दैनिक समाचारदाता
राजविराज, १२ असार ।
हत्या गरिएका एक यूवकको शवसहित बिहीबार राजविराजमा उनका आफन्तजन र स्थानियहरुले प्रदर्शन गरेका छन् ।
सप्तरीको तिरहुत गाउँपालिका ३ पिप्राही निवासी २५ वर्षिय जय कृष्ण विराजीलाई सोमाबार राती अज्ञात व्यक्तिहरुको समूहले राजविराज वडा नं. ७ मा कुटपिट गर्दै हत्या गरेको बिरोधमा सो प्रदर्शन गरिएको हो ।
घटनामा संलग्न रहेकाहरुलाई कानुनी कारवाहीको माँग गर्दै मृतकका आफन्त तथा स्थानियहरुले शवसहित राजविराज नगर क्षेत्रमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले जिल्ला प्रशासन कार्यालय सप्तरीको मूल ढोका अगाडी शव राखेर प्रदर्शन समेत गरे ।
प्रहरीले किटानी जाहेरीसहित मुद्दा दर्ता गर्न नमानेको भन्दै आफन्तजनले तत्काल मुद्दा दर्ता गर्न माँग गरेका छन् । उनीहरुले प्रहरी प्रशासनको रबैयाप्रति असन्तुष्टि व्यक्त गर्दै चर्को नाराबाजी समेत गरे ।
यता सप्तरीका प्रहरी नायब उपरिक्षक भावेश रिमालले मुद्दा दर्ता भइसकेको तथा हत्यामा संलग्न भएका सबैको पहिचान भइसकेकोले चाडै पक्राउ गरि सार्वजनिक गरिने जानकारी दिएका छन् ।
यसअघि कुटपिटबाट घाइते बिराजीलाई प्रहरीले तत्काल राजबिराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पु¥याएका थिए । पछि थपउपचारका लागि बिराटनगरस्थित नोबेल अस्पताल रेफर गरिएको र सोही अस्पतालमा उपचारका क्रममा बुधबार दिउँसो मृत्यु भएको थियो । हत्या गरिएका बिराजी राजविराजस्थित पिसजोन स्कुलको वार्डेन इन्चार्ज पदमा कार्यरत थिए ।
हत्या गरिएका युवकको शवसहित प्रदर्शन
सारांश
- सप्तरीको तिरहुत गाउँपालिका ३ पिप्राही निवासी २५ वर्षिय जय कृष्ण विराजीलाई सोमाबार राती अज्ञात व्यक्तिहरुको समूहले राजविराज वडा नं.
- ७ मा कुटपिट गर्दै हत्या गरेको बिरोधमा सो प्रदर्शन गरिएको हो ।
- घटनामा संलग्न रहेकाहरुलाई कानुनी कारवाहीको माँग गर्दै मृतकका आफन्त तथा स्थानियहरुले शवसहित राजविराज नगर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया