नगरपालिकाको हुकुमी उर्दीप्रति पत्रकार महासंघद्वारा भत्र्सना

राजविराज राजविराज
|
बुधबार, माघ २५, २०७९
|
|
३३ पटक हेरिएको
Shares
नगरपालिकाको हुकुमी उर्दीप्रति पत्रकार महासंघद्वारा भत्र्सना

सारांश

  •     पत्रकारलाई विद्यालयको समाचार संकलन गर्ने क्रममा भिडियो नतान्ने, समाचार सम्प्रेषण गर्दा शिक्षा, यूवा तथा खेलकुद शाखासँग समन्वय गरी सुधारात्मक सुझावसहितको समाचार मात्र सम्प्रेषण गर्न भनिएको हुकुमी उर्दीप्रति गम्भिर ध्यानाकर्षण भएको हो ।
  • पत्रकार रामनाथ यादवको नाममा माघ २४ गते उपलब्ध गराएको पत्रमा उक्त कुरा उल्लेख गर्दै नगरपालिकाले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रयास गरेको  छ ।
  •       महासंघका सचिव रामनारायण विश्वासद्वारा जारि विज्ञप्तिमा समाचार संकलन तथा प्रकाशन र प्रशारण गर्न पत्रकार स्वतन्त्र भएको विश्वब्यापी सिद्धान्त र नेपाली कानूनलाई लत्याउँदै राजविराज नगरपालिकाका शाखा अधिकृत भोगेन्द्र यादवबाट पत्रकारको नाममा जारी भएको पत्र आफैंमा अशोभनिय रहेको उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, २४ माघ । 

    राजविराज नगरपालिका कार्यालयको हुकुमी उर्दीप्रति नेपाल पत्रकार महासंघ सप्तरीको गम्भिर ध्यानाकर्षण हुनुका साथै उक्त कार्यको घोर भत्र्सना गरेको छ । 
    पत्रकारलाई विद्यालयको समाचार संकलन गर्ने क्रममा भिडियो नतान्ने, समाचार सम्प्रेषण गर्दा शिक्षा, यूवा तथा खेलकुद शाखासँग समन्वय गरी सुधारात्मक सुझावसहितको समाचार मात्र सम्प्रेषण गर्न भनिएको हुकुमी उर्दीप्रति गम्भिर ध्यानाकर्षण भएको हो । पत्रकार रामनाथ यादवको नाममा माघ २४ गते उपलब्ध गराएको पत्रमा उक्त कुरा उल्लेख गर्दै नगरपालिकाले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रयास गरेको  छ । 
    महासंघका सचिव रामनारायण विश्वासद्वारा जारि विज्ञप्तिमा समाचार संकलन तथा प्रकाशन र प्रशारण गर्न पत्रकार स्वतन्त्र भएको विश्वब्यापी सिद्धान्त र नेपाली कानूनलाई लत्याउँदै राजविराज नगरपालिकाका शाखा अधिकृत भोगेन्द्र यादवबाट पत्रकारको नाममा जारी भएको पत्र आफैंमा अशोभनिय रहेको उल्लेख छ ।  
    जारि विज्ञप्तिमा, “पत्रकार रामनाथ यादवले माघ २३ गते राजविराज नगरपालिका अन्तर्गतका विद्यालयहरुको समाचार संकलन गर्न पुगेको बखत विद्यालय प्रशासनले नगरपालिकाबाट अनुमति लिएर मात्र आउन भनेपछि उनले नगरपालिका कार्यालयमा बुझ्न खोज्दा त्यहाँ पनि अनुमति लिनुपर्ने भनेको जिकिरले झन स्थानीय सरकारको कर्मचारी र जनप्रतिनिधिको रवैया छर्लंग भएको छ । त्यसैले राजविराज नगरपालिकाले स्वतन्त्र पत्रकारितालाई कुण्ठित बनाउने मनसायले गरेको यस किसिमको निर्णय सच्चयाउँदै पत्रकारलाई स्वतन्त्र तथा सहजरुपमा समाचार संकलनको वातावरण बनाउन हामी जोडदार माग गर्दछौं ।”

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?