दैनिक समाचारदाता
राजविराज, १५ साउन ।
अनियमितता सम्बन्धी समाचार लेखेकै कारण पत्रकार नवीनकुमार गुप्तालाई गालीगलौज, अभद्र व्यवहारका साथै ज्यान मार्ने धम्की आएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष, नेपाल प्रेस युनियन सप्तरीका उपाध्यक्ष, फोटो पत्रकार संघ सप्तरीका उपाध्यक्ष समेत रहेका पत्रकार गुप्तालाई सप्तरीको महादेवा गाउँपालिका निवासी अभिशेक मण्डलले यस्तो धम्की दिएका हुन् ।
राजविराजबाट प्रकाशित हुने राजविराज दैनिकका प्रकाशक तथा समाचार संयोजक रहेका गुप्ताले साउन ११ गते उक्त पत्रिकामा “महादेवा गाउँपालिकामा कामै नगरि करोडौंको भुक्तानी” शिर्षक राखी अनियमितता सम्बन्धी समाचार लेखेका थिए । आफ्नो नाम पत्रिकामा कीन छापेको भन्दै सोमबार राती ९ बजेतिर ९८१५७७६६८८ नम्बरको मोबाइलबाट गालीगलौजसहित मण्डलले आफूलाई ज्यान मार्ने धम्की दिएको पत्रकार गुप्ताले बताए ।
उनले मोबाइलमार्फत मण्डलले गरेको गालीगलौज तथा धम्कीको पूर्णअंश रेकर्डसमेत गरेका छन् । गाउँपालिकाद्वारा भइरहेको विभिन्न निर्माण कार्यमा पेटीदारको रुपमा काम गर्ने व्यक्ति रहेको मण्डल गाउँपालिकाका अध्यक्ष सुनिल मण्डलका नातेदारसमेत रहेको बुझिएको छ ।
यसैबीच समाचारको विषय लिएर पत्रकारलाई फोनमार्फत गालीगलौज र धम्क्याउने व्यक्तिलाई तत्काल पक्राउ गरि कारवाही गर्न नेपाल पत्रकार महासंघ सप्तरी शाखाले स्थानीय प्रशासनसँग माग गरेको छ ।
मंगलबार शाखा सभापति श्रवणकुमार देव, सचिव रामनारायण विश्वास, सहसचिव गोपालप्रसाद गुप्ता, सदस्यद्वय विद्यानन्द राम र कृष्णकुमार मण्डलसहितको टोली जिल्ला प्रहरी कार्यालय पुगेर पत्रकार धम्क्याउने मण्डललाई अविलम्ब पक्राउ र कारवाहीको माग गर्दै निवदेन दिएको छ ।
निवदेनमा समाचारको विषयमा चित्त नबुझे उजुरी गर्ने विभिन्न निकाय हुँदा हुँदै फोनमार्फ धम्की दिने गैरकानुनी काम भएको भन्दै कानुन हातमा लिने मण्डलमाथी अविलम्ब कानुनी कारवाही नगरिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।
निवेदन बुझ्दै प्रहरी प्रमुख गजुसिद्धि बज्राचार्यले दोषिलाई अविलम्ब पक्राउ गरि कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको सभापति देवले बताए ।
यसैबीच मंगलबारै प्रेस युनियन सप्तरीका सहसचिव परिष कर्ण, नेपाल फोटो पत्रकार संघ सप्तरीका अध्यक्ष मनोजकुमार माझी तथा प्रेस सेन्टर सप्तरीका अध्यक्ष दिनानाथ यादवले छुट्टाछुट्टै प्रेस विज्ञप्ति मार्फत उक्त घटनाको घोर निन्दा गर्दै दोषि मण्डललाई अविलम्ब कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
अनियमितता सम्बन्धी समाचार लेखेकै कारण पत्रकार गुप्तालाई धम्की, धम्क्याउने व्यक्तिलाई पक्राउ गर्न महासंघद्वारा प्रहरीमा निवेदन
सारांश
- नेपाल पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष, नेपाल प्रेस युनियन सप्तरीका उपाध्यक्ष, फोटो पत्रकार संघ सप्तरीका उपाध्यक्ष समेत रहेका पत्रकार गुप्तालाई सप्तरीको महादेवा गाउँपालिका निवासी अभिशेक मण्डलले यस्तो धम्की दिएका हुन् ।
- राजविराजबाट प्रकाशित हुने राजविराज दैनिकका प्रकाशक तथा समाचार संयोजक रहेका गुप्ताले साउन ११ गते उक्त पत्रिकामा “महादेवा गाउँपालिकामा कामै नगरि करोडौंको भुक्तानी” शिर्षक राखी अनियमितता सम्बन्धी समाचार लेखेका थिए ।
- आफ्नो नाम पत्रिकामा कीन छापेको भन्दै सोमबार राती ९ बजेतिर ९८१५७७६६८८ नम्बरको मोबाइलबाट गालीगलौजसहित मण्डलले आफूलाई ज्यान मार्ने धम्की दिएको पत्रकार गुप्ताले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया