दैनिक समाचारदाता
राजविराज, १३ फागुन ।
स्थानिय तहको निर्वाचन मिति तय भएसँगै राजविराज नगरपालिकाको प्रमुख पदका लागि विभिन्न दलका दुई दर्जन नेताहरु दौडमा रहेका छन् ।
१८ स्थानिय तह रहेको सप्तरीमा अहिले सर्वाधिक चर्चा राजविराज नगरपालिकाको देखिएको छ भने उम्मेदवार चयन गर्न दलहरु दिनहुँजसो आन्तरिक छलफलमा समेत जुटेको देखिन थालिएको छ ।
नेपाली काग्रेसबाट ध्रुब देव, मो. इर्साद अन्सारी, शम्भुलाल देव, अनिल यादव, प्रभातकुमार ललन, बिन्देश्वर साह बिन्दीको नाम यति बेला नगर प्रमुख पदका लागि चर्चामा छ ।
यस्तै नेकपा एमालेबाट राजविराज नगरपालिकाको प्रमुख पदका लागि नुरुल होदा अंसारी, प्रभाकर सिंह, सुखराम यादव र अखिलेश झाले प्रस्तुत गरेका छन् । यस्तै जनता समाजवादी पार्टी (जसपा) बाट भिमराज यादव र वर्तमान नगरप्रमुख शम्भु प्रसाद यादवले सक्रियता बढाएका छन् ।
यसैगरि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट दिपेन्द्र चौधरी, साधना झा र सुनिल झाले नगर प्रमुख पदको दाबेदारी प्रस्तुत गर्दै जनसम्कर्प अभियान तिब्र बनाएका छन् ।
यस्तै नेकपा माओवादी केन्द्रबाट महेश यादव, मो. गणि मियाँ र केदार देव मध्येबाट एक जनाको चयन गरिने सो पार्टीले जनाएको छ ।
नेकपा एकीकृत समाजवादीबाट नथुनी दास, प्रताप नारायण चौधरी र अरुण देवले तथा सिके राउत नेतृत्वको जनमत पार्टीबाट इन्जिनियर अमर यादव तथा नारायण यादवले दाबी प्रस्तुत गरेको सो पार्टीले जनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काँग्रेस परित्याग गरि हालै प्रवेश गरेका उमेश प्रसाद साहले टिकट पाउने लगभग निश्चित रहेको पार्टी श्रोतको भनाई छ ।
स्थानिय तहको निर्वाचन आगामी बैशाख ३० गते हुने कार्य तालिका रहेको छ । १६ वडा रहेको राजविराज नगरपालिकामा हाल कुल मतदाताको संख्या ४० हजार ३६ रहेको छ भने मतदानका लागि नगर क्षेत्रभित्र कुल २७ वटा मतदाता केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
राजविराज नगर प्रमुखका लागि दुई दर्जन दौडमा
सारांश
- १८ स्थानिय तह रहेको सप्तरीमा अहिले सर्वाधिक चर्चा राजविराज नगरपालिकाको देखिएको छ भने उम्मेदवार चयन गर्न दलहरु दिनहुँजसो आन्तरिक छलफलमा समेत जुटेको देखिन थालिएको छ ।
- नेपाली काग्रेसबाट ध्रुब देव, मो.
- इर्साद अन्सारी, शम्भुलाल देव, अनिल यादव, प्रभातकुमार ललन, बिन्देश्वर साह बिन्दीको नाम यति बेला नगर प्रमुख पदका लागि चर्चामा छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया