अस्ताउँदो सूर्यलाई अर्घ

राजविराज राजविराज
|
बिहिबार, चैत्र २४, २०७८
|
|
३७ पटक हेरिएको
Shares
अस्ताउँदो सूर्यलाई अर्घ

सारांश

  •     राजविराजस्थित भगवती, कल्टु, तुरन्ती, पूर्णी लगायतका पोखरीमा सय भन्दा बढी बनाइएका छठ घाटमा ब्रतालुले सूर्यलाई अर्घ दिए ।
  •     यता कतिपय ब्रतालु अस्ताउँदो सूर्यलाई अर्घ दिन घरबाट घिस्रिएर पूजा घाटसम्म पुगेका थिए ।
  • सडकमा सुतेर हातले चिहनो लगाउँदै गरिने धार्मिक कार्यलाई दण्ड प्रणाम भनिन्छ ।

दैनिक समाचारदाता
राजविराज, २४ चैत । 
    चैती छठ पर्व अन्तरगत बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । सूर्यलाई अर्घ दिएर ब्रतालुले आफ्ना परिवारको सुख, समृद्धि, शान्ति र दिर्घायुको कामना गरेका छन् । 
    राजविराजस्थित भगवती, कल्टु, तुरन्ती, पूर्णी लगायतका पोखरीमा सय भन्दा बढी बनाइएका छठ घाटमा ब्रतालुले सूर्यलाई अर्घ दिए ।
    यता कतिपय ब्रतालु अस्ताउँदो सूर्यलाई अर्घ दिन घरबाट घिस्रिएर पूजा घाटसम्म पुगेका थिए । सडकमा सुतेर हातले चिहनो लगाउँदै गरिने धार्मिक कार्यलाई दण्ड प्रणाम भनिन्छ ।
    कात्तिक र चैत महिनामा छठ पर्व मनाइन्छ । कात्तिको छठ पर्वलाई मुख्य छठ पर्व मान्ने चलन रहेपनि केही वर्ष यता चैती छठ मान्नेको संख्या पनि बढ्दो छ । 
    चार दिवसीय चैती छठ पर्वको धार्मिक बिधी मंगलबार बाटै सुरु भएको थियो । जसअन्तरगत नहाई खाय, दोश्रो दिन उपवास बसेर राती सखरमा पकाइएको खिर खाएर खरना र तेश्रो दिन उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने पूजा बिधी सकिएको छ । चँैथो दिन शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर चैती छठ पर्व बिधीवत सम्पन्न हुनेछ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी 
मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी 
पशु फर्ममा आगलागि हुँदा २० गाईबाछा जले
पशु फर्ममा आगलागि हुँदा २० गाईबाछा जले
अन्य व्यक्तिसँगै राजविराज कारागारको जग्गा सेवानिवृत  कर्मचारीबाट पनि अतिक्रमण गरिएको खुलासा
अन्य व्यक्तिसँगै राजविराज कारागारको जग्गा सेवानिवृत  कर्मचारीबाट पनि अतिक्रमण गरिएको खुलासा
भन्सार छलेर ल्याउँदै गरिएको कपडा र  मोटरसाईकलसहित दुई जना प्रहरी नियन्त्रणमा
भन्सार छलेर ल्याउँदै गरिएको कपडा र  मोटरसाईकलसहित दुई जना प्रहरी नियन्त्रणमा
स्वार्थका लागि अन्यत्र गएकाहरुको  राजनीतिक भविष्य सुनिश्चित नरहने ः महतो
स्वार्थका लागि अन्यत्र गएकाहरुको  राजनीतिक भविष्य सुनिश्चित नरहने ः महतो
उपनिर्वाचन परिणामले देखाएका संकेत
एकै साथ विद्यार्थी राजनीति सुरु गरेका  दुई पार्टीका नेताहरु एउटै मञ्चमा
एकै साथ विद्यार्थी राजनीति सुरु गरेका दुई पार्टीका नेताहरु एउटै मञ्चमा
पोर्ताहामा पारा भेटेरिनरीद्वारा पशु स्वास्थ्य शिबिर
पोर्ताहामा पारा भेटेरिनरीद्वारा पशु स्वास्थ्य शिबिर
छिन्नमस्ता गापा ७ को वडा भवनको शिलान्यास
छिन्नमस्ता गापा ७ को वडा भवनको शिलान्यास
अति विपन्न कोभिड प्रभावित परिवारलाई राहत प्रदान
अति विपन्न कोभिड प्रभावित परिवारलाई राहत प्रदान