दैनिक समाचारदाता
राजविराज, ३ जेठ ।
सप्तरीको महादेवा गाउँपालिकाका अध्ययनरत छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण गरिएको छ ।
कक्षा ७ देखि १२ सम्म अध्ययन गर्ने गरिव, दिलित तथा विपन्न परिवारका ७९ जना छात्राहरुलाई आईतबार शैक्षिक सामाग्री सहित साइकल वितरण गरिएको हो ।
हाम्रो समाज नेपाल केन्द्रिय कार्यालय महादेवा गाउँपालिका वडा नं. ५ भगवतपुरले नेपाल भिलेज फाउण्डेशन युकेको सहयोगमा ‘बालिका शिक्षा परियोजना’ अन्तर्गत कक्षा ७ देखि १० सम्ममा नयाँ भर्ना भएका २१ जना छात्रालाई साइकल सहित शैक्षिक सामग्री र ५८ जना छात्रालाई शैक्षिक सामग्री उपलब्ध गराईएको नेपाल भिलेज फाउण्डेशनका निर्देशक कृतनारायण शर्माले जानकारी दिए ।
गरिव, दलित र विपन्न परिवारका छात्राहरुलाई बर्ष दिन नै पुग्ने गरी कपी, डटपेन, पेन्सिल, क्यालकुलेटर, जोमेट्री बक्स, स्कूल व्याग र छाता सहितको सामग्री उपलब्ध गराईएको उनको भनाई छ ।
महादेवा गाउँपालिकाको सबै वडाबाट गरिव, दलित र विपन्न परिवारका बालिकालाई छनौट छोरीलाई शिक्षामा अगाडी बढाउन प्रत्येक बर्ष यसरी नै साइकल तथा शैक्षिक सामाग्री वितरण गर्दै आएको संस्थाका परियोजना प्रमुख रामनारायण शर्माले जानकारी दिए ।
संस्थाका अध्यक्ष शिवानी कुमारी शर्माको अध्यक्षतामा आयोजित शैक्षिक सामाग्री वितरण कार्यक्रममा अध्यक्ष शर्मा, संस्थापक वैद्यनाथ यादव सहितका अतिथिहरुले छात्राहरुलाई साइकल सहित शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए ।
बि.स. २०६७ साल देखि निरन्तर यसरी नै बालिकाहरुलाई उच्च शिक्षा हासिल गर्नमा सहयो गर्दै आएको हाम्रो समाज नेपालले सामाजिक क्षेत्रमा विभिन्न काम गर्दै विपद्का बेला पनि अग्निपीडित र बाढी पीडितलाई सहयोग गर्दै आएको संस्थापक बैद्यनाथ यादवले बताए ।
छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
सारांश
- दैनिक समाचारदाता राजविराज, ३ जेठ ।
- सप्तरीको महादेवा गाउँपालिकाका अध्ययनरत छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण गरिएको छ ।
- कक्षा ७ देखि १२ सम्म अध्ययन गर्ने गरिव, दिलित तथा विपन्न परिवारका ७९ जना छात्राहरुलाई आईतबार शैक्षिक सामाग्री सहित साइकल वितरण गरिएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
…अनि श्रीमतीसँग माफी मागें
महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
प्रतिक्रिया
० प्रतिक्रिया