बजार बन्द गराउँदै सप्तरीका उधोगी व्यवसायी सडकमा

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक २१, २०८२
|
|
४८ पटक हेरिएको
Shares
बजार बन्द गराउँदै सप्तरीका उधोगी व्यवसायी सडकमा

सारांश

  •     विहान १० बजेदेखी जिल्लाका प्रमुख बाजारमा भेला भएका उनीहरुले ठाउँ ठाउँमा टायर बालेर प्रर्दशन समेत गरेका छन ।
  •       ७२ हजार भन्दा बढी करदातालाई लक्षित गरी २०७५ सालमा स्थापना भएको राजविराजस्थित करदाता सेवा कार्यालयसँगै अन्य ३७ वटा त्यस्ता कार्यालय सरकारले खारेज गरेको छ ।
  • सरकारको उक्त निर्णयको बिरोध गर्दै आन्दोलनमा उत्रनु परको सप्तरी उधोग बाणिज्य संघका महासचिव अमृत संचेतीको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक ।

    करदाता सेवा कार्यालय खारेजको बिरोध गर्दै सडक संघर्षमा उत्रेका सप्तरीका उधोगी व्यवसायीले शुक्रवार राजविराजस्थित जिल्लाका प्रमुख बजार बन्द गराएका छन । 
    विहान १० बजेदेखी जिल्लाका प्रमुख बाजारमा भेला भएका उनीहरुले ठाउँ ठाउँमा टायर बालेर प्रर्दशन समेत गरेका छन । 
    ७२ हजार भन्दा बढी करदातालाई लक्षित गरी २०७५ सालमा स्थापना भएको राजविराजस्थित करदाता सेवा कार्यालयसँगै अन्य ३७ वटा त्यस्ता कार्यालय सरकारले खारेज गरेको छ । सरकारको उक्त निर्णयको बिरोध गर्दै आन्दोलनमा उत्रनु परको सप्तरी उधोग बाणिज्य संघका महासचिव अमृत संचेतीको भनाई छ । 
    “नेपाल सरकारले तोकेको लक्ष्य भन्दा बढी राजश्व संकलन गरिरहेको अवस्थामा यहाँबाट उक्त कार्यालय हटाउनु आश्चर्यको विषय हो, महासचिव संचेतीले भने–यहाँका उधोगी व्यवसायीलाई मारमा पर्ने गरी गरिएको निर्णय सच्याइयोस होइन भने थप सशक्त आन्दोलनका कार्यक्रमहरु अघि बढाइने छ ।”
    मन्त्री परिषदको मिति २०८२ साल कार्तिक १७ गतेको बैठकबाट राजविराजस्थित उक्त कार्यालय सिरहाको लहानस्थित आन्तरिक राजश्व कार्यालयमा गाभ्ने निर्णय भएको उनको भनाई छ । सरकारको नीति अनुसार लक्ष्य भन्दा बढी झण्डै वार्षिक १ सय करोड रुपैया राजश्व संकलन गरिरहेको अवस्थामा पनि उधोगी व्यवसायीलाई अनावश्यक दुःख दिने नियतले कार्यालय सार्न लागिएको उधोगी व्यवसायीको आरोप छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?