राजविराज÷सप्तरीमा शनिबार १८ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ३ सय ३ पुगेको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका मध्येबाट एकै दिन १८ जनामा संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । योसँगै हनुमाननगरमा संक्रमितको संख्या सबैभन्दा बढी ५४ पुगेको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार राजविराजमा १५, कंचनरुपमा २, डाक्नेश्वरीमा १७, बोदेबरसाईनमा ३३, खडकमा ७, शम्भुनाथमा २, सरुङ्गामा १३, हनुमाननगर कंकालिनीमा ५४ र सप्तकोशी नगरपालिकामा २ जनामा हालसम्म संक्रमणको पुष्टि भएको छ ।
त्यस्तै छिन्नमस्तामा २७, महदेवामा १५, तिरहुतमा ४, तिलाठी कोइलाडीमा ४२, अग्निीसाइर कृष्णासवरणमा ४, बलानबिहुलमा ४४, राजगढमा २० तथा रुपनी र विष्णुपुर गाउँपालिकामा १÷१ जनामा संक्रमित भेटिएको उनले बताए । यस्तै जिल्लामा कोरोनाबाट निको हुनेको संख्या १ सय ३९ रहेको छ ।
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शनिबार साँझसम्मा संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको तथा निको हुनेको संख्या ६ हजार ४ सय १५ जना रहेको जनाएको छ । यस्तै कोरोनाको संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।
हनुमाननगरमा १८ जनामा संक्रमणको पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ३ सय ३
सारांश
- त्यस्तै छिन्नमस्तामा २७, महदेवामा १५, तिरहुतमा ४, तिलाठी कोइलाडीमा ४२, अग्निीसाइर कृष्णासवरणमा ४, बलानबिहुलमा ४४, राजगढमा २० तथा रुपनी र विष्णुपुर गाउँपालिकामा १÷१ जनामा संक्रमित भेटिएको उनले बताए ।
- यस्तै जिल्लामा कोरोनाबाट निको हुनेको संख्या १ सय ३९ रहेको छ ।
- यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शनिबार साँझसम्मा संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको तथा निको हुनेको संख्या ६ हजार ४ सय १५ जना रहेको जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया