दैनिक समाचारदाता
राजविराज, १२ फागुन ।
प्रतिनिधिसभा पुर्नस्थापना गरेको खुशियालीमा बुधबार जनता समाजवादी पार्टी नेपाल सप्तरीले राजविराजमा अबिरयात्राका साथ बिजयी जुलुस निकालेको छ । जुलुसमा सहभागिहरुले एकआपसमा रंग अबिर समेत दलेका थिए ।
सर्वोच्च अदालतको फैसलाले जनताको जित भएको भन्दै उल्लसाका साथ निकालिएको जुलुसमा प्रधानमन्त्री केपी ओलीको राजिनामा माग समेत गरिएको छ ।
नगर परिक्रमापछि जनआन्दोलन चौकमा पुगेर आयोजित सभामा राष्ट्रियसभाका सदस्य तथा जनता समाजवादी पार्टीका नेता मृगेन्द्र कुमार सिंह यादवले प्रधानमन्त्रीले चालेको असंबैधानिक कदमलाई अदालतले उल्टाइदिएपछि लोकतन्त्रको रक्षा भएको र मुलुक सम्भावित दुर्घटनाबाट जोगिएको बताए ।
त्यस्तै कार्यक्रममा सोही पार्टीकी नेतृ रेणु यादवले अदालतको फैसलाले विधीको शासन स्थापना भएको भन्दै सोहीको खुशियालीमा बिजयी जुलुस निकालिएको बताईन् ।
जसपा नेता सुनिल झाको अध्यक्षतामा आयोजित सभालाई प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरी, प्रदेशसभा सदस्य मनिष सुमन, केन्द्रिय सदस्य अशोक यादव, यूवा नेता बिनोद यादव लगायतले पनि संबोधन गर्दै अदालतको निर्णयको स्वागत गर्दै प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा अविलम्ब राजिनामा गर्नुपर्ने माग गरेका थिए ।
संसद पुर्नस्थापनको खुशियालीमा जसपाले निकाल्यो बिजयी जुलुस
सारांश
- सर्वोच्च अदालतको फैसलाले जनताको जित भएको भन्दै उल्लसाका साथ निकालिएको जुलुसमा प्रधानमन्त्री केपी ओलीको राजिनामा माग समेत गरिएको छ ।
- नगर परिक्रमापछि जनआन्दोलन चौकमा पुगेर आयोजित सभामा राष्ट्रियसभाका सदस्य तथा जनता समाजवादी पार्टीका नेता मृगेन्द्र कुमार सिंह यादवले प्रधानमन्त्रीले चालेको असंबैधानिक कदमलाई अदालतले उल्टाइदिएपछि लोकतन्त्रको रक्षा भएको र मुलुक सम्भावित दुर्घटनाबाट जोगिएको बताए ।
- त्यस्तै कार्यक्रममा सोही पार्टीकी नेतृ रेणु यादवले अदालतको फैसलाले विधीको शासन स्थापना भएको भन्दै सोहीको खुशियालीमा बिजयी जुलुस निकालिएको बताईन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया