दैनिक समाचारदाता
राजविराज, १६ मंसिर ।
समुदायमा जनचेतना अभिबृद्वि गर्ने उद्देश्यले फर्सैठ युवा क्लवले फर्सैठमा सरसफाईको आयोजना गरेको छ ।
राजबिराज वडा नं. ११ का वडा अध्यक्ष संजय कुमार यादबको उपस्थिति तथा फर्सैठ युवा क्लवको आयोजनामा फर्सैठको विभिन्न टोल र बस्तीमा सरसफाई गरिएको हो ।
दर्जनौ युवाहरूले सडक पेटी र वाटो, घाटोमा थुपारिएको फोहोरको डंगुरको सरसफाई गरेका छन् भने बस्तीमा स्थानिय घरपेटीहरूलाई फोहोरको ब्यबस्थापन गर्नका लागि सचेत गराएको स्थानिय तथा राजबिराज नगरपालिकाका लेखा अधिकृत उमाशंकर यादबले जानकारी दिए ।
युवाहरूले फर्सैठ टोलको विभिन्न बस्ती र टोलको गल्लीहरूमा सरसफाई गर्दै स्थानियहरूलाई सरसफाई गर्न चेतना फैलाउदै सरसफाई गरी गाउको बस्तीलाई सुन्दर, स्वच्छ वातावरण निर्माण गर्न आग्रह गरेको युवा क्लवका अध्यक्ष ध्रुव कुमार देवले बताए ।
यता फर्सैठ युवा क्लव पहलमा स्थानिय आधारभुत बिद्यालय फर्सैठको बिकासका लागी स्थानियवासी बिजय देवले आप्mनो आमा स्व. देवी देवको सम्झनामा १ लाख १ हजार १ सय ११ रूपैयाको अक्षय कोष स्थापना गर्ने घोषणा गरेको स्थानिय तथा राजबिराज नगरपालिका शिक्षा प्रमुख भोगेन्द्र यादबले जानकारी दिए ।
गत बर्ष फर्सैठ युवा क्लवले स्थानिय आधारभुत बिद्यालय फर्सैठमा पुस्तकालय स्थापनाका लागि १ लाख बरावरको फर्निचर, खेलकुद, तथा समान्य ज्ञानका कितावहरू सहयोग गरेको थियो । सरसफाईको लागि वडा अध्यक्ष संजय यादबले डस्टबिन, लगायतका सरसफाईका लागि सामग्री हस्तान्तरण गरेका थिए ।
फर्सैठ युवा क्लव स्थापना पश्चात् विभिन्न प्रकारका जनचेतना फैलाउने उद्देश्यले समुदायको बिकास सँगै सँगै स्वास्थ, शिक्षा र स्वरोजगारमा तर्फ अग्रसर भएका छन ।
जनचेतना फैलाउदै फर्सैठ युवा क्लवद्वारा सरसफाई
सारांश
- राजबिराज वडा नं.
- ११ का वडा अध्यक्ष संजय कुमार यादबको उपस्थिति तथा फर्सैठ युवा क्लवको आयोजनामा फर्सैठको विभिन्न टोल र बस्तीमा सरसफाई गरिएको हो ।
- दर्जनौ युवाहरूले सडक पेटी र वाटो, घाटोमा थुपारिएको फोहोरको डंगुरको सरसफाई गरेका छन् भने बस्तीमा स्थानिय घरपेटीहरूलाई फोहोरको ब्यबस्थापन गर्नका लागि सचेत गराएको स्थानिय तथा राजबिराज नगरपालिकाका लेखा अधिकृत उमाशंकर यादबले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया