दैनिक समाचारदाता
राजविराज, १३ साउन ।
भारतबाट भन्सार छलेर चोरी पैठारी गरि भित्रयाइएका २ हजार भन्दा बढी ब्रोइलर कुखुराका चल्ला प्रहरीले बरामद गरेको छ ।
मंगलबार राती खडक नगरपालिका ७ स्थित भारतीय सीमा क्षेत्रबाट भन्सार छलेर भित्रयाइएका २ हजार ४ सय थान चल्ला बरामद गरेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।
बरामद गरिएको चल्ला प्रहरीले बुधबार नष्ट गरेको कल्याणपुरका प्रहरी निरिक्षक उमाशंकर साहले जानकारी दिएका छन् । जनप्रतिनिधि तथा पशु क्वारेन्टाइनका प्रतिनिधिको रोहबरमा खाल्डो खनेर चल्ला नष्ट गरिएको उनले बताए ।
गस्तिमा खटेको प्रहरी टोलीलाई देखेर अवैध रुपमा चल्ला ल्याउने व्यक्ति भने फरार भएको प्रहरीले जनाएको छ ।
दुई हजार चार सय चल्ला बरामदपछि नष्ट
सारांश
- मंगलबार राती खडक नगरपालिका ७ स्थित भारतीय सीमा क्षेत्रबाट भन्सार छलेर भित्रयाइएका २ हजार ४ सय थान चल्ला बरामद गरेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।
- बरामद गरिएको चल्ला प्रहरीले बुधबार नष्ट गरेको कल्याणपुरका प्रहरी निरिक्षक उमाशंकर साहले जानकारी दिएका छन् ।
- जनप्रतिनिधि तथा पशु क्वारेन्टाइनका प्रतिनिधिको रोहबरमा खाल्डो खनेर चल्ला नष्ट गरिएको उनले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया