दुबै सरकार मिलेर खाडो नदी नियन्त्रण गर्नुपर्छ ः राष्ट्रिय सभासदस्य मृगेन्द्र सिंह

राजविराज राजविराज
|
सोमबार, भाद्र १, २०७७
|
|
२० पटक हेरिएको
Shares
दुबै सरकार मिलेर खाडो नदी नियन्त्रण गर्नुपर्छ ः राष्ट्रिय सभासदस्य मृगेन्द्र सिंह

सारांश

  • सोमवार सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं.
  • १ स्थित बेल्ही भन्सारदेखि बेल्ही टोलसम्म बाढीले पु¥याएको क्षति बारेमा स्थलगत निरिक्षण गर्दै उनले सो कुरा बताएका हुन् ।
  • जनता समाजवादी पार्टी कार्यकारणी समितिका सदस्य समेत रहेका राष्ट्रिय सभा सदस्य यादवले खाडो नदी नियन्त्रण गर्न संघिय सरकार, प्रदेश र स्थानिय सरकार समेत गम्भिर हुनु पर्ने बताए ।

दैनिक समाचारदाता
राजविराज, १ भदौ ।
राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादबले नेपाल सरकार र भारत सरकारले ठोस पहल गरेर खाडो नदी नियन्त्रण गर्नुपर्ने बताएका छन् ।
सोमवार सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. १ स्थित बेल्ही भन्सारदेखि बेल्ही टोलसम्म बाढीले पु¥याएको क्षति बारेमा स्थलगत निरिक्षण गर्दै उनले सो कुरा बताएका हुन् ।
जनता समाजवादी पार्टी कार्यकारणी समितिका सदस्य समेत रहेका राष्ट्रिय सभा सदस्य यादवले खाडो नदी नियन्त्रण गर्न संघिय सरकार, प्रदेश र स्थानिय सरकार समेत गम्भिर हुनु पर्ने बताए ।
एक हप्तादेखी निरन्तर खाडो नदीमा आएको बाढीले बेल्हीका ५ सय घरमा क्षति पु¥याएको छ भने बाढीको पानीले सडक समेत बगाएको छ । बेल्ही टोल जोड्नका लागि ढलान गरिएको ३ सय मिटरको बाटो र बिजुलीको पोल नै बगाएको छ भने बिजुलीको तार पानीमा छरिएको स्थानिय मोहम्मद याकुवले जानकारी दिए ।
यता वडा नं. १ का अध्यक्ष दिनेश्वर मिश्रले स्थानियलाई आवतजावत गर्न चाडै बासको चचरी राख्ने जानकारी दिए । उनले खाडो नदीको नियन्त्रण गर्न गाउँपालिकाबाट प्रयास भएको समयमा उपभोक्ता समितिहरूले काम गर्न नसक्दाँ यस्तो समस्या उत्पन्न भएको बताए ।
खाडो नदीको ठोस नियन्त्रण हुन नसक्दाँ बर्सेनी दक्षिण भेगका दर्जनौं गाउँमा पानी पसेर सयौ बिगहामा लगाइएको धानवाली नष्ट गरेको गाउँपालिका उपाध्यक्ष सुचिता यादबले बताईन ।
सो निरिक्षणका क्रममा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादब, जसपा नेता जयप्रकाश ठाकुर, जसपा नेता सुनिल झा, युवा नेता शम्भु यादब, निरज झा, सुरजित कुमार सिँह, ओम यादब लगायत स्थानियहरूको उपस्थिति रहेको थियो ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?