दैनिक समाचारदाता
राजविराज, २६ असोज ।
दिगो समाजिक बिकासका लागि बिपत उत्थानशिलता क्षेत्रमा कार्य गर्दै आएको कोशी पीडित समाजले २०औ बार्षिक साधारण सभा शुक्रबार सम्पन्न गरेको छ ।
राजबिराजमा आयोजित सभामा संस्थाका सुकदेव चौधरीले जिल्ला बाढी, बिपतवाट प्रभाबित क्षेत्र हनुमाननगर कंकालनी नगरपालिका, सप्तकोशी, कंचनरूप नगरपालिका, तिलाठीकोईलाडी गाउपालिका सहित पालिकाहरूमा बिपत ब्यबस्था प्रतिकार्य, जोखिम न्युनिकरण, खोज उद्वार क्षेत्रमा तथा स्वरोजगार र उधमशिलताका लागि कार्य गर्दै आएको बार्षिक प्रतिवेदन प्रस्तुत गरे ।
संस्थाले बाढी प्रभाबित क्षेत्रका स्थानियवासीहरूलाई स्वरोजगार गरी आयआर्जन गर्न कृषकहरूलाई बिउबिजन, कृषि तालिम, सिचाई ब्यबस्थापनमा सहयोग गरेपछि तरकारी खेती तर्फ आक्रसित हुँदै गएको संस्थाका निर्देशक देव नारायण यादबले जानकारी दिए ।
बार्षिक साधारण सभामा मधेश प्रदेश सरकारका अर्थ तथा योजना समितिका सभापति सतिश कुमार सिंह, सेभ द सप्तरीका अध्यक्ष ध्रुव देव, राजबिराज वडा ३ का सदस्य बिरेन्द्र कुमार साह, समाजसेवी देवनारायण यादब, दाजुभाई ईट्टा ब्यवसायी राजकुमार चौधरी, हनुमानगर नगरपालिका १ का कृषक रामकुमार यादब, शिव बहादुर सुवेदी, नागरिक मंचका संयोजक रामचन्द्र खंग, पत्रकार चन्दन यादब लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
सप्तरी कार्यक्षेत्र बनाउदै समुन्नत समाजको परिकल्पना गर्दै बहुआयमिक क्षेत्रमा संस्था विगत २० वर्षदेखी निरन्तर क्रियाशिल रहदै आएको छ ।
कोशी पीडित समाजको २०औं साधारण सभा सम्पन्न
सारांश
- राजबिराजमा आयोजित सभामा संस्थाका सुकदेव चौधरीले जिल्ला बाढी, बिपतवाट प्रभाबित क्षेत्र हनुमाननगर कंकालनी नगरपालिका, सप्तकोशी, कंचनरूप नगरपालिका, तिलाठीकोईलाडी गाउपालिका सहित पालिकाहरूमा बिपत ब्यबस्था प्रतिकार्य, जोखिम न्युनिकरण, खोज उद्वार क्षेत्रमा तथा स्वरोजगार र उधमशिलताका लागि कार्य गर्दै आएको बार्षिक प्रतिवेदन प्रस्तुत गरे ।
- संस्थाले बाढी प्रभाबित क्षेत्रका स्थानियवासीहरूलाई स्वरोजगार गरी आयआर्जन गर्न कृषकहरूलाई बिउबिजन, कृषि तालिम, सिचाई ब्यबस्थापनमा सहयोग गरेपछि तरकारी खेती तर्फ आक्रसित हुँदै गएको संस्थाका निर्देशक देव नारायण यादबले जानकारी दिए ।
- बार्षिक साधारण सभामा मधेश प्रदेश सरकारका अर्थ तथा योजना समितिका सभापति सतिश कुमार सिंह, सेभ द सप्तरीका अध्यक्ष ध्रुव देव, राजबिराज वडा ३ का सदस्य बिरेन्द्र कुमार साह, समाजसेवी देवनारायण यादब, दाजुभाई ईट्टा ब्यवसायी राजकुमार चौधरी, हनुमानगर नगरपालिका १ का कृषक रामकुमार यादब, शिव बहादुर सुवेदी, नागरिक मंचका संयोजक रामचन्द्र खंग, पत्रकार चन्दन यादब लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया