राजविराज÷कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री धनराज गुरुङले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेश प्रदेशको मात्र नभई समग्र मुलुककै गौरवको रुपमा रहेको बताएका छन् ।
शनिबार नेपाल काँग्रेस सप्तरीको राजविराजस्थित पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री गुरुङले प्रतिष्ठानको काम अघि बढाउन आवश्यक पर्ने कानुन छिट्टै कार्यान्वयनमा आउने जनाए ।
राजविराजमा सवा दुई वर्ष अघि शिलान्यास गरि अलपत्र अवस्थामा रहेको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य अविलम्ब सुरु गर्न आफूले आवश्यक पहल गरिरहेको जानकारी दिँदै प्रतिष्ठानका लागि कानुन बनाउन विधेयक आवश्यक पर्ने हुँदा सम्बन्धीत मन्त्रालयका मन्त्रीलाई छिट्टै विधेयक ल्याउन ताकेता गरिरहेको बताए ।
उनले सम्बन्धी मन्त्रालयका मन्त्रीबाट आएको विधेयक मन्त्रिमण्डलमा जाने र त्यहाबाट अनुमोदन भई संसदमा पुग्ने प्रक्रिया रहेको स्पष्ट पारेका छन् ।
विधेयक समितिका सभापति समेत रहेका मन्त्री गुरुङले संसदले अनुमोदन गरेपछि उक्त बिधेयक आफ्नो समितिमा आउने र त्यसपछि आवश्यक प्रक्रिया अघि बढ्ने समेत स्पष्ट पारेका छन् ।
नेपाली काँग्रेसका उपसभापति समेत रहेका मन्त्री गुरुङकस्ले पार्टी संगठन बलियो बनाउन गत निर्वाचनमा जितेका र पराजित भएकाबीच कुनै भेदभाव नगरि समान ढंगको ब्यवहार र सँगै लिएर जानु आवश्यक रहेको समेत बताए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरी, केन्द्रिय सदस्य प्रकाश रसाइली, पार्टीका सप्तरी सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सनत मण्डल लगायतको पनि उपस्थित रहेको थियो ।
प्रतिष्ठान मधेश प्रदेशको मात्र नभई समग्र मुलुककै गौरवको रुपमा रहेको छ ः कानुन मन्त्री गुरुङ
सारांश
- उनले सम्बन्धी मन्त्रालयका मन्त्रीबाट आएको विधेयक मन्त्रिमण्डलमा जाने र त्यहाबाट अनुमोदन भई संसदमा पुग्ने प्रक्रिया रहेको स्पष्ट पारेका छन् ।
- विधेयक समितिका सभापति समेत रहेका मन्त्री गुरुङले संसदले अनुमोदन गरेपछि उक्त बिधेयक आफ्नो समितिमा आउने र त्यसपछि आवश्यक प्रक्रिया अघि बढ्ने समेत स्पष्ट पारेका छन् ।
- नेपाली काँग्रेसका उपसभापति समेत रहेका मन्त्री गुरुङकस्ले पार्टी संगठन बलियो बनाउन गत निर्वाचनमा जितेका र पराजित भएकाबीच कुनै भेदभाव नगरि समान ढंगको ब्यवहार र सँगै लिएर जानु आवश्यक रहेको समेत बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया