दैनिक समाचारदाता
राजविराज, २८ चैत ।
नेपाली सेनाले बिपद्को अबधारणा, ब्यबस्थापन तथा आत्मरक्षा, प्रतिकार्य, कृतिम अभ्यास, र खोज तथा उद्वार समुदायमा अधारित प्रतिकार्य वारेमा चार दिने तालिमको आयोजना गरेको छ ।
राजविराजस्थित नेपाली सेनाको भिम दल गणको आयोजनामा तथा राजबिराज नगरपालिका, तिलाठी कोईलाडी, बिष्णुपुर गाँउपालिका, रूपनी गाँउपालिका, छिन्नमस्ता गाँउपालिका, केभिएस, सबल नेपालको संयोजनमा दैबिक प्रकोप तथा बिपद् ब्यबस्थापन तालिकमको आयोजना गरिएको हो ।
नेपाली सेनाले बिपद् जोखिम न्युनिकरण राष्ट्रिय रणनीति कार्ययोजना अनुसार समुदायमा अधारित बिपद् जोखिम न्युनिकरण प्रबद्र्धन अन्तर्गत स्थानिय बिपद् प्रतिकार्य, खोज तथा उद्वार टोलीको गठनका लागि तालिमको आयोजना गरिएको भिमदल गणका समन्वय अधिकृत सहसेनानी उमेश न्योपानेले जानकारी दिए ।
समुदायमा अधारित तालिम प्राप्त पुर्व अभ्यास क्रियाशिल स्वयमंसेवकहरूको प्रथम उद्वारक संयन्त्रको बिकास र क्षमता अभिबृद्वि गर्ने उद्देश्यले समुदाय बिपद् प्रतिकार्य योजना बमोजिम कार्यक्रमको आयोजना गरिएको हो ।
दैबिक प्रकोप तथा बिपद् ब्यबस्थापन सम्बन्धमा गरिएको तालिममा, नदिमा आउने बाढी, आक्समिक बाढी, सम्मिश्रति बाढी, बाढी उद्वारमा साबधानी, बाढीको कारण उत्पन हुने प्रकोप सम्बन्धी सर्तक हुनका लागि प्रयोगात्मक प्रशिक्षण तथा कृतिम अभ्यास समेत गरिएको छ ।
पानीको गहिराई र बाढीमा हुनसक्ने आक्रमक जिवहरूबाट जोगिनका लागी, पानीको बेग, पानीको छाल र दिशा, पानीको तामक्रम, पानी घुमेको स्थान उद्वारको तरिका वारेमा सहजिकरण गरिएको भिम दल गणका क्यापटेन अमर बहादुर थापाले जानकारी दिए ।
रिच, रो, स्वमिंग, र टुविंग गरेर उद्वारमा सुरक्षित तरिका अपनाउन पर्ने विधि, बाढीमा डुबेको मानिस देख्ने बितिकै उपयुक्त तरिकाले तुरून्त पानीवाट बाहिर निकाली, कपडा निकाल्ने, खुकुलो पार्ने,, कृतिम श्वास दिने, होसमा आएपछि झोल खुवाउने, जस्ता तरिका वारेमा सहजिकरण गरेको भिम दलका प्रकाश क्षेत्री जानकारी दिए ।
उक्त तालिममा मध्यपृतना धारापानी धनुषा नेपाली सेना बिपद ब्यबस्थापन रेसक्यु मोवाईल टोलीका जमदार प्रकाश बसौला क्षेत्री, अमलदार नरबहादुर मगर,सिपाही डम्वर घर्ती, संतोष बहादुर सिंहले सहजिकरण गरेको थियो ।
सो तालिममा गाउपालिका तथा नगरपालिकाको बिपद् ब्यबस्थापन समितिका सदस्य तथा बिपद क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सेनाले बिपद् ब्यबस्थापन बारे पूर्वअभ्यास गराउँदै
सारांश
- राजविराजस्थित नेपाली सेनाको भिम दल गणको आयोजनामा तथा राजबिराज नगरपालिका, तिलाठी कोईलाडी, बिष्णुपुर गाँउपालिका, रूपनी गाँउपालिका, छिन्नमस्ता गाँउपालिका, केभिएस, सबल नेपालको संयोजनमा दैबिक प्रकोप तथा बिपद् ब्यबस्थापन तालिकमको आयोजना गरिएको हो ।
- नेपाली सेनाले बिपद् जोखिम न्युनिकरण राष्ट्रिय रणनीति कार्ययोजना अनुसार समुदायमा अधारित बिपद् जोखिम न्युनिकरण प्रबद्र्धन अन्तर्गत स्थानिय बिपद् प्रतिकार्य, खोज तथा उद्वार टोलीको गठनका लागि तालिमको आयोजना गरिएको भिमदल गणका समन्वय अधिकृत सहसेनानी उमेश न्योपानेले जानकारी दिए ।
- समुदायमा अधारित तालिम प्राप्त पुर्व अभ्यास क्रियाशिल स्वयमंसेवकहरूको प्रथम उद्वारक संयन्त्रको बिकास र क्षमता अभिबृद्वि गर्ने उद्देश्यले समुदाय बिपद् प्रतिकार्य योजना बमोजिम कार्यक्रमको आयोजना गरिएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया