँकी तीन प्रदेशमा निर्वाचनको कारण देखाई कार्यान्वयन नभएको भन्दै निर्वाचन पूर्व नै उक्त आयोगको सिफारिस कार्यान्वयन गरि मात्र चुनाव गर्न सुझाव दिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया