तिलाठीका १९ बाढी प्रभावित परिवारलाई राहत बितरण

दैनिक संवाददाता दैनिक संवाददाता
|
सोमबार, आश्विन १२, २०८३
|
|
८ पटक हेरिएको
Shares
तिलाठीका १९ बाढी प्रभावित परिवारलाई राहत बितरण

सारांश

  • गाउँपालिकाको विपद् व्यवस्थापन अधिकृत राजेश झाका अनुसार बाढी प्रभावित परिवारलाई आइतबार खाद्यान्न तथा गैरखाद्य सामग्री राहत वितरण गरिएको हो ।
  • वडा नं.
  • ४ र वडा नं.
दैनिक समाचारदाता
राजविराज, ११ असोज । 
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ र ५ स्थित टिकुलीका बाढी प्रभावित १९ परिवारलाई गाउँपालिकाले राहत बितरण गरेको छ ।
गाउँपालिकाको विपद् व्यवस्थापन अधिकृत राजेश झाका अनुसार बाढी प्रभावित परिवारलाई आइतबार खाद्यान्न तथा गैरखाद्य सामग्री राहत वितरण गरिएको हो ।
वडा नं. ४ र वडा नं. ५ का गरी १९ परिवारलाई गाउँपालिकाबाट राहत वितरण गरिएको हो । प्रति परिवार २५ किलो चामल, २ किलो दाल, १ किलो नुन, १ लिटर खानेतेल, भुजिया ५ सय ग्राम, त्रिपाल एक थान, झुल एक थान, कम्बल एक थान, पाँच वटा चाउचाउ लगायतको सामानहरु वितरण गरिएको हो ।
सो अवसरमा गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डल, वडा नं. ४ का वडा अध्यक्ष मुनिलाल मुखिया, विपद ब्यवस्थापन अधिकृत राजेश कुमार झासहितकाले राहत सामग्री वितरण गरे ।
यसैगरी कोकाकोला फाउन्डेशन र प्रोस्पर ग्लोबल नेपालको सहयोगमा जन चेतना अभियान नेपालद्वारा गैर खाद्य सामग्री वितरण गरेको छ । नेपालमा पूर्वानुमानमा आधारित पूर्व कार्य सुदृढिकरण परियोजना अन्तर्गत जनचेतना अभियान नेपालले झुल, टर्चलाइट, त्रिपाल, नाइलनको डोरी, खाना पकाउने भाँडाकुडा लगायतको सामग्री वितरण गरेको संस्थाका कार्यक्रम संयोजक लक्ष्मण खत्रीले जानकारी दिए ।
तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ४ का बौवालाल खंग, हरिलाल खंग, बद्री खंग, रजिया देवी खंग, सुकराती खंग, चुनाई खंग, लक्ष्मण खंग, राजकुमार खंग, धर्मी खंग, जलेश्वर मुखिया, अखिलेश मुखिया र वडा नं. ५ का भरत मण्डल, महेश साह, सियाराम मुखिया, गंगाराम मुखिया, मनटुन मुखिया तथा बेचु मुखिया, भागवत खंग र ब्रह्मदेव खंगको परिवार गरी १९ परिवारका ८९ जना बाढीबाट प्रभावित भएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी  गाउँपालिकामा बाढीका कारण पाँच सय भन्दा बढी घर डुवानमा

हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी  गाउँपालिकामा बाढीका कारण पाँच सय भन्दा बढी घर डुवानमा

बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको उद्धार टोली

बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको उद्धार टोली

हात्ती हिड्ने बाटोमा मानवबस्ती बिस्तार भएकाले बस्ती जोखिममा ः आरक्ष निमित्त प्रमुख सिवाकोटी

हात्ती हिड्ने बाटोमा मानवबस्ती बिस्तार भएकाले बस्ती जोखिममा ः आरक्ष निमित्त प्रमुख सिवाकोटी

सबै भन्दा बढी पत्रपत्रिका प्रकाशन हुने  जिल्ला काठमाडौंपछी सप्तरी दोश्रो

सबै भन्दा बढी पत्रपत्रिका प्रकाशन हुने  जिल्ला काठमाडौंपछी सप्तरी दोश्रो

आमसञ्चार प्राधिकारण मधेशबाटै एफएम रेडियो तथा टेलिभिजनको दर्ता, नवीकरणलगायतका कार्य हुने 

आमसञ्चार प्राधिकारण मधेशबाटै एफएम रेडियो तथा टेलिभिजनको दर्ता, नवीकरणलगायतका कार्य हुने 

अध्यक्षमा दोहोरिए लालु, सप्तरी उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

अध्यक्षमा दोहोरिए लालु, सप्तरी उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

सप्तरीका चारसहित आठ जना लागूऔषध खैरो हेरोइनसहित पक्राउ 

सप्तरीका चारसहित आठ जना लागूऔषध खैरो हेरोइनसहित पक्राउ 

पोखरी संरक्षण तथा सौन्दर्यीकरणको काम अघि बढ्दै

पोखरी संरक्षण तथा सौन्दर्यीकरणको काम अघि बढ्दै