दहको पानी नहाले खाना पाक्दैन

राजविराज राजविराज
|
बुधबार, चैत्र ८, २०७९
|
|
१२२ पटक हेरिएको
Shares
दहको पानी नहाले खाना पाक्दैन

सारांश

  •     एउटा अनौठो परम्परा अनुसार दहको पानी लिनका लागि स्थानीय बाँसिन्दाहरु बिहानै पुग्ने गर्छन् ।
  • गाउँ पस्ने मुख्य बाटो दह रहेकाले खाना पकाउनका लागि मात्र पानी प्रयोग गरिन्छ ।
  •       स्थानीय बाबुराम चौधरीका अनुसार जति मिठो खाना बनाएपनि दहको पानी एक ग्लास नहाले खाना पाक्दैन, खाना काचो नै हुन्छ ।

दैनिक समाचारदाता
राजविराज, ८ चैत । 

    सप्तरीको खडक नगरपालिका वडा न ५ मेघवारीमा गाउँ नजिकै रहेको मुसहर्निया दहको पानी खानामा प्रयोग नगरे खाना नपाक्ने गरेको छ ।
    एउटा अनौठो परम्परा अनुसार दहको पानी लिनका लागि स्थानीय बाँसिन्दाहरु बिहानै पुग्ने गर्छन् । गाउँ पस्ने मुख्य बाटो दह रहेकाले खाना पकाउनका लागि मात्र पानी प्रयोग गरिन्छ । 
    स्थानीय बाबुराम चौधरीका अनुसार जति मिठो खाना बनाएपनि दहको पानी एक ग्लास नहाले खाना पाक्दैन, खाना काचो नै हुन्छ । “हामीले धेरै प्रयास गर्याै खोलानालाको पानी नखाने तर खाना नै नपाक्ने भएपछि हामीले बाउबाजेदेखि चलिआएको चलन अनुसार दहको पानी भान्सामा प्रयोग गर्न बाध्य भयौ ।”
    उनका अनुसार सुरुमा यो जसरी दह थिएन नदि कलकल बगिरहेको थियो पछि वर्षायाममा माथिवाट पहाड खसेर दहमा रुपान्तरण भयो । एक सय ३ घरदुरी रहेको उक्त गाउँका बाँसिन्दाले दहको पानी खाना बनाउन प्रयोग गरिरहेको स्थानीय तेज नारायण साहले बताए । 
    मुसहर्निया दहको माथिपट्टि पहाडका हरियाली र तलपटि आँपको बँगैचाले झन सुन्दर देखिएको छ । ७०  प्रतिशत थारुको बाहुल्य उक्त गाउँमा दहको संरक्षण र सम्बद्र्धनमा प्रदेश सरकार र स्थानीय सरकारले ३५ लाख लगानि गरिसकेको वडा अध्यक्ष बिजय कुमार साहले जानकारी दिए ।
    करिव तीन बिगहा क्षेत्रफलमा अवस्थित उक्त दहलाई संरक्षण गरेको खण्डमा पर्यटकिय गन्तव्य बन्नसकिने उनको तर्क छ । हाल दहको संरक्षणमा स्थानीय सरकार लागेपनि दहको सरसफाइ र दहको चारैतिर घेरबार हुन सकेको छैन । 
    यता खडक नगरपालिकाका नगरप्रमुख जयप्रकाश चौधरी आन्तरिक र बाह्य पर्यटकको एउटा राम्रो गन्तव्य बनाउनका लागि आफुहरु लागिपरेका बताए । दहको पानी शुद्धीकरण गरि भान्सामा प्रयोग गरिने बारे पटक पटक जनचेतनामूलक कार्यक्रम गरिदै आएपनि अब दहको बिस्तारित अध्ययन गरि पर्यटक गन्तव्य र दहको डिलमा रहेको मुसहनिया माई, भगवती मन्दिरको संरक्षणमा कुनै कसर बाँकी नराख्ने बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेशमा नेकपा एस संसदीय दलको नेतामा न्यौपाने सर्वसम्मत
मधेश प्रदेशमा नेकपा एस संसदीय दलको नेतामा न्यौपाने सर्वसम्मत
वन पैदावार आपूर्ती समितिका नवनियुक्त पदाधिकारीद्वारा पदभार ग्रहण
वन पैदावार आपूर्ती समितिका नवनियुक्त पदाधिकारीद्वारा पदभार ग्रहण
बेरोजगार नेपाली युवा भारतमा ठगिदै, दुई हजार ५ सयमै नेपालीलाई भारतीय “आधारकार्ड” बनाइदै
बेरोजगार नेपाली युवा भारतमा ठगिदै, दुई हजार ५ सयमै नेपालीलाई भारतीय “आधारकार्ड” बनाइदै
छोरीको हत्या र छोरा वेपत्ता  पार्नेहरुमाथी कारवाहीको माग गर्दा  चन्द्रदेवीलाई ज्यान मार्ने धम्की 
छोरीको हत्या र छोरा वेपत्ता  पार्नेहरुमाथी कारवाहीको माग गर्दा  चन्द्रदेवीलाई ज्यान मार्ने धम्की 
खाद्य स्वच्छताका लागि सचेतना 
खाद्य स्वच्छताका लागि सचेतना 
राजविराज नगर प्रमुखका लागि दुई दर्जन दौडमा    
राजविराज नगर प्रमुखका लागि दुई दर्जन दौडमा    
आइफोन र मोबाइलसहित युवक पक्राउ  
आइफोन र मोबाइलसहित युवक पक्राउ  
नेपाल–भारत मैत्री संघद्वारा निःशुल्क स्वास्थ्य शिविर, पाँच सय भन्दा बढी महिलाले पाए उपचार
नेपाल–भारत मैत्री संघद्वारा निःशुल्क स्वास्थ्य शिविर, पाँच सय भन्दा बढी महिलाले पाए उपचार
प्रदेश २ मा बाढीबाट ३२ को मृत्यु, दुई वेपत्ता, सप्तरीमा कुनै मानविय क्षति नभएपनि १२ हजार प्रभावित
गाउँपालिकामै स्वास्थ्य प्रयोगशाला संचालनमा  आएपछी सदरमुकाम आउने बाध्यता हट्यो 
गाउँपालिकामै स्वास्थ्य प्रयोगशाला संचालनमा  आएपछी सदरमुकाम आउने बाध्यता हट्यो 

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी