दैनिक समाचारदाता
राजविराज, ६ चैत ।
आज (बिहीबार) चैत ७ गतेदेखी संचालन हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि सप्तरी जिल्लाबाट कुल ८ हजार ७ सय १५ विद्यार्थी सहभागी हुँदैछन् ।
जिल्लाका ९० सामुदायिक विद्यालय र ५२ संस्थागत विद्यालय गरि १ सय ४२ विद्यालयका विद्यार्थीहरु परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका प्रमुख शशि यादवले जानकारी दिए ।
प्रमुख यादवका अनुसार साधारण तर्फबाट ७ हजार ८ सय ४८, प्राविधिकतर्फ ३ सय ९ र ग्रेडबृद्धि तर्फबाट ५ सय ५८ विद्यार्थी सहभागी हुदैछन् । उक्त संख्याको विद्यार्थीहरुका लागि ३७ वटा परीक्षा केन्द्र, ३७ केन्द्राध्यक्ष, ४७ जना सहायक केन्द्राध्यक्ष, ४ सय ३४ जना निरीक्षक, ६७ जना परीक्षा सहायक, ५ सय ५५ जना सुरक्षाकर्मी, १ सय ६२ जना कार्यालय सहयोगी गरि जम्मा १ हजार ३ सय २ जना कर्मचारी परीक्षामा खटिने प्रमुख यादवले जनाए ।
मधेस प्रदेशका आठ जिल्ला मध्ये सबैभन्दा कम सप्तरी जिल्लाबाट परीक्षामा बिद्यार्थी सहभागी हुँँदैछन् ।
मुलुकभर यस वर्षको परीक्षामा विद्यार्थीहरुको संख्या ५ लाख १४ हजार ७१ जना छन् । परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा एक सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने भएका छन् । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिने जनाइएको छ ।
एसइई चैत ७ गतेदेखि सुरु भएर १९ गते सम्पन्न हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा तालिकानुसार पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी विषय, सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ ।
चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङलिस) को परीक्षा हुनेछ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ । १३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्धितियको परीक्षा सञ्चालन हुनेछ ।
लेटर ग्रेडिङ प्रणालीमै यसवर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्न तयारी गरिएको छ भने चैत १९ सम्म सञ्चालन परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पु¥याउने लक्ष्य राखेको छ । २०८० सालको एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी पास भएका थिए ।
आजदेखी एसइई, सप्तरीबाट ८ हजार ७ सय १५ विद्यार्थी परीक्षामा सहभागी हुँदै
सारांश
- जिल्लाका ९० सामुदायिक विद्यालय र ५२ संस्थागत विद्यालय गरि १ सय ४२ विद्यालयका विद्यार्थीहरु परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका प्रमुख शशि यादवले जानकारी दिए ।
- प्रमुख यादवका अनुसार साधारण तर्फबाट ७ हजार ८ सय ४८, प्राविधिकतर्फ ३ सय ९ र ग्रेडबृद्धि तर्फबाट ५ सय ५८ विद्यार्थी सहभागी हुदैछन् ।
- उक्त संख्याको विद्यार्थीहरुका लागि ३७ वटा परीक्षा केन्द्र, ३७ केन्द्राध्यक्ष, ४७ जना सहायक केन्द्राध्यक्ष, ४ सय ३४ जना निरीक्षक, ६७ जना परीक्षा सहायक, ५ सय ५५ जना सुरक्षाकर्मी, १ सय ६२ जना कार्यालय सहयोगी गरि जम्मा १ हजार ३ सय २ जना कर्मचारी परीक्षामा खटिने प्रमुख यादवले जनाए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया