दैनिक समाचारदाता
राजविराज, १६ फागुन ।
तिलाठी कोइलाडी गाउँपालिकामा संचालित स्व. गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न खेलमा मंसापुर र तोपा बिजयी भएका छन् ।
सप्तरी क्रिकेट संघ संघको सहकार्य तथा तिलाठी कोईलाडी गाउँपालिकाको आयोजनामा कट्टी माबिको मैदानमा संचालित क्रिकेट प्रतियोगितामा मंसापुरले तिलाठीलाई ४६ रनले तथा तोपाले लौनियालाई २ बिकेटले पराजित गरेको हो ।
शुक्रवार सम्पन्न पहिलो खेलमा तिलाठीले टस जिती मंसापुरलाई ब्याटिंग गर्ने निम्तो दिएपछि ब्याटिंगका लागि ओर्लेको मंसापुरले निर्धारित २० ओभरको खेलमा १५ ओभर २ बलमा सम्पुर्ण बिकेट गुमाई ८३ रनको योगफल तयार पारेका थिए । मंसापुरका लागि धिरज मण्डल १९ र सुबोध मण्डल ११ बाहेक कुनै खेलाडिले दोहोरो अंक छुन सकेका थिएन । बलिंग तर्फ तिलाठिका मिहिर मिश्रा र चन्दन साहले सामान ४ बिकेट लिएका थिए भने रोशन यादवले २ बिकेट लिएका थिए ।
८४ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको तिलाठी प्रतियोगिताकै न्युन स्कोर ३७ रनमै ११ ओभर ३ बलमा समेटिएको थियो । तिलाठीमा सस्तोमा समेटन मंसापुरका सुबोध मण्डल र धिरज मण्डलले सामान ४ बिकेट तथा महेश मण्डलले १ बिकेट लिएका थिए । तिलाठिका तर्फबाट कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन सकेका थिएन । खेलको म्यान अफ द म्याच उत्कृष्ट प्रर्दशन गरे वापत मंसापुरका धिरज मण्डल घोषित भएका थिए ।
यस्तै शुक्रवारै सम्पन्न दोश्रो खेलमा लौनियाले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ११ ओभर २ बलमा आफना सम्पुर्ण बिकेट गुमाई ६८ रनमा समेटिएको थियो । लौनिका लागि धिरेन्द्र मण्डल नटआउट रहि ११ बाहेक कसैले दोहोरो अंक छुन सकेका थिएन । लौनियालाई सस्तोमा समेटन तोपाका रमेश यादव र रशिन्द्र मण्डलले सामान ४ बिकेट लिएका थिए भने भरत दासले १ बिकेट लिएका थिए ।
६९ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको तोपाले उक्त लक्ष्य रोमान्चक तरिकाले १४ ओभर ५ बलमा ८ बिकेटको नोक्सानीमा प्राप्त गरेका थिए । तोपाका लागि अमन देवले १३ तथा सुभाष मण्डल र भोला मण्डलले समान १२ रनको योगदान दिएक थिए । बलिंग तर्फ लौनियाका लागि शिवराम मण्डल, सुरेश मण्डल र शिवशुन्दर मण्डलले सामान २ बिकेट प्राप्त गरेका थिए भने दिनेश मण्डलले १ बिकेट प्राप्त गरेका थिए । खेलको म्यान अफ द म्याच तोपाका रमेश यादव घोषित भएका थिए । प्रतियोगिता अन्र्तगत शनिवारको खेल कोईलाडी र को. मधेपुरा बिच हुने जनाइएको छ ।
मंसापुर र तोपा बिजयी
सारांश
- सप्तरी क्रिकेट संघ संघको सहकार्य तथा तिलाठी कोईलाडी गाउँपालिकाको आयोजनामा कट्टी माबिको मैदानमा संचालित क्रिकेट प्रतियोगितामा मंसापुरले तिलाठीलाई ४६ रनले तथा तोपाले लौनियालाई २ बिकेटले पराजित गरेको हो ।
- शुक्रवार सम्पन्न पहिलो खेलमा तिलाठीले टस जिती मंसापुरलाई ब्याटिंग गर्ने निम्तो दिएपछि ब्याटिंगका लागि ओर्लेको मंसापुरले निर्धारित २० ओभरको खेलमा १५ ओभर २ बलमा सम्पुर्ण बिकेट गुमाई ८३ रनको योगफल तयार पारेका थिए ।
- मंसापुरका लागि धिरज मण्डल १९ र सुबोध मण्डल ११ बाहेक कुनै खेलाडिले दोहोरो अंक छुन सकेका थिएन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया