दैनिक समाचारदाता
राजविराज, २३ बैशाख ।
लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले केही साथीहरु मिशन र पार्टी छोडेर व्यक्तिगत स्वार्थका लागि अन्यत्र गएकोमा उनीहरुको राजनीतिक भविष्य सुनिश्चित नरहने बताएका छन् ।
शुक्रबार राजविराजमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले निहित स्वार्थका लागि पार्टी छोडेर गएकाहरुको राजनीतिक भविष्य दिगो नहुने उल्लेख गरे । उनले जनताका लागि गरिने मिशनको राजनीति नै टिकाउ हुने कुरा समेत बताए ।
मधेशवादका प्रणेता स्व.गजन्द्र नारायण सिंहका सच्चा अनुयायीको रुपमा रहेका इमान्दार, त्यागि र संघर्षशील कार्यकर्ता अहिले पनी आफूहरुकै साथमा रहेको उनको दाबी थियो । जनताको सेवा गर्न र मधेशवादका लागि संघर्ष गर्ने योद्धाहरुको तयारीमा आफूहरु लागिरहेको बताउँदै उनले केही व्यक्तिले स्वार्थका लागि पार्टी छोड्दैमा केही फरक नपर्ने उल्लेख गरे ।
विचार र सिद्धान्तलाई अंगिकार गरि अघि बढेकाहरुलाई निर्वाचनमा जिताउन कार्यकर्ताहरुलाई आग्रह गर्दै उनले आगामी निर्वाचनमा सप्तरीमा पनि आफूहरुको पक्षमा सकारात्मक चुनावी परिणाम आउने दाबी पनि गरे ।
गत स्थानिय निर्वाचनमा सप्तरीका १८ मध्ये ५ स्थानिय तहमा बिजयी हासिल गरेको तत्कालिन राजपा पार्टी हाल लोसपाले यस पटक भने तीन वटा स्थानिय तहमा उम्मेदवारी दिएको छैन् ।
स्वार्थका लागि अन्यत्र गएकाहरुको राजनीतिक भविष्य सुनिश्चित नरहने ः महतो
सारांश
- शुक्रबार राजविराजमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले निहित स्वार्थका लागि पार्टी छोडेर गएकाहरुको राजनीतिक भविष्य दिगो नहुने उल्लेख गरे ।
- उनले जनताका लागि गरिने मिशनको राजनीति नै टिकाउ हुने कुरा समेत बताए ।
- मधेशवादका प्रणेता स्व.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया