चिसो बढेपछी विद्यालयमा बिदा 

राजविराज राजविराज
|
सोमबार, पौष १४, २०८२
|
|
१७ पटक हेरिएको
Shares
चिसो बढेपछी विद्यालयमा बिदा 

सारांश

  •     पछिल्लो पटक जिल्लाको महादेवा र अग्नीसाइर कृष्णासवरण गाउँपालिकाले पुस १६ देखी १८ सम्म तीन दिन विद्यालयमा बिदा दिएको हो ।
  •     महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डलले सोमबार एक सूचना जारि गर्दै चिसो बढेसँगै बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने हुनाले सो बिदा दिइएको उल्लेख छ ।
  •       यसैगरि सोमबारै जिल्लाको अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरी र प्रमुख प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादवद्वारा हस्ताक्षरित सूचनामा पालिका अन्तर्गतका सामुदायिक, धार्मिक तथा संस्थागत सबै विद्यालयमा तीन दिनको लागि विदा दिएको उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, १४ पुस । 

    विगत १० दिनदेखी बढेको चिसोसँगै चलेको शितलहरले जनजीवन प्रभावित बन्न थालेपछी सप्तरीका चार पालिकाले विद्यालयमा बिदा दिएको छ ।
    पछिल्लो पटक जिल्लाको महादेवा र अग्नीसाइर कृष्णासवरण गाउँपालिकाले पुस १६ देखी १८ सम्म तीन दिन विद्यालयमा बिदा दिएको हो ।
    महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डलले सोमबार एक सूचना जारि गर्दै चिसो बढेसँगै बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने हुनाले सो बिदा दिइएको उल्लेख छ । 
    यसैगरि सोमबारै जिल्लाको अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरी र प्रमुख प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादवद्वारा हस्ताक्षरित सूचनामा पालिका अन्तर्गतका सामुदायिक, धार्मिक तथा संस्थागत सबै विद्यालयमा तीन दिनको लागि विदा दिएको उल्लेख छ । 
    यसअघि आइतबार जिल्लाको डाक्नेश्वरी नगरपालिकाका र राजगढ गाउँपालिकाले पालिका अन्तर्गतका सबै नीजि तथा सामुदायिक विद्यालयमा पाँच दिनका लागि विदा दिइसकेको छ ।
    ती दुबै पालिकाले आईतबार एक सूचना जारी गर्दै पुस १४ सोमबारदेखि लागू हुने गरी पुस १८ गते शुक्रबारसम्म पाँच दिनको विदा दिएको छ ।
    सप्तरीमा विगत १० दिनदेखी बढेको चिसो र एक सातादेखी चलेको शितलहरले जनजिवन प्रभावित बन्दै गएको छ । विहान बेलुका हुस्सु लाग्ने र दिउँसो चिसो हावा चल्ने गरेका कारण बालबालिका, वृद्ध, पशु चौपाया समेत प्रभावित भएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जगन्नाथ रथयात्राको तयारी पुरा
जगन्नाथ रथयात्राको तयारी पुरा
शम्भुनाथका इन्जिनियर  साह घुस लिदालिदै पक्राउ
शम्भुनाथका इन्जिनियर  साह घुस लिदालिदै पक्राउ
जनप्रतिनिधिले न्याय दिलाउन आलटाल गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी
जनप्रतिनिधिले न्याय दिलाउन आलटाल गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी
उपचारको अभावमा दृष्टिबिहीन १५ वर्षिया सुनिता घरमै बस्न बाध्य 
उपचारको अभावमा दृष्टिबिहीन १५ वर्षिया सुनिता घरमै बस्न बाध्य 
एक सय १३ कार्टुन अबैध मदिरा बरामद
एक सय १३ कार्टुन अबैध मदिरा बरामद
पोषण सप्ताहको अवसरमा बिद्यालयमा बिभिन्न कार्यक्रम संचालन
पोषण सप्ताहको अवसरमा बिद्यालयमा बिभिन्न कार्यक्रम संचालन
सेवाग्राहीलाई सहज रुपमा सेवा पु¥याउन मन्त्री साहको निर्देशन 
सेवाग्राहीलाई सहज रुपमा सेवा पु¥याउन मन्त्री साहको निर्देशन 
धम्की दिने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन प्रेस युनियनको आग्रह 
धम्की दिने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन प्रेस युनियनको आग्रह 
आरोपीले माफी मागेपछि पत्रकार  महासंघको आन्दोलनका कार्यक्रम फिर्ता
आरोपीले माफी मागेपछि पत्रकार  महासंघको आन्दोलनका कार्यक्रम फिर्ता
प्रतिष्ठान निर्माणका लागी यूवाहरुद्वारा हस्ताक्षर अभियान
प्रतिष्ठान निर्माणका लागी यूवाहरुद्वारा हस्ताक्षर अभियान