दैनिक समाचारदाता
राजविराज, ४ असार ।
सप्तरीको रुपनी गाउँपालिकामा भएको एक हत्याका आरोपित चारजनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
गत जेठ ६ गते सप्तरीको रुपनी गाउँपालिका १ का ५० वर्षिय रामदल यादवको खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा पक्राउ परेका चारजनालाई शुक्रबार पूर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
कारागार चलान हुनेहरुमा सोही वडा निवासी बिनय यादव, मनोज यादव, मुकेश यादव र खडग नगरपालिका ५ निवासी महेश पासवान छन् । सामान्य विवादमा खुकुरी प्रहरी गरि हत्या गरेको आरोपमा घटनाकै दिन पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया पश्चात् सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएपछि आदेशानुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
योसँगै चालु आर्थिक वर्षको हालसम्ममा विभिन्न अपराधका फरार अभियुक्तको पक्राउ पर्ने संख्या १ हजार ८ पुगेको प्रहरीले जनाएको छ ।
कुटपिट गरि हत्याका चार जना आरोपि पक्राउपछि कारागार चलान
सारांश
- गत जेठ ६ गते सप्तरीको रुपनी गाउँपालिका १ का ५० वर्षिय रामदल यादवको खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा पक्राउ परेका चारजनालाई शुक्रबार पूर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
- कारागार चलान हुनेहरुमा सोही वडा निवासी बिनय यादव, मनोज यादव, मुकेश यादव र खडग नगरपालिका ५ निवासी महेश पासवान छन् ।
- सामान्य विवादमा खुकुरी प्रहरी गरि हत्या गरेको आरोपमा घटनाकै दिन पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया पश्चात् सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएपछि आदेशानुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया