दैनिक समाचारदाता
राजविराज, ७ पुस ।
कानूनी व्यवसाय क्षेत्र संगै विभिन्न सामाजिक संघ संस्थामा काम गरेर विभिन्न पद सम्हाल्दै आएकी नवनिर्वाचित प्रदेशसभा सदस्य अधिवक्ता किरण कुमारी साह अहिले पनि पुरानै पेशामा समेत सकृय छिन् ।
उनी हिंसामा परेका पीडित महिला र विपन्न समुदायका लागी अहिले पनि वकालत गरिरहेकी छिन् ।
विहीवार मात्र उनले हिंसामा परेकी राजविराज १ की सरस्वती दास र कंचनरुप नगरपालिका ११ की प्रमिला कुमारी लौगीको पक्षमा निःशुल्क वहश पैरवी गर्दा उनीहरुकै पक्षमा अदालतबाट फैसला आएको छ । सप्तरी जिल्ला अदालतबाट अंश, सम्बन्ध विच्छेद र मानाचामल लगायतका मुद्दामा ती महिलाहरुले न्याय पाएका हुन् ।
न्ययाधिश डा. राजेन्द्र कुमार आचार्यको एकल इजलाशले ती दुबै महिलाको पक्षमा ठहर हुने गरि फैसला गरेको प्रदेशसभा सदस्य एवं अधिवक्ता साहले जानकारी दिइन् ।
यस अघि बुधवार पनि उनले वहस गरेको हिंसा पीडित दुई महिलाले अदालतबाट न्याय पाएका छन । उनले पछिल्लो पैmसलाले अदालतप्रति जनताको आस्था र विश्वास बढाउने काम गरेको प्रतिकृया दिइन ।
जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट मधेश प्रदेशसभा सदस्यको समानुपातिक सिटमा निर्वाचित साह प्रदेश सदस्यको नयाँ जिम्मेवारी पाए पनि पीडित महिला र गरिब असहायको पक्षमा न्याय दिलाउन उत्तिकै सकृय रहने बताउँछिन ।
आफु कहाँ अहिले पनि दुई दर्जन भन्दा बढी घरेलु हिंसा पीडित महिलाहरुको मिसिल रहेको बताउँदै उनले प्राथमिक्ताका साथ ती मिसिल र मुद्दाहरुमाथी पीडितहरुको पक्षबाट वहस पैरवी गर्ने प्रतिबद्धता ब्यक्त गरिन ।
नवनिर्वाचित प्रदेशसभा सदस्य साह पुरानै पेशामा समेत सक्रिय
सारांश
- उनी हिंसामा परेका पीडित महिला र विपन्न समुदायका लागी अहिले पनि वकालत गरिरहेकी छिन् ।
- विहीवार मात्र उनले हिंसामा परेकी राजविराज १ की सरस्वती दास र कंचनरुप नगरपालिका ११ की प्रमिला कुमारी लौगीको पक्षमा निःशुल्क वहश पैरवी गर्दा उनीहरुकै पक्षमा अदालतबाट फैसला आएको छ ।
- सप्तरी जिल्ला अदालतबाट अंश, सम्बन्ध विच्छेद र मानाचामल लगायतका मुद्दामा ती महिलाहरुले न्याय पाएका हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया