दैनिक समाचारदाता
राजविराज, २ असार ।
लोक सेवा आयोगले निकालेको स्थानीय तहको विज्ञापन विभेदकारी रहेको भन्दै पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीमा विद्यार्थी संगठनहरुले सोमबार एक घटना चक्काजाम गरेका छन ।
लोकसेवा आयोगका अध्यक्षको राजीनाको माँग गर्दै विज्ञापन रद्द गर्नुपर्ने र समावेशी सिद्धान्तको आधारमा विज्ञापन आह्वान गर्नुपर्ने लगायतका मागहरु अघि सारी आन्दोलनरत विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताहरुले बिहान १० बजेदेखि ११ बजेसम्म एक घटना राजमार्ग अवरुद्ध पारेका थिए ।
आयोगले संघीयता, समावेशी तथा समानुपातिक विपरित निकालेको विज्ञापन नसच्याएसम्म आफुहरुको आन्दोलन जारी रहने राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष किशोर कुमार यादवले चेतावनी दिएका छन् ।
राजमार्ग अवरुद्ध गर्नेहरुमा राजपा नेता दिनेश कुमार यादव, शम्भु यादव श्याम कुमार यादव, दिपक यादव, तरुण दलका अर्जुन कुमार यादव, समाजवादी पार्टीका युवा नेता लक्ष्मण यादव, नेवि संघका रामचन्द्र यादव, मनोज झा, वाइसिएलका जिल्ला संयोजक विनोद यादव, युवा नेता सुमन ठाकुर लगायतका, सहित विभिन्न विद्यार्थी संगठनका नेतहरुको सहभागिता रहेको थियो ।
राजमार्ग अवरुद्ध गरेका कारणले राजमार्गमा दर्जनौ सवारी साधन तथा हजारौ यात्रुहरु बिच बाटोमै अलपत्र परेका थिए ।
विज्ञापनको खारेजीको माँग गर्दै चक्काजाम
सारांश
- लोकसेवा आयोगका अध्यक्षको राजीनाको माँग गर्दै विज्ञापन रद्द गर्नुपर्ने र समावेशी सिद्धान्तको आधारमा विज्ञापन आह्वान गर्नुपर्ने लगायतका मागहरु अघि सारी आन्दोलनरत विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताहरुले बिहान १० बजेदेखि ११ बजेसम्म एक घटना राजमार्ग अवरुद्ध पारेका थिए ।
- आयोगले संघीयता, समावेशी तथा समानुपातिक विपरित निकालेको विज्ञापन नसच्याएसम्म आफुहरुको आन्दोलन जारी रहने राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष किशोर कुमार यादवले चेतावनी दिएका छन् ।
- राजमार्ग अवरुद्ध गर्नेहरुमा राजपा नेता दिनेश कुमार यादव, शम्भु यादव श्याम कुमार यादव, दिपक यादव, तरुण दलका अर्जुन कुमार यादव, समाजवादी पार्टीका युवा नेता लक्ष्मण यादव, नेवि संघका रामचन्द्र यादव, मनोज झा, वाइसिएलका जिल्ला संयोजक विनोद यादव, युवा नेता सुमन ठाकुर लगायतका, सहित विभिन्न विद्यार्थी संगठनका नेतहरुको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया