दैनिक समाचारदाता
राजविराज, ८ चैत ।
सप्तरीको खडक नगरपालिका वडा न ५ मेघवारीमा गाउँ नजिकै रहेको मुसहर्निया दहको पानी खानामा प्रयोग नगरे खाना नपाक्ने गरेको छ ।
एउटा अनौठो परम्परा अनुसार दहको पानी लिनका लागि स्थानीय बाँसिन्दाहरु बिहानै पुग्ने गर्छन् । गाउँ पस्ने मुख्य बाटो दह रहेकाले खाना पकाउनका लागि मात्र पानी प्रयोग गरिन्छ ।
स्थानीय बाबुराम चौधरीका अनुसार जति मिठो खाना बनाएपनि दहको पानी एक ग्लास नहाले खाना पाक्दैन, खाना काचो नै हुन्छ । “हामीले धेरै प्रयास गर्याै खोलानालाको पानी नखाने तर खाना नै नपाक्ने भएपछि हामीले बाउबाजेदेखि चलिआएको चलन अनुसार दहको पानी भान्सामा प्रयोग गर्न बाध्य भयौ ।”
उनका अनुसार सुरुमा यो जसरी दह थिएन नदि कलकल बगिरहेको थियो पछि वर्षायाममा माथिवाट पहाड खसेर दहमा रुपान्तरण भयो । एक सय ३ घरदुरी रहेको उक्त गाउँका बाँसिन्दाले दहको पानी खाना बनाउन प्रयोग गरिरहेको स्थानीय तेज नारायण साहले बताए ।
मुसहर्निया दहको माथिपट्टि पहाडका हरियाली र तलपटि आँपको बँगैचाले झन सुन्दर देखिएको छ । ७० प्रतिशत थारुको बाहुल्य उक्त गाउँमा दहको संरक्षण र सम्बद्र्धनमा प्रदेश सरकार र स्थानीय सरकारले ३५ लाख लगानि गरिसकेको वडा अध्यक्ष बिजय कुमार साहले जानकारी दिए ।
करिव तीन बिगहा क्षेत्रफलमा अवस्थित उक्त दहलाई संरक्षण गरेको खण्डमा पर्यटकिय गन्तव्य बन्नसकिने उनको तर्क छ । हाल दहको संरक्षणमा स्थानीय सरकार लागेपनि दहको सरसफाइ र दहको चारैतिर घेरबार हुन सकेको छैन ।
यता खडक नगरपालिकाका नगरप्रमुख जयप्रकाश चौधरी आन्तरिक र बाह्य पर्यटकको एउटा राम्रो गन्तव्य बनाउनका लागि आफुहरु लागिपरेका बताए । दहको पानी शुद्धीकरण गरि भान्सामा प्रयोग गरिने बारे पटक पटक जनचेतनामूलक कार्यक्रम गरिदै आएपनि अब दहको बिस्तारित अध्ययन गरि पर्यटक गन्तव्य र दहको डिलमा रहेको मुसहनिया माई, भगवती मन्दिरको संरक्षणमा कुनै कसर बाँकी नराख्ने बताए ।
दहको पानी नहाले खाना पाक्दैन
सारांश
- एउटा अनौठो परम्परा अनुसार दहको पानी लिनका लागि स्थानीय बाँसिन्दाहरु बिहानै पुग्ने गर्छन् ।
- गाउँ पस्ने मुख्य बाटो दह रहेकाले खाना पकाउनका लागि मात्र पानी प्रयोग गरिन्छ ।
- स्थानीय बाबुराम चौधरीका अनुसार जति मिठो खाना बनाएपनि दहको पानी एक ग्लास नहाले खाना पाक्दैन, खाना काचो नै हुन्छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया