श्रोत नखुलेका झण्डै १० लाख रुँपैयासहित दुई हुण्डी कारोबारी पक्राउ 

राजविराज राजविराज
|
शुक्रबार, माघ ७, २०७८
|
|
२५ पटक हेरिएको
Shares
श्रोत नखुलेका झण्डै १० लाख रुँपैयासहित दुई हुण्डी कारोबारी पक्राउ 

सारांश

  •     पक्राउ पर्नेहरुमा जिल्लाको डाक्नेश्वरी नगरपालिका ५ का २९ वर्षिय राजेशकुमार चौधरी र शम्भुनाथ नगरपालिका १२ का २४ वर्षिय दिलिप कुमार मण्डल छन् ।
  • उनीहरुका साथबाट प्रहरीले श्रोत नखुलेको रकम ९ लाख ९० हजार रुँपैया बरामद गरेको छ ।
  •     राजविराज ५ स्थित छिन्नमस्ता अस्पताल अगाडी दुबै हुण्डी कारोवारीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ७ माघ ।    
    सप्तरी प्रहरीले श्रोत नखुलेका झण्डै १० लाख रुँपैयासहित दुई जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेहरुमा जिल्लाको डाक्नेश्वरी नगरपालिका ५ का २९ वर्षिय राजेशकुमार चौधरी र शम्भुनाथ नगरपालिका १२ का २४ वर्षिय दिलिप कुमार मण्डल छन् । उनीहरुका साथबाट प्रहरीले श्रोत नखुलेको रकम ९ लाख ९० हजार रुँपैया बरामद गरेको छ ।
    राजविराज ५ स्थित छिन्नमस्ता अस्पताल अगाडी दुबै हुण्डी कारोवारीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई प्रदेश–२–०१–००३ प.३४७८८ नम्बरको मोटरसाइकल र उक्त रकमसहित नियन्त्रणमा लिएको थियो । 
    जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार भारतबाट मोटरसाइकलमा घर फर्कदै गरेका उनीहरुले बोकेको कालो झोलाबाट १ हजारका सात र पाँच सयका एक हजार ९ सय ६६ थान गरि उक्त परिमाणको रकम बरामद गरिएको हो । 
    अनुसन्धानका क्रममा दुबै जना हुण्डी कारोबारमा संलग्न रहेको खुलेको उनले बताए । दुई दिनअघि पक्राउ परेका उनीहरुबारे आवश्यक अनुसन्धान पुरा गरि शुक्रबार प्रहरीले विवरण सार्वजनिक गरेको हो । 
    पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि इटहरीस्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुलुकमा सरकारबाटै भ्रष्टाचार  भइरहेको छ ः काँग्रेसी केन्द्रिय नेताहरु
मुलुकमा सरकारबाटै भ्रष्टाचार  भइरहेको छ ः काँग्रेसी केन्द्रिय नेताहरु
जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
पत्रकारमाथी भएको दुव्र्यवहारप्रति चार पत्रकार संगठनद्वारा वार्ता र सम्वादको  माध्यमबाट समस्या समाधानका लागि आग्रह
पत्रकारमाथी भएको दुव्र्यवहारप्रति चार पत्रकार संगठनद्वारा वार्ता र सम्वादको  माध्यमबाट समस्या समाधानका लागि आग्रह
रंगिन काउलीतर्फ उपभोक्ताको आकर्षण बढ्दै
रंगिन काउलीतर्फ उपभोक्ताको आकर्षण बढ्दै
मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्वकर्ता स्व. सिंहको सम्झनामा “स्मृती भवन तथा संग्रहालय” निर्माण हुदै
मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्वकर्ता स्व. सिंहको सम्झनामा “स्मृती भवन तथा संग्रहालय” निर्माण हुदै
जनमत पार्टीले किन लियो समर्थन फिर्ता ! 
जनमत पार्टीले किन लियो समर्थन फिर्ता ! 
कांग्रेसका १६ जिल्लाको अधिवेशन माघ १५ मा हुने
कांग्रेसका १६ जिल्लाको अधिवेशन माघ १५ मा हुने
हातहतियार राख्न इजाजत पत्र व्यक्ति  वा संघसस्थालाई ३५ दिनभित्र  अनिवार्य उपस्थित हुन आदेश
हातहतियार राख्न इजाजत पत्र व्यक्ति  वा संघसस्थालाई ३५ दिनभित्र  अनिवार्य उपस्थित हुन आदेश
नहरमा डुबेर एक बालकको ज्यान गयो
नहरमा डुबेर एक बालकको ज्यान गयो
अन्तरबिधालय क्रिकेटको उपाधी पिसल्यान्डले हात पा¥यो 
अन्तरबिधालय क्रिकेटको उपाधी पिसल्यान्डले हात पा¥यो