तिलाठीका १९ बाढी प्रभावित परिवारलाई राहत बितरण

दैनिक संवाददाता दैनिक संवाददाता
|
सोमबार, आश्विन १२, २०८३
|
|
६८ पटक हेरिएको
Shares
तिलाठीका १९ बाढी प्रभावित परिवारलाई राहत बितरण

सारांश

  • गाउँपालिकाको विपद् व्यवस्थापन अधिकृत राजेश झाका अनुसार बाढी प्रभावित परिवारलाई आइतबार खाद्यान्न तथा गैरखाद्य सामग्री राहत वितरण गरिएको हो ।
  • वडा नं.
  • ४ र वडा नं.
दैनिक समाचारदाता
राजविराज, ११ असोज । 
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ र ५ स्थित टिकुलीका बाढी प्रभावित १९ परिवारलाई गाउँपालिकाले राहत बितरण गरेको छ ।
गाउँपालिकाको विपद् व्यवस्थापन अधिकृत राजेश झाका अनुसार बाढी प्रभावित परिवारलाई आइतबार खाद्यान्न तथा गैरखाद्य सामग्री राहत वितरण गरिएको हो ।
वडा नं. ४ र वडा नं. ५ का गरी १९ परिवारलाई गाउँपालिकाबाट राहत वितरण गरिएको हो । प्रति परिवार २५ किलो चामल, २ किलो दाल, १ किलो नुन, १ लिटर खानेतेल, भुजिया ५ सय ग्राम, त्रिपाल एक थान, झुल एक थान, कम्बल एक थान, पाँच वटा चाउचाउ लगायतको सामानहरु वितरण गरिएको हो ।
सो अवसरमा गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डल, वडा नं. ४ का वडा अध्यक्ष मुनिलाल मुखिया, विपद ब्यवस्थापन अधिकृत राजेश कुमार झासहितकाले राहत सामग्री वितरण गरे ।
यसैगरी कोकाकोला फाउन्डेशन र प्रोस्पर ग्लोबल नेपालको सहयोगमा जन चेतना अभियान नेपालद्वारा गैर खाद्य सामग्री वितरण गरेको छ । नेपालमा पूर्वानुमानमा आधारित पूर्व कार्य सुदृढिकरण परियोजना अन्तर्गत जनचेतना अभियान नेपालले झुल, टर्चलाइट, त्रिपाल, नाइलनको डोरी, खाना पकाउने भाँडाकुडा लगायतको सामग्री वितरण गरेको संस्थाका कार्यक्रम संयोजक लक्ष्मण खत्रीले जानकारी दिए ।
तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ४ का बौवालाल खंग, हरिलाल खंग, बद्री खंग, रजिया देवी खंग, सुकराती खंग, चुनाई खंग, लक्ष्मण खंग, राजकुमार खंग, धर्मी खंग, जलेश्वर मुखिया, अखिलेश मुखिया र वडा नं. ५ का भरत मण्डल, महेश साह, सियाराम मुखिया, गंगाराम मुखिया, मनटुन मुखिया तथा बेचु मुखिया, भागवत खंग र ब्रह्मदेव खंगको परिवार गरी १९ परिवारका ८९ जना बाढीबाट प्रभावित भएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विवाहमा नाच्दै गर्दा जेनेरेटरको फ्यानमा कपाल फँसेर गम्भिर घाईते
विवाहमा नाच्दै गर्दा जेनेरेटरको फ्यानमा कपाल फँसेर गम्भिर घाईते
जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
पत्रकारिता क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन आवश्यक सबै पहल थालिएको छ ः प्रेस काउन्सिल अध्यक्ष बस्नेत
पत्रकारिता क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन आवश्यक सबै पहल थालिएको छ ः प्रेस काउन्सिल अध्यक्ष बस्नेत
अहिले पनि मधेश संघर्षरत छ ः प्रदेश सांसद सुमन
अहिले पनि मधेश संघर्षरत छ ः प्रदेश सांसद सुमन
गैरसरकारी तथा निजी क्षेत्रको सहभागिता  बिना प्रदेश समृद्व हुनसक्दैन ः मन्त्री साह  
गैरसरकारी तथा निजी क्षेत्रको सहभागिता  बिना प्रदेश समृद्व हुनसक्दैन ः मन्त्री साह  
युनियनको स्थापना दिवसमा मैनवत्ति प्रज्वलन
युनियनको स्थापना दिवसमा मैनवत्ति प्रज्वलन
पुस १ देखी ५ सम्म विद्युत महसुल काउन्टर बन्द रहने
पुस १ देखी ५ सम्म विद्युत महसुल काउन्टर बन्द रहने
जिल्ला बार एकाईमा डोमन साहको प्यानल बिजयी 
जिल्ला बार एकाईमा डोमन साहको प्यानल बिजयी 
घुस लिएको आरोपमा मुद्दा  फाँटका प्रमुख ठाकुर पक्राउ
घुस लिएको आरोपमा मुद्दा  फाँटका प्रमुख ठाकुर पक्राउ
वडा अध्यक्षले मनपरी ढंगले काम गरे : वडा सदस्यहरु
वडा अध्यक्षले मनपरी ढंगले काम गरे : वडा सदस्यहरु

छुटाउनुभयो कि ?