दैनिक समाचारदाता
राजविराज, ३ असार ।
मंगलबार बिहान ४ बजे आएको वर्षासँगै हावाहुरीका कारण सप्तरीमा लाखौ मूल्य बराबरको क्षति भएको छ ।
हावाहुरीका कारण सवारी साधन, इँटाभट्टा, बिजुलीका तार र पोलमा क्षति हुनुका साथै सर्वसाधारणका घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार जिल्लाको शम्भुनाथ नगरपालिका ५ कठौना बजारमा ना ५ ख ५९५१ नम्बरको ट्रकमा बिजुलीको पोल ढल्दा क्षति पुगेको छ ।
त्यस्तै हावाहुरीका कारण विद्युतमा मात्रै ३५ लाखको क्षति भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजले जनाएको छ ।
जिल्लाका विभिन्न स्थानमा ३० वटा पोल ढलेको र तार चुँडिएको बिद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख चन्द्रनारायण साहले जानकारी दिएका छन् ।
यता अवरुद्ध भएको बिजुली सुचारु गराउने कार्य जारी रहेको जानकारी दिदै तार, पोलसँगै अधिकांश ठाउँमा ट्रान्सफर्मरमा पनि क्षति भएको उनले बताए । हावाहुरीका कारण अवरुद्ध भएको मेन लाइन (११ हजार भोल्ट) सञ्चालनमा आइसकेको र अन्य ठाउँमा पनि विद्युत सुचारु गराउने प्रयास भइरहेको प्रमुख साहको भनाई छ ।
बिद्युतको तार चुँडिएका ठाउँमा बिजुली सञ्चालनको कार्य जारी राख्दै पोल लडेका र भाँचिएका ठाउँमा भोलिसम्म जिल्ला भारिमा बिद्यूत सुचारु गरि सक्ने उहाँले आशोसन दिनुभयो ।
यस्तै खडक तथा शम्भुनाथ नगरपालिकामा हावाहुरीले सर्वसाधारणको घर भत्काउँदा करिब १० लाख मूल्य बराबरको क्षति भएको छ ।
यसैबिच जिल्लाको अन्य ठाउँमा हावाहुरीका कारण भएको क्षतिको विवरण संकलन कार्य जारी रहेकाले थप परिमाण आउन बाँकी रहेको जिप्रका सप्तरीले जनाएको छ ।
हावाहुरीका कारण लाखांै मूल्य बराबरको क्षति
सारांश
- हावाहुरीका कारण सवारी साधन, इँटाभट्टा, बिजुलीका तार र पोलमा क्षति हुनुका साथै सर्वसाधारणका घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- प्रहरीका अनुसार जिल्लाको शम्भुनाथ नगरपालिका ५ कठौना बजारमा ना ५ ख ५९५१ नम्बरको ट्रकमा बिजुलीको पोल ढल्दा क्षति पुगेको छ ।
- त्यस्तै हावाहुरीका कारण विद्युतमा मात्रै ३५ लाखको क्षति भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया